कतार विश्वकप फुटबल : खेल तालिका (नेपाली समयअनुसार)

मंसिर ३, काठमाडौं ।

विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको २२औं संस्करण आइतबार देखि कतारमा आयोजना हुँदैछ ।

नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने विश्वकपमा विश्वका उत्कृष्ट ३२ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । आयोजक कतारले विश्वकपको आयोजककै हैसियतामा फिफा विश्वकपमा डेब्यु गर्दै इतिहाच रच्नेछ ।

विश्वकपमा समूह चरणका ४८ र नकआउट चरणका १६ खेल गरी कूल ६४ खेल हुनेछ ।

यस पटक विश्वकपमा चार पटकको च्याम्पियन इटली छनोट भएन । पूर्व विजेता मध्ये सात राष्ट्रले कतारमा प्रतिस्पर्धा गर्नेछ । एसियाबाट आयोजक कतारसहित कीर्तिमानी ६ राष्ट्रले विश्वकप खेल्दैछन् ।

पहिलो पटक विश्वकपमा सहभागि राष्ट्रले २६ खेलाडी आफ्नो टिममा समावेश गर्न पाउनेछन् ।

समूह चरणका खेलहरु हुने मिति र समय यसप्रकार छ ।

समूह  : कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स

मंसिर ४ गते : कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे)

मंसिर ५ गते : सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे)

मंसिर ९ गते : कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे)

मंसिर ९ गते : नेदरल्याण्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे)

मंसिर १३ गते : इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे)

मंसिर १३ गते : नेदरल्याण्ड्सविरुद्ध कतार (राति ८:४५ बजे)

समूह बी : इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स

मंसिर ५ गते : इंग्ल्याण्डविरुद्ध इरान (राति ६:४५ बजे)

मंसिर ५ गते : अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे)

मंसिर ९ गते : वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे

मंसिर ९ गते : इंग्ल्याण्डविरुद्ध अमेरिका (राति १२:४५ बजे)

मंसिर १३ गते : वेल्सविरुद्ध इंग्ल्याण्ड (राति १२:४५ बजे)

मंसिर १३ गते : इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे)

समूह सी : अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड

मंसिर ६ गते : मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे)

मंसिर ६ गते : अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे)

मंसिर १० गते : पोल्याण्डविरुद्ध साउदी अरेविया (राति ६:४५ बजे)

मंसिर १० गते : अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर १४ गते : पोल्याण्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे)

मंसिर १४ गते : साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

समूह डी : फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया

मंसिर ६ गते : फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे)

मंसिर ६ गते : डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे)

मंसिर १० गते : ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे)

मंसिर १० गते : फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे)

मंसिर १४ गते : अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे)

मंसिर १४ गते : ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे)

समूह  : स्पेन, कोस्टारिका, जर्मनी, जापान

मंसिर ७ गते : स्पेनविरुद्ध कोस्टारिका (राति ९:४५ बजे)

मंसिर ७ गते : जर्मनीविरुद्ध जापान (राति ६:४५ बजे)

मंसिर ११ गते : जापानविरुद्ध कोस्टारिका (दिउसो ३:४५ बजे)

मंसिर ११ गते : स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १५ गते : जापानविरुद्ध स्पेन (राति १२:४५ बजे)

मंसिर १५ गते : कोस्टारिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे)

समूह एफ : बेल्जियम, क्यानडा, मोरोक्को, क्रोएसिया

मंसिर ७ गते: बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे)

मंसिर ७ गते : मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे)

मंसिर ११ गते : बेल्जियमविरुद्ध कोरोक्को (राति ६:४५ बजे)

मंसिर ११ गते : क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे)

मंसिर १५ गते : क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे)

मंसिर १५ गते : क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे)

समूह जी : ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन

मंसिर ८ गते : स्वीट्जरल्याण्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे)

मंसिर ८ गते : ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे)

मंसिर १२ गते : क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे)

मंसिर १२ गते : ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (राति ९:४५ बजे)

मंसिर १६ गते : सर्वियाविरुद्ध स्वीट्जरल्याण्ड (राति १२:४५ बजे)

मंसिर १६ गते : क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे)

समूह एच : पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया

मंसिर ८ गते : उरुग्वेविरुद्ध दक्षिण कोरिया (राति ६:४५ बजे)

मंसिर ८ गते : पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे)

मंसिर १२ गते : दक्षिण कोरियाविरुद्ध घाना (राति ६:४५ बजे)

मंसिर १२ गते : पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे)

मंसिर १६ गते : घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे)

मंसिर १६ गते : दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे

प्रि–क्वाटरफाइनल

मंसिर १७ गते शनिबार

४९. समूह ‘ए’ को विजेता भर्सेस समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे)

५०. समूह ‘सी’ को विजेता भर्सेस समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर १८ गते आइतबार

५१. समूह ‘ए’ को उपविजेता भर्स्स समूह ‘बी’ को विजेता (राति १२:४५ बजे)

५२. समूह ‘डी’ को विजेता भर्सेस समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

मंसिर १९ गते सोमबार

५३. समूह ‘ई’ को विजेता भर्सेस समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे)

५४. समूह ‘जी’ को विजेता भर्सेस समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर २० गते मंगलबार

५५. समूह ‘एफ’ को विजेता भर्सेस समूह ‘ई’ को उपविजेता (राति ८:४५ बजे)

५६. समूह ‘एच’ को विजेता भर्सेस समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे)

क्वाटरफाइनल

मंसिर २३ गते शुक्रबार

५७. खेल नम्वर ४९ को विजेता भर्सेस खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे)

५८. खेल नम्वर ५३ को विजेता भर्सेस खेल नम्वर ५४ को विजेता (राति ८:४५ बजे)

