
GRN Sports
काठमाडौं, १ चैत । नेपालको सिनियर क्रिकेट टिम अहिले इतिहासकै उत्कृष्ट लयमा छ । भन्नेहरुले के सम्म भन्छन् भने नेपालले यही लयमा खेल्दै गएर विश्वकप समेत धेरै टाढा छैन । तर विश्वकपमै पुग्न उति सहज पनि छैन ।
हो नेपाल अहिले भारतमा यसै वर्ष हुने वानडे विश्वकपको छनोटको रुपमा रहेको आईसीसी क्रिकेट विश्वकप लिग २ खेलिरहेको छ । यो पनि विश्वकपको एउटा खुड्किलो नै हो । यसबाट नेपालको यात्रा विश्वकप छनोट खेल्दै विश्वकपमै पुग्नै हो ।
तर त्यो यात्रा असम्भव नभएपनि उत्तिकै कठिन र चुनौतीपूर्ण भने छ । लिग टु को अन्तिम शृखंला अहिले नेपालले घरेलु मैदानमा खेलिरहेको छ । जहाँ नेपालले गत आइतबार (युएई) लाई हराएर आगामी चार वर्षका लागि वानडे इन्टरनेशनल (ओडिआई) मान्यता जोगाइसकेको छ ।
अब नेपालले लिग २ कै अन्तिम खेल बिहीबार त्यही युएईसँग खेल्दैछ र त्यो खेल नेपाली क्रिकेटको आगामी भविष्यको बारेमा पनि धेरै हदसम्म निर्णयाक हुनेछ । जित र हारले नेपाली क्रिकेटले तय गर्ने भविष्यको यात्राको बाटो केही फरक बन्नेछ नै तर गन्तव्य भने एउटै हुनेछ । लक्ष्य एउटै हुनेछ मात्र जाने बाटाहरु फरक बन्नेछन् ।
त्यसैले बिहीबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा नेपाल र युएई भिड्दा सारा नेपालीको नजर त्यति हुनेछ । समर्थकहरु हजारौँको संख्यामा खेल हेर्न जाने पक्का छ । सम्भवत नेपाली क्रिकेटको इतिहासमै घरेलु मैदानमा खेलेको मध्ये यो पछिसम्म सम्झिइने खेल पनि बन्नेछ ।
सिधै भन्नुपर्दा युएईलाई पराजित गरे विश्वकप छनोटमा सिधै स्थान बनाउनेछ पराजित भएमा त्यसका लागि घुमाउरो बाटो तय गर्नुपर्नेछ ।
नेपालले युएईलाई पराजित गरे तेस्रो पटक ओडिआई विश्वकपका लागि अन्तिम चरणको छनोटमा पुग्नेछ ।
यसअघि पनि खेलेको थियो विश्वकप छनोट
नेपालले यसअघि पनि वानडे वर्ल्डकपको छनोट खेल्दै आएको छ । तर त्यसबेला र अहिलेको अवस्था फरक छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले हरेक विश्वकपका लागि फरक तरिकाले छनोट प्रतियोगिता गर्दै आएको छ र हरेक चार वर्षको क्रिकेट साइकल समेत फरक रहँदै आएको छ ।
नेपालले यसअघि दुई पटक विश्वकपको अन्तिम चरण खेलेको थियो जस बारे यहाँ चर्चा गरिएको छ ।
यसअघि सन् २०१८ मा नेपालले जिम्बावेमा खेलेको थियो । त्यो बेला ओडिआई मान्यताको लागि छनोट महत्वपूर्ण थियो ।
जहाँ नेपालले टेष्ट राष्ट्र जिम्बावेसँग पनि खेल्ने अवसर पायो । यस्तै नेपालले अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग समूह चरणमा खेल्यो । समूहमा शीर्ष तीनमा पर्न नसकेपछि नेपालले सिधै ओडिआई मान्यता पाएन । प्लेअफमा पपुवा न्यु गिनीलाई हराएर नेपालले पहिलो पटक ओडिआई मान्यता पाएको थियो ।