मंसिर २४ गते शनिबार

५९. खेल नम्वर ५१ को विजेता भर्सेस खेल नम्वर ५२ को विजेता (राति १२:४५ बजे)

६०. खेल नम्वर ५५ को विजेता भर्सेस खेल नम्वर ५६ को विजेता (राति ८:४५ बजे)

सेमिफाइनल

मंसिर २७ गते मंगलबार

६१. खेल नम्वर ५७ को विजेता भर्सेस खेल नम्वर ५८ को विजेता (राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार

६२. खेल नम्वर ५९ को विजेता भर्सेस खेल नम्वर ६० को विजेता (राति १२:४५ बजे)

तेस्रो स्थान

पुस २ गते शनिबार

६३. पहिलो सेमिफाईनल उपविजेता भर्सेस दोस्रो सेमिफाईनल उपविजेता (राति ८:४५ बजे)

फाइनल

पुस ३ गते आइतबार

६४. पहिलो सेमिफाईनल विजेता भर्सेस दोस्रो सेमिफाईनल विजेता (राति ८:४५ बजे)

फिफा विश्वकप २०२२ खेलतालिका : स्रोत फिफा

साफ महिला च्याम्पियनसिप: नेपालको उपविजेता ट्याग हटेन, बंगलादेश नयाँ च्याम्पियन

GRN Sports

काठमाडौं, असोज ४ । घरेलु मैदानमा छैटौं साफ महिला च्याम्पियनसिपको उपाधि जितेर पहिलो अन्तर्राष्ट्रिय ट्रफी जित्ने नेपाली महिला फुटबलको टोलीको सपना अधुरै बनेको छ ।

दशरथ रंगशालमा सोमबार १५ हजार ७ सय दर्शकको समर्थन पाउँदा पनि नेपाल फाइनलमा बंगलादेशमा ३-१ ले पराजित हुँदा उपिवेजताको ट्याग हट्न सकेन ।

नेपाल साफ इतिहासमा ५ पटक र समग्रमा १०औं पटक फाइनलमा पराजित भएको हो । सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको महिला टोलील पछिल्लो १२ वर्षमै १० फाइनल खेलेपनि अझै उपाधि जित्न सकेन । उपाधिको प्रतिक्षा थप लम्बिएको छ ।

दोस्रो पटक साफ महिला फुटबलको फाइनल पुगेको बंगलादेश दक्षिण एसियाको नयाँ च्याम्पियन बन्यो । बंगलादेशलाई अपराजित रहेर उपाधि जिताउन फाइनलमा कृष्णरानी सरकारले दुई तथा सामसुनाहारले एक गोल गरिन् । नेपालका लागि अनिता बस्नेतले एक गोल फर्काइन् ।

दोस्रो हाफमा रश्मि कुमारी घिसिङ र सावित्रा भण्डारी चुक्दा नेपालले खेलाई बराबरी अवस्थामा पुर्‍याउने अवस्था नै गुमाएको थियो ।

फाइनलसम्म आइपुग्दा नेपाल र बंगलादेश दुवैले गोल खाएको थिएन । तर प्रतियोगिताभर उत्कृष्ट प्रदर्शान गरेको बंगलादेशले फाइनलमा पनि त्यही लय कायम राख्दै जित हात पार्‍यो । उपाधि जित्ने क्रममा बंगलादेशले जम्मा १ गोल मात्र खायो भने २३ गोल गर्‍यो ।

चुकेको होइन अवसर गुमाएको हो

कुमार थापाले दोस्रो पटक साफ महिला च्याम्पियनसिपमा नेपाली टोली समह्लेका थिए । यसअघि २०१६ मा सेमिफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको पिडा बिर्साउने अवसर उनलाई यस पटक थियो । उनले बारम्बार यो दवस्रो लाइफ पनि भन्दै आएका थिए ।

यस पटक नेपालले सेमिफाइनलमा भारतलाई हराएर त्यसको बदला त लियो तर उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गर्ने अवसर सदुपयोग गर्न सकेन । नेपाल फेरि उपविजेता बन्दा प्रशिक्षक थापाले पनि उपविजेता मेडलमा चित्त बुझाउनुपर्‍यो । साफमा दुई पटक टोली सम्हालेपनि उनले उपाधि दिलाउन सकेनन् ।

फाइनलपछि पोष्ट म्याच कन्फ्रेन्समा पनि उनले वाचा अनुसार पूरा गर्न नसकेको भन्दै माफी मागे ।

‘मैले नेपाली फुटबल फ्यानसँग जुन वाचा गरेको थिएँ, जुन लक्ष्य राखेको थिएँ, त्यो पूरा गर्न सकिनँ । उनीहरूसँग क्षमा माग्न चाहन्छु,’ मुख्य प्रशिक्षक थापाले भने, ‘गर्न सक्ने सबै गरेको, खेलाउनुपर्ने सबै खेलाएको हो । तर, उपाधि बंगलादेशले जित्यो । पाएका अवसर उपयोग गर्न नसक्दा ऐतिहासिक उपाधि जित्न सकेनौं ।’

फाइनलमा नेपाल कहाँ चुक्यो भन्ने प्रश्नमा प्रशिक्षक थापाले चुकेको नभई अवसर गुमेको बताए ।

‘चुकेको होइन, हामीले अवसर सदुपयोग गर्न सकेन । सावित्रा र रश्मिले हानेको बल गोल हुन्थ्यो होला तर भइदिएन । भएको भए हामीले तीन गोल गर्थ्यौं, अग्रता नै लिने थियौं होला । अवसर हामीले पनि सिर्जना गरेको हो तर उसले (बंगलादेश) उपयोग गर्यो, हामीले गर्न सकेन । खास कुरा यति नै हो ।’ फाइनलमा पराजित भएपछि थापाले प्रशिक्षक पद त्यागेको घोषणा समेत गरे । हुनत उनलाई अखिल नेपाल फुटबल संघ एन्फाले यही साफका लागि प्रशिक्षक नियुक्त गरेको थियो । तर उनले फाइनलपछि नै महिला टिमसँग सम्बन्ध टुङ्गाए । यसबारे एन्फाबाट अफिसियल धारणा आउन बाँकी नै छ ।

यस्तै पहिलो पटक कप्तानी गरेकी एन्जिला तुम्बापो सुब्बाका लागि पनि यस पटक उपाधि दिलाउन अवसर थियो । तर राम्रो खेल्दा खेल्दै पनि उपाधि जित्न असफल भएको पिडा उनको अनुहारमा प्रष्ट थियो । यसअघि बोलेर भन्दा खेलेरै देखाउने बताउदै आएकी उनले फाइनलमा तीन गोल बेहोरिन् ।

‘जित्ने लक्ष्य थियो, सफल हुन सकेनौं, हामी सबै निराश छौं । अर्कोपल्ट म खेल्छु कि खेल्दिनँ थाह छैन । खेल्न त सबैले राम्रो खेलेको हो तर सानो–सानो गल्तीले गर्दा नै गोल खाएको हो । आउँदो दिनमा राम्रो गरौंला ।’ आठ वर्ष देखि राष्ट्रिय टिममा रहेकी २६ वर्षीय एन्जिलाले भनिन् । उनले सन् २०१६ को १२औ साऊ महिला फुटबलमा नेपालका लागि डेब्यु गरेकी थिइन् ।

यस्तै बंगलादेशका प्रशिक्षक गोलोन रब्बानी छोटोले आफ्नो लक्ष्य पूरा भएको र खेलाडीले राम्रो खेलेको बताए ।

तीन खेलाडीको सन्यास

फाइनल पछि नेपालका तीन खेलाडीले सन्यास लिने पक्का पक्की नै थियो । उनीहरु फाइनल जितेर खुशीसहित सन्यास लिन चाहन्थे । तर त्यो भने पूरा हुन सकेन । त्रिभुवन आर्मी क्लबबाट खेल्ने डिफेण्डर पुनम जर्घा मगर तथा मिडफिल्डर द्वय इन्दिरा राई र दिपा राईले फाइनल पछि सन्यास लिए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ब्लेजर लगाएर बिदाई गरे ।

तीनै खेलाडीले भविष्यलाई ध्यानमा राख्दै शान्ति सेनामा जानका लागि फुटबल करियरलाई बिट मारेका हुन् ।  पुनम र दिपाले सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए भने इन्दिराले २०१८ मा चीनमा भएको मैत्रीपूर्ण खेलबाट नेपालको जर्सी लगाएकी थिइन् ।

सबिना उत्कृष्ट र सर्वाधिक गोलकर्ता

पहिलो पटक च्याम्पियन भएको बंगलादेशले अन्य अवार्डमा पनि क्लिन स्वीन नै गर्‍यो । बंगलादेशला२ च्याम्पियन बनाउँदा नेतृत्व गरेकी कप्तान सबिना खातुन प्रतियोगिताकै मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन् ।

यस्तै दुई ह्याट्रिकसहित ८ गोल गरेकी उनले सर्वाधिक गोलकर्ताको अवार्ड समेत पाइन् । उनले माल्दिभ्स विरुद्ध पहिलो खेलमै दुई गोल गरेकी थिइन् भने पाकिस्तान र सेमिफाइनलमा भुटान विरुद्ध ह्याट्रिक गरिन् । समूह चरणमा भारत र फाइनलमा नेपाल विरुद्ध गोल गर्न सकिनन् ।

यस्तै प्रतियोगिताभर जम्मा एक गोल मात्र होरेकी बंगलादेशकी गोलकिपर रुप्ना चक्मा उत्कृष्ट गोलकिपर बनिन् ।

च्याम्पियन बंगलादेशले फेयर प्ले को अवार्ड समेत पायो ।

साफ महिला च्याम्पियनसिप २०२२

च्याम्पियन : बंगलादेश

उपविजेता : नेपाल

फेयर प्ले अवार्ड : बंगलादेश

मोस्ट भ्यालुएबल प्लेयर : सबिना खातनु (बंगलादेश)

सर्वाधिक गोलकर्ता : सबिना खातनु (बंगलादेश)

उत्कृष्ट गोलकिपर : रुपना चक्मा (बंगलादेश)

Photo : ANFA

साफ महिला च्याम्पियन : नयाँ-नयाँ कीर्तिमान बन्दै, अब प्रतिक्षा नयाँ च्याम्पियनको

GRN Sports

काठमाडौं, असोज १ । काठमाडौंमा भइरहेको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा नयाँ नयाँ कीर्तिमान बनिरहेको छ ।

समूह चरणमा ९ र सेमिफाइनलमा दुई खेल सकिँदा विभिन्न कीर्तिमान बने । अब फाइनल बाँकी छ र फाइनल खेलपछि पनि नयाँ कीर्तिमान बन्ने पक्का छ ।

फाइनल पुग्ने दुवै टिम नेपाल र बंगलादेशले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । त्यसैले यस पटक जसले जितेपनि नयाँ च्याम्पियन बन्नेछ ।

नेपाल पाँचौ पटक र बंगलादेश दोस्रो पटक फाइनल पुगेको हो । यसअघि सन् २०१६ मा नेपाल सेमिफाइनल पुग्न सकेको थिएन भने त्यही संस्करणमा बंगलादेश सेमिफाइनल पुगेको थियो ।