२०१४ मा पनि नेपालले न्युजिल्याण्डमा विश्वकप छनोट खेलेको थियो । त्यसबेला छनोटमा एसोसिएट राष्ट्रहरु मात्र सहभागि थियो । १० राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । तर नेपाल आफ्नो समूहमा स्कटल्याण्ड हङकङ युएई र क्यानडासँग पराजित हुँदै अन्तिममा रह्यो र अगाडि बढ्न सकेन । जसले गर्दा नेपालले ओडिआई मान्यता पाउने सम्भावना समेत गुमेको थियो ।
त्यसअघि भने नेपालले विश्वकपका लागि छनोट चरणहरु खेलेपनि अन्तिम चरणको छनोटमा पुग्न सकेको थिएन ।
लिग टु र वर्ल्ड कप क्वालिफायर
आईसीसीले यसअघि रहेको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप र डिभिजन संरचनाहरु खारेज गर्दै त्यसको सट्टमा क्रिकेट विश्वकप लिग टु र च्यालेन्ज लिगको नयाँ संरचना ल्याएको छ ।
लिग टु मा ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । च्यालेन्ज लिगमा शीर्ष २० भन्दा बाहिरका १२ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।
अब नेपालले लिग टु मा अन्तिम खेल खेल्दैछ । यस खेल जितेमा नेपाल लिग टु को शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा स्थान बनाउन सफल हुनेछ । स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर यसअघि नै जिम्बावेको टिकट काटिसकेका छन् ।
नेपालले जिम्बावेमा गएर खेल्न युएईलाई हराउनैपर्नेछ । यदी नेपाल पराजित भए हाल तेस्रोमा रहेको नामिबिया तेस्रोमै रहेर विश्वकप छनोटमा जानेछ ।
त्यसैले विश्वकप छटनोटमा सिधै स्थान बनाउनका लागि नेपाल एक जितबाट टाढा छ । त्यसमा पनि पछिल्लझो ११ मध्ये १० खेल जितेर लयमा रहेको नेपाल अब युएईलाई हराउँदै विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यमा छ ।
उता लिग टु बाट ओडिआई मान्यता गुमाउने खतरामा परेको युएईका पछिल्लो समय खराब लयमा छ । नेपाल र पीएनजीसँग युएई लगातार हारिरहेको छ ।
अन्तिम दुईमा रहेर प्लेअफ क्वालिफायर खेल्ने पक्का भइसकेको युएईको ध्यान अब ओडिआई मान्यता जोगाउनु हुनेछ । युएईसँगै पपुवा न्युगि लिग टुको अन्तिम दुईमा छन् । अब च्याल्नेज लिगको शीर्ष दुईमा रहेको क्यानडा र जर्सीलाई पछि पार्न सके मात्र युएई र पीएनजीको ओडिआई मान्यता कायम हुनेछ ।
हाल लिग टु बाट स्कटल्याण्ड, ओमान, नेपाल, नामिबिया र अमेरिकाले ओडिआई मान्यता कायम गरिसकेका छन् ।
लिग टु बाटै नेपालले ओडिआई मान्यता रक्षा गरिसकेकोले अबको नेपालको लक्ष्य भनेको २०२३ मा भारतमा हुने विश्वकपको छनोट प्रतियोगिता खेल्ने नै हो । जहाँ टेष्ट राष्ट्रसहित लिग टु बाट गएका शीर्ष तीन र प्लेअफ क्वालिफायरबाट आएका शीर्ष दुई गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन । जिम्बावेल जुन-जुलाईमा हुने यस प्रतियोगिताबाट शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछ ।
टेष्ट राष्ट्र र नेपाल भन्दा माथिल्लो स्तरका टिम हुने भएकोले शीर्ष दुईमा रहेर विश्वकप खेल्नु नेपालका लागि ठूलै चुनौती हुनेछ । तर ठूला टिमसँग खेल्दै युवा खेलाडीको लागि एक्पोजर पाउनु र अनुभव लिनु नेपालको लागि ठूलो फाइदा हुनेछ ।
युएईलाई जिते के हुन्छ?