अहिलेसम्म बनेका केही कीर्तिमानहरु यस्ता छन् ।

दशरथ रंगशालमा पहिलो पटक साफ महिला च्याम्पियनसिप

च्याम्पियनसिपको १२ वर्षे इतिहासमा पहिलो पटक नेपालको अन्तर्राष्ट्रिय स्तरको रंगशालमा दशरथ रंगशालमा महिला साफ आयोजना भइरहेको छ । नेपालले लगातार दोस्रो पटक च्याम्पियनसिप आयोजना गरेको हो । यसअघि सन् २०१९ मा पनि नेपालकै विराटनगरमा च्याम्पियन आयोजना भएको थियो ।

त्यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतमा एक-एक पटक च्याम्पियन भएका थिए ।

दशरथ रंगशालमा पुरुष फुटबलमा धेरै प्रतियोगिता भएपनि महिला फुटबलको भने यो अहिलेसम्मकै ठूलो प्रतियोगिता हो । यसअघि उमेर समूहको महिला अन्तर्राष्ट्रिय प्रतियोगिता भने दशरथ रंगशालमा भएको थियो ।

१२ वर्षमा फर्कियो खोलो, भारतको दुई हार

१२ वर्षमा खोलो फर्कन्छ भन्ने उखान यस पटक महिला साफमा मजैले लागु भएको छ । त्यसको सबैभन्दा ठूलो उदाहरण प्रतियोगिता सुरु भएको १२ वर्षपछि भारत पहिलो पटक पराजित भयो । अनी यसअघि ५ पटक च्याम्पियन बनेको भारत यस पटक फाइनलमा हुनेछैन सेमिफाइनलबाटै बाहिरियो ।

अर्को विशेषता के भने भारतलाई एकै संस्करणमा दुवै टिमले हराइदियो । पहिला समूह चरणमा बंगलादेशले भारतलाई ३-० ले हरायो । अनी सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएर फाइनल अघि नै घर फर्काइदियो ।

बंगलादेशले यसअघि सन् २०१६ को साफमा भारतलाई बराबरीमा रोकेको थियो । त्यही संस्करणको फाइनलमा बंगलादेश भारतसँग पराजित भएको थियो ।

यता नेपाल भने चार पटक फाइनल र एक पटक सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

बंगलादेश र नेपालले एकै पटक भारतलाई हराएर यसअघिका हारको बदला लिएको छ ।

नेपालले यसअघि सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा मात्र भारतलाई हराएको थियो । त्यतिबेला दुवै गोल सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् । तर यस पटक सावित्रा नखेल्दा पनि नेपालले भारतलाई हरायो । समूह चरणको पहिलो खेलपछि डेंगु संक्रमित भएकी सावित्रा सेमिफाइनल अघि ठिक भएर मैदान फर्किएकी थिइन् । तर भारत विरुद्ध बेन्चमा रहेपनि उनले मैदान उत्रनुपरेन ।

भुटानको ऐतिहासिक सेमिफाइनल यात्रा

पछिल्लो वर्षहरुमा भुटानले एकेडेमीमा राम्रो लगानी गर्दै आएको छ । पुरुषको उमेर समूहमा भुटानले राम्रो प्रदर्शन गर्दै त्यसको नितजा देखाइसकेको छ । महिलातर्फ पनि भुटानले यस पटक साफ महिला च्याम्पियनसिप इतिहासकै पहिलो जित हात पार्दै ऐतिहासिक सेमिफाइनल यात्रा तय गर्‍यो ।

समूह बी मा पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएपनि अर्को खेलमा श्रीलंकालाई ५-० को फराकिलो अन्तरले जित हात पार्दै भुटान सेमिफाइनल पुगेको हो । साफमा भुटान पहिलो पटक सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा बंगलादेशसँग ८-० को फराकिलो हार बेहोर्दै भुटान बाहिरिएको थियो ।

हरेक खेलमा क्लिनसिट

यस पटक च्याम्पियनसिपमा जति खेल भए त्यसमा जित्ने टिमले मात्र गोल गरेका छन् । यसको अर्थ जित्ने टिमले हरेक खेलमा क्लिनसिट (गोल नखाने) राखेका छन् । फाइनल पुग्ने नेपाल र बंगलादेश मात्र नभई समूह चरणमा जित्ने अरु टिमले पनि जित्दा गोल खाएनन् ।

नेपालले फाइनल यात्रा तय गर्दा कूल ११ गोल गर्‍यो । नयाँ कप्तान एन्जिल तुम्बापो सुब्बाको कप्तानीमा नेपालले तीन खेल जित्दा तीनै खेलमा क्लिनसिट राखेको छ ।

समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले हराएको नेपालले सेमिफाइनलमा भारतलाई १-० ले हरायो ।

उता बंगलादेशले समूह चरणमा माल्दिभ्सलाई ३-०, पाकिस्तानलाई ६-० र भारतलाई ३-० ले हरायो । सेमिफाइनलमा भुटानलाई ८-० ले हराएको बंगलादेशले कूल २० गोल गर्दा कुनै गोल खाएको छैन ।

यस बाहेक समूह चरणमा भुटान र पाकिस्तानले एक एक खेल जित्दा कुनै गोल खाएनन् । भुटानले श्रीलंकालाई ५-० ले तथा पाकिस्तानले माल्दिभ्सलाई ७-० ले हरायो । ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दै पाकिस्तानले पहिलो जित हात पारेको हो ।

समह्यू चरणमा श्रीलंकाले दुई र माल्दिभ्सले तीन खेलमा पराजय बेहोर्यो । श्रीलंकाले ११ गोल तथा माल्दिभ्सले १९ गोल खाँदा कुनै गोल गर्न सकेन ।

सबिनाको दुई ह्याट्रिक

बंगलादेशले यस पटक गजज्बको प्रदर्शन गरिरहँदा कप्तान सबिना खातुनले नेतृत्व र गोल दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी छन् । उनले दुई ह्याट्रिक सहित सर्वाधिक ८ गोल गरेकी छन् । समूह चरणमा पाकिस्तान र सेमिफाइनलमा भुटान विरुद्ध ह्याट्रिक गरेकी सबिनाले पहिलो खेलमा माल्दिभ्स विरुद्ध दुई गोल गरेकी थिइन् । उनले भारत विरुद्ध भने गोल गरिनन् ।

यस्तै पाकिस्तानकी नादिया खानले समूह चरणमा माल्दिभ्स विरुद्ध ह्याट्रिकसहित चार गोल गरिन् ।

बंगलादेशकी मोसामत जाहान सोप्ना र भारतकी अन्जु तामाङले पनि ४-४ गोल गरेकी छिन् ।

नेपालका लागि भने सावित्रा भण्डारी, अनिता बस्नेत, अमिसा कार्की र रश्मी कुमार घिसिङले २-२ गोल गरेकी छन् ।

नयाँ च्याम्पियनको प्रतिक्षा

साफ महिला च्याम्पियनसिपको १२ वर्षे इतिहासमा यस पटक नयाँ च्याम्पियन पाउने पक्का छ । त्यसका लागि सोमबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल पर्खनुपर्नेछ । दुवै टिमले पहिलो पटक च्याम्पियन बन्ने प्रतिक्षा छन् ।

यसअघि भएको पाँचै संस्करणमा भारतले उपाधि जितेको थियो । नेपाल चार पटक र बंगलादेश एक पटक फाइनलमा पराजित भएको थियो ।

यसअघि सन् २०१० मा बंगलादेशको कक्सबजारमा भएको फाइनलमा भारतले नेपाललाई १-० ले हराएर पहिलो पटक उपाधि जितेको थियो । २०१२ मा श्रीलंकाको कोलोम्बोमा भएको दोस्रो संस्करणमा भारतले नेपाललाई ३-१ ले हराएर लगातार दोस्रो पटक उपाधि जित्यो ।

२०१४ मा पाकिस्तानको इस्लामावादमा भएको तेस्रो साफमा भारतले नेपाललाई ६-० ले हराएर उपाधिमा ह्याट्रकि गरेको थियो ।

२०१६ मा भारतको सिलगुढीमा भएको चौथो साफमा भने पहिलो पटक फाइनल पुगेको बंगलादेशलाई भारतले ३-१ ले हराएर उपाधि जित्यो । २०१९ मा घरेलु मैदान विराटनगरमा भएको पाँचौ संस्करणमा भारतले नेपाललाई ३-१ ले हराएर पाँचौ पटक उपाधि जितेको थियो ।

PHOTO: ANFA

साफ महिला च्याम्पियनसिप : ऐतिहासिक जितसहित नेपाल फाईनलमा, भारत बाहिरियाे

रश्मीकाे निर्णायक गाेल


काठमाडौं । भारतविरुद्ध पराजयकाे शृंखलालाई अन्त्य गर्दै घरेलु टोली नेपाल छैटाैँ साफ महिला च्याम्पियनसिप २०२२ मा शुक्रबार फाईनलमा प्रवेश गरेकाे छ । दशरथ रंगशालामा शुक्रबार ७ हजार भन्दा बढी दर्शकको अगाडि रश्मी कुमारी घिसिङको गाेलमा नेपालले भारतलाई १-० ले हरायो ।

७ हजार २५३ दर्शक नेपाल र भारतकाे खेल हेर्न दशरथ रंगशालामा उपस्थित थिए । पहिलो हाफमा थप गरिएको एक मिनेटको इन्ज्युरी टाइममा रश्मीले गोल गरिन् ।

साफ महिला फुटबलकाे १२ वर्षे ईतिहासमा नेपालले भारतलाई पहिलाे पटक पराजित गरेकाे हाे । यसअघि भएकाे पाँचवटै संस्करणमा नेपाल भारतसँग पराजित भएकाे थियाे । चार पटक फाईनलमा र एक पटक सेमिफाईनलमा नेपाल भारतसँग हारेकाे थियाे ।

सन् २०१६ मा अहिलेका प्रशिक्षक कुमार थापा नै प्रशिक्षक हुँदा नेपाल भारतसँग सेमिफाईनलमै पराजित भएकाे थियाे । नेपालले यसपटक ती पाँचै हारकाे बदला समेत लिएकाे छ । नेपालले उपाधिका लागि अब बंगलादेशसँग साेमबार खेल्नेछ ।

नेपालले भारतलाई पराजित गरेकाे भने याे दाेस्राे पटक हाे यसअघि सन् २०१९ मा भारतमै भएकाे हिराे गाेल्डकपमा नेपालले भारतलाई हराएकाे थियाे ।

यसअघि अपराजित रहँदै पाँच पटक साफ च्याम्पियन बनेकाे भारत भने पहिलाे पटक सेमिफाईनलबाटै बाहिरिएकाे छ । भारतको २५ खेलको अपराजित यात्रा पनि समूह्य चरणमा बंगलादेशसँग पराजित भएपछि ब्रेक भएको थियो ।

नेपाल पाँचाै पटक साफ च्याम्पियनसिपकाे फाईनलमा पुगेकाे हाे । २०१६ मा मात्र नेपाल सेमिफाईनलबाट बाहिरिएकाे थियाे ।


भारत बाहिरिएपछि अब नेपाल र बंगलादेश जसले फाईनल जितेपनि साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउनेछ ।

प्रिति र रश्मीकाे कम्बिनेसनमा उत्कृष्ट गोल गाेल

भारतलाई सेमिफाइनलमा हराएर घर पठाउन नेपालका लागि रश्मी घिसिङले उत्कृष्ट गोल गरिन् । पहिलो हाफको अन्तिममा एक मिनेटको इन्जुरी टाइम थप गरिएको थियो । त्यही एक मिनेट नेपालका लागि महत्वपूर्ण सावित भयो ।