युएईलाई हराएमा नेपाल लिग टु मा तेस्रो हुनेछ । यसको अर्थ नेपालले सिधै विश्वकप छनोट खेल्न पाउनेछ ।
जहाँ आईसीसीको १२ पूर्ण सदस्य र नेदरल्याण्ड्सहसित को १३ टिम सहभागि सुपर लिगको अन्तिम पाँचमा रहने टोली हुनेछ ।
लिग टु को शीर्ष तीन स्कटल्याण्ड र ओमानसहित नेपाल हुनेछ ।
अनी लिग टु को पछिल्लँ चार च्यालेन्ज लिगको शीर्ष दुई गरी ६ टिमले खेल्ने प्लेअफ क्वालिफायरको शीर्ष दु२ टोली गरी १० टोली हुनेछन् ।
त्यसलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । एक समूहमा पाँच टिम हुनेछ । दुई समूहको शीर्ष ३ टिम समावेश गरी सुपर सिक्स खेलाइनेछ र त्यसबाट शीर्ष दुई टोली अक्टोबर नोभेम्बरमा हुने विश्वकपमा छनोट हेनछ ।
सुपर लिगबाट आयोजक भारतसहित इंग्ल्याण्ड, न्युजिल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, अफगानिस्तान विश्वकपका लागि छनोट भइसकेका छन् । अब वेष्ट इन्डिज, साउथ अफ्रिका, श्रीलंका र आयरल्याण्ड मध्ये एक टिमले सुपर लिगबाट सिधै विश्वकपमा स्थान पक्का गर्नेछ । बाँकी टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।
आयोजक जिम्बावे र नेदरल्याण्ड्सयसअघि नै सुपर लिगको अन्तिम दुईमा रहने पक्का भइसकेको छ । यसरी विश्वकप छनोटमा चार टेष्ट राष्ट्र सहभागि हुनेछ । जसमध्ये कम्तीमा पनि एक समूहमा दुई टेष्ट राष्ट्र हुनेछ र नेपाल जस्तो ६मले दु२ टेष्ट राष्ट्रसाग कम्तीमा पनि खेल्न पाउनेछ ।
समूहको शीर्ष तीनमा रहेर सुपर सिक्समा पुग्न सके नेपालले अरु ठूलो टिमसँग खेल्ने अवसर पाउनेछ ।
युएईसँग पराजित भए के हुनेछ ?
युएईसँग पराजित भएमा नेपाल लिग टु को शीर्ष तीनमा पुग्नेछैन । यसको अर्थ सिधै विश्वकप छनोटमा स्थान बनाउने छैद्द । तर त्यहाँ पुग्नका लागि नेपालको लागि अर्को अवसर हुनेछ । तर त्यो अवसर पनि सहज भने हुने छैन ।
पराजित हादा नेपाल लिग टु मा चौथो हुनेछ । यसको अर्थ नामिबिया सिधै विश्वकप छनोटमा पुग्नेछ । नेपाल भने नामिबिया यसै मार्चको अन्तिममा हुने प्लेअफ क्वालिफायमा खेल्न जानुपर्नेछ । जहाँ नेपालसहित लिग टु का पू५रमा अन्य तीन टिम अमेरिका युएई र पीएनजीसहित च्यालेन्ज लिगको क्यानडा र जर्सी हुनेछन् ।
यी ६ टोलीमध्ये राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टोलीले मात्र जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् ।
युएई र पीएनजीसहित क्यानडा र जर्सी ओडिआई मान्यताका लागि प्रतिस्पर्धामा रहँदा प्लेअफ क्वालिफायरमा खेलहरु झन् प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछ । त्यसैले त्यहाँ शीर्ष दुईको होड पनि उस्तै रोमाञ्चक हुनेछ ।
लिग टु को चौथो र पाँचौँ स्थानमा रहने टिमलाई ओडिआई मान्यता कायम रहिसकेको हुँदा शीर्ष दुईमा मात्रै नजर हुनेछ । बाँकी चार टिमका लागि भने शीर्ष दुई र ओडिआई मान्यता दुबैमा नजर हुनेछ ।
यदी क्यानडा र रजर्सी भन्दा पछि रहेमा युएई र पीएनजीले ओडिआई मान्यता नै गुमाउनेछ । प्लेअफ क्वालिफायरमा यही चारटिमबीच मात्रै ओडिआई मान्यताका लागि प्रतिस्पर्धा हुनेछ ।
यदी नेपाल र अमेरिका शीर्ष दुईमा रहे त्यसपछि तेस्रो र चौथो स्थानमा रहने ^lमले ओडिआई मान्यता पाउनेछ र अर्को संस्करणको लिग टु मा पनि स्थान बनाउनेछ ।