प्रिति राईले दिएकाे उत्कृष्ट पासमा रश्मीले बक्स भित्रबाट बल कन्ट्राेल गर्दै उत्कृष्ट फिनिसिङ गरिन् । रश्मीकाे जारी साफमा याे दाेस्राे गाेल हाे । यसअघि यनले श्रीलंका विरुद्ध पनि गाेल गरेकी थिईन् ।

नेपाली स्टार फरवार्ड सावित्रा भण्डारीको अनुपस्थितीमा प्रितीले पहिलो रोजाईँमा खेल्ने मौका पाएकी थिइन् । समूह चरणको पहिलो खेलपछि डेंगु संक्रिमत बनेकी सावित्राले दोस्रो खेल गुमाइन् भने भारत विरुद्ध बेन्चमा रहेपनि मैदान प्रवेश गरिनन् । नेपालले सावित्रा नखेल्दा पनि भारतलाई हरायो ।

२०१९ मा हिरो गोल्डकपमा नेपालले भारतलाई पराजित गर्दा दुवै गोल सावित्राले नै गरेकी थिइन् ।


पहिलाे हाफमा भारतले नेपालमाथि लगातार दबाब बनाएकाे थियाे तर फिनिसिङ गर्न सकेन । प्रिति राईले ३३ अाैं मिनेटमा बक्स बाहिरबाट हानेकाे भलि प्रहार क्रसबार माथिबाट बाहिरिएकाे थियाे ।
पहिलाे हाफमा अग्रता लिएपछि दाेस्राे हाफमा नेपालले सुरुवात देखि नै भारतमाथि दबाब बनाउन थाल्याे ।

भारत विरुद्ध नेपालले गोलका अन्य अवसर पनि बनाएको थियो । प्रितीले ३३औं मिनेटमा प्रहार गरेको बल क्रसबारको थोरैमाथिबाट बाहिरिएको थियो । यस्तै ५०औं मिनेटमा अनिता केसीकाे कर्नरमा अमृता जैसीले बक्स भित्रबाट हानेकाे हेडर भारतकी गाेलकिपर अदिती चाैहानले पन्च गर्दै भारतको संकट टारेकी थिइन् ।

६४ मिनेटमा प्रितिले बक्स भित्रबाट गरेकाे प्रहार पाेष्ट नजिकैबाट बाहिरिएको थियो ।

भारतले पनि दाेस्राे हाफमा गाेलका लागि केही अवसर बनाएपनि फिनिसिङ गर्न सकेन । भारतीय फरवार्डले नेपाली डिफेण्डर र गोलकिपरको टेष्ट गरेपनि डेडलक तोड्न सकेन ।

भारतलाई हराएपछि नेपालका प्रशिक्षक कुमार थापाले १२ वर्षपछिको प्रतिक्षा पूरा भएको बताए । यस्तै भारतका प्रशिक्षक सुरेन क्षेत्रीले नेपालसँग राम्रो खेलेपनि गोल गर्न नसक्दा पराजित भएको बताउँदै हार स्वीकार्ने बताए ।

साफ यू१७ च्याम्पियनसिप : फाइनलमा पुरानै कथा, भारत च्याम्पियन,नेपाल उपविजेता

काठमाडौं । श्रीलंकामा बुधबार सम्पन्न साफ यू१७ च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेता बन्यो । नेपाललाई ४-० ले हराउँदै भारत फेरि च्याम्पियन बन्यो ।

भारत लगतार दोस्रो र समग्रमा चौथो पटक यस उमेर समूहमा च्याम्पियन बनेको हो । अनी चारै पटक नेपाल फाइनल प्रतिद्वन्दी थियो । चारै पटक भारतले नेपाललाई हरायो ।

सातौं संस्करणसम्म आइपुग्दा भारतले सर्वाधिक ६ पटक फाइनल खेल्यो । दुई पटक भने उपविजेता बन्यो । एक पटक मात्र भारत फाइनल पुग्न सकेन । यस्तै बंगलादेशले दुई र पाकिस्तानले एक पटक उपाधि जितेको छ ।

नेपालले भने हरेक पटक उपाधि जित्ने लक्ष्य राख्ने अनी अन्तिम त्यो सपना अधुरै रहँदै आएको छ । सन् २०११ मा नेपालबाटै सुरु भएको यस प्रतियोगिताको उपाधि भित्र्याउने नेपालको चाहना यस पटक पनि भारत तगारो बन्दा पूरा हुन सकेन ।

कोलोम्बोमा यस पटक नेपाल र भारत एकै समूहमा थियो । जसमा समूह चरणमै नेपालले भारतलाई ३-१ ले हराएर सनसनी मच्चाइसकेको थियो । त्यो पनि एक गोलले पछि परेको अवस्थामा पुनरागमन गरे ।

त्यो हार भारतका लागि सिकाई बन्यो । त्यसमा गरेको गल्ती कमजोरीलाई भारतले फाइनलमा दोहोर्‍याएन । उता नेपाल भने समूह चरणमा जितेपछि फाइनलमा त्यही लय कायम राख्ने योजनामा थियो । तर फाइनलमा भारतले चार गोल गर्दा नेपालले गोल समेत फर्काउन सकेन । नेपालका कप्तान प्रशान्त लक्समले पहिलो हाफमा भारतीय खेलाडीलाई फल गरेपछि सिधै रातो कार्ड पाए । अनी नेपालले करिब एक घण्टा दश खेलाडीमा रहेर खेल्नुपर्‍यो । प्रशान्तले रातो कार्ड पाउनु अघि नै नेपालले दुई गोल खाइसकेको थियो । त्यसपछि पनि नेपालले उति नै गोल खायो ।

भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले गोल गरे।

च्याम्पियन भारतीय टिम

सर्‍यो नेपाल टी २० लिग, डिसेम्बरमा गर्न क्यानको प्रस्ताव

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को ‘ड्रिम प्रोजेक्ट’को रुपमा रहेको नेपाल टी २० लिग अन्तत: सरेको छ । नेपालीहरुको महान चाड दशैँकै बेला असोज ८ देखि कात्तिक ५ गतेसम्म क्यानले पहिलो संस्करणको नेपाल टी२० लिग आयोजना गर्ने घोषणा गरेको थियो ।

तर आगामी मंसिरमा हुने आम निर्वाचनअघि सुरक्षाको कारण देखाउँदै लिग सुरु हुनु दश दिन अगाडि क्यानले लिग सारेको छ । आम निर्वाचन मंसिर ४ गते हुँदैछ ।

क्यानले २९ असोजमा विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयको निर्देशन अनुसार लिग डिसेम्बर सम्मलाई सारिएको जनाएको छ ।

क्यानले आधिकारिक फ्रेन्चाइज लिगको रुपमा भन्दै आएको नेपाल टी २० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय थियो । क्यानले गत शनिवार र आइतबार नेपाली र विदेशी खेलाडीको ड्राफ्ट पनि गरिसकेको थियो ।

ड्राफ्टबाट नेपाली ६७ र विदेशी ३३ गरी कूल १०० खेलाडी अनुबन्ध भएका थिए ।

हेर्नुस क्यानको विज्ञप्ती

नेपाल टी २० लिग: एक सय खेलाडी अनुबन्ध, विदेशीमा हाफिजदेखि ब्रेथवेइटेसम्म

काठमाडौं । पहिलो संस्करणको नेपाली टी २० लिग खेल्न पाकिस्तानका भेट्रान अलराउण्डर मोहम्मद हाफिजदेखि श्रीलंकन पूर्व कप्तान एन्जेलो म्याथ्युज अनी वेष्ट इन्डिजका टी२० विश्वकप विजेता कार्लोस ब्रेथवेइटेसम्म आउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार र आइतबार दुई दिनसम्म सञ्चालन गरेको ड्राफ्टबाट कूल एक सय खेलाडी विभिन्न ६ टिममा अनुबन्ध भए । जसमा नेपाली खेलाडी ६७  र विदेशी खेलाडी ३३ जना अनुबन्ध भएका छन् ।

हरेक टिमले नेपाली ११ र विदेशी ५ खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान थियो ।

तर फार वेस्ट युनाइटेडले नेपाली एक र विदेशी दुई खेलाडी बढी अनुबन्ध गरेको छ । यस्तै लुम्बिनी अल स्टार र विराट नगर सुपर किंग्सले एक एक विदेशी खेलाडी थप अनुबन्ध गरेका छन् ।

नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेटको रुपमा रहेको नेपाल टी२० लिगको पहिलो संस्करणमा काठमाडौं गोर्खाज, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौं गोर्खाजले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्र सिंह ऐरी, विराटनगरले मार्की खेलाडीमा रोहित पौडेल, जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई अनुबन्ध गरेको छ ।

ड्राफ्टका लागि छनोट भएका ९२ जना नेपाली खेलाडीमध्ये ६७ जना अनुबन्ध भए । २५ जना खेलाडी कुनैमा पनि अनुबन्ध भएनन् । यसमा क्याटेगोरी ए मा रहेका सुबास खकुरेल पनि हुन् ।

नेपाली मार्की खेलाडी र क्याटेगोरी ए का खेलाडीको तलब १५ लाख हुनेछ । यस्तै क्याटेगोरी बी का खेलाडीले १० लाख र क्याटेगोरी सी का खेलाडीले ५ लाख पाउनेछन् ।

क्यानको आफ्नै आधिकारिक लिगको रुपमा नेपाल टी२० असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

हाफिजदेखि ब्रेथवेइटेसम्म

पाकिस्तानका पूर्व कप्तान हाफिजदेखि  वेष्ट इन्डिजका कार्लोस ब्रेथवेइटले नेपाल टी २० लिग खेल्ने भएका छन् ।

हाफिज पोखरा एभेन्जर्समा, ब्रेथवेइटे फारवेष्ट युनाइटेडमा र एन्जेलो म्याथ्युज विराटनगर किंग्समा अनुबन्ध भएका छन् । यस्तै थासार परेरा काठमाडौं गोर्खाजमा, बेन कटिङ लुम्बिनी अल स्टारमा तथा एडम लिथ जनकपुर रोएल्समा अनुबन्ध भएका छन् ।

कुन टिममा कुन खेलाडी ?

काठमाडौं गोर्खाज

ज्ञानेन्द्र मल्ल, लोकेश बम, बसिर अहमेद, कमल सिंह ऐरी, अविनास बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रिजाल, सन्तोष कार्की, सुनाम गौतम, गौतम केसी

विदेशी खेलाडी : थिसारा परेरा, दर्शनप्रिया विराक्कोडी, कामिन्डु मेन्डिस, भिरनदिप सिंह, धनन्जय दा शिल्भा

लुम्बिनी अल स्टार्स

दीपेन्द्र सिंह ऐरी, अनिल शाह,कुशल भुर्तेल, गुल्सन हा, सागर ढकाल, योगेन्द्र सिंह कार्की, किशोर महतो,तिलक राज भण्डारी, सुनिल  धमला, आकाश चन्द, सिहं पाण्डे 

विदेशी खेलाडी : बेन कटिङ, रकिम कर्नवाल, प्याट ब्रोन, विपुल शर्मा, लहिरु मिलान्था, नुवान तुशारा

विराटनगर सुपर किङ्स

रोहित कुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदिप सिंह ऐरी, पृथु बास्कोटा, रिजन ढकाल

विदेशी खेलाडी एन्जेलो म्याथ्युज, जोसुअ पर्सुएद, आन्द्रे म्याकार्थी, गौरान्शु शर्मा,मिनोद रानासिंगे, किओन जोसेफ

जनकपुर रोयल्स

सोमपाल कामी, सन्दीप जोरा, आदील आलम, दिलिप नाथ, ललित राजवंसी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी

विदेशी खेलाडी : एडम लिथ, ट्रेभेन अबाशी ग्रिफिथ, इब्राहिम जद्रान, राज रकी नान्नान, सुबाशिङ्गे प्रियन्जन

पोखरा एभेन्जर्स

आसिफ शेख, शरद भेषवाकर, कुशल मल्ल, प्रतिष जिसी, आरिफ शेख, तुल बहादुर थापा, विशाल बिक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन, सिद्दान्त लोहनी 

विदेशी खेलाडी : मोहम्मद हाफिज, सेक्कुगे प्रशन्न, निरोसन डिकवेला, सल्मान इर्शाद, शेहान मधुशांका

फारवेस्ट युनाईटेड

करण केसी, विनोद भण्डारी,भिम सार्की,देव खनाल, राशिद खान, दुर्गेश गुप्ता, भुवन कार्की, हरि शंकर शाह, शेर मल्ल, बसन्त कार्की, प्रकाश जैशी, हसिम अन्सारी

विदेशी खेलाडी : कार्लोस ब्रेथवेइटे, डुसान हेमान्थ, पुलिना थारांगा, जासोन मोहमद, अलाह घजानफर, जिया उल रहेमान

साफ महिला च्याम्पियनसिप: यी हुन् सेमिफाईनल पुग्ने चार टाेली

नेपालले भारत/बंगलादेशसँग खेल्ने

काठमाडौं, २८ भदौ । काठमाडौंमा भईरहेकाे छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपकाे सेमिफाईनल पुग्ने चारवटै टाेलीकाे टुङ्गाे लागेकाे छ ।

साेमबार नेपालले समूह बी काे अन्तिम खेलमा श्रीलंकालाई ६-० ले हराउँदै अन्तिम चारमा स्थान बनाउने अन्तिम टाेली बनेकाे हाे । नेपालका लागि दाेस्राे हाफमा मैदान प्रवेश गर्दै अमिसा कार्कीले दुई गाेल गरिन् भने रश्मि कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी दिपा शाहीले पहिलाे हाफमा एक-एक गाेल गरिन् ।

तीन टिम मात्रर हेको समूह बी मा दुवै खेल जितेकाे घरेलु टोली नेपाल ६ अंक जाेडेर समूह बी काे विजेता बन्दै सेमिफाईनल पुगेकाे हाे । यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको भुटान समूह बी को उपविजेता बन्यो ।

नेपालसँग ४-० ले पराजित भएको भुटानले श्रीलंकालाई ५-० ले हराएर ऐतिहासिक जितसहित पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो । समूह बी बाट श्रीलंका दुवै खेल हार्दै प्रतियाेगिताबाट बाहिरिएकाे छ । श्रीलंकाले दुई खेलमा कुनै गाेल समेत गर्न सकेन भने ११ गाेल खायाे ।

यस्तै यसअघिनै समूह ए बाट भारत र बंगलादेश सेमिफाईनल पुगिसकेका छन् ।

नेपालले यसअघि भएका पाँच वटै संस्करणमा साफकाे सेमिफाईनल खेलेकाे छ ।

सेमिफनईनल पुग्ने चार टाेलीकाे तय भएपनि समिकरण भने टुङ्गाे लाग्न बाँकी छ ।

सेमिफाईनलमा नेपालकाे भारत वा बंगलादेशसँग खेल्ने

अब नेपालले सेमिफाईनलमा भारत वा बंगलादेशमध्ये एक टिमसँग खेल्नेछ । चार टिम रहेकाे समूह ए बाट भारत र बंगलादेश आफ्नाे सुरुवाती दुई खेल जित्दै सेमिफाईनल पुगेका छन् । तर समूह विजेता र उपविजेताकाे टुङ्गाे लाग्न बाँकी छ ।

भारत र बंगलादेशबिच मंगलबार हुने खेलपछि समूह ए काे विजेता र उपविजेताकाे टुङ्याे लाग्नेछ । त्यस खेलमा पराजित हुने टाेलीसँग नेपालले सेमिफाईनलमा खेल्नेछ । नेपालको नजर यस खेलमा पनि हुनेछ ।

अहिलेसम्म पाँच पटककै च्याम्पियन भारत छैटाैँ पटक सेमिफाईनल पुगेकाे हाे । बंगलादेश भने सेमिफाईनल पुगेकाे याे पाँचाै पटक हाे । सन २०१६ मा फाईनल नै खेलेकाे बंगलादेश २०१२ मा भने सेमिफाईनल पुग्न सकेकाे थिएन ।

नेपालले पछिल्लाे पटक २०१९ मा विराटनगरमा भएकाे साफमा सेमिफाईनलमा श्रीलंकालाई हराएकाे थियाे ।

तर यसपटक भने नेपालले सेमिफाईनलमै बलियाे चुनाैतीकाे सामना गर्नुपर्ने भएकाे छ ।

नेपालका प्रशिक्षक कुमार थापाले सेमिफाईनल टफ हुने बताए । ‘सेमिफाईनल यसअघिका खेल भन्दा टफ हुने वाला छ । यसअघि भन्दा राम्राे खेल्नुपर्छ । आशन छ सेमिफाईनल बेस्ट म्याच हुनेछ,’ श्रीलंकालाई हराएर समूह विजेता बनेपछि थापाले भने, ‘बंगलनदेश प्राविधिक रुपमा राम्राे छ । भारत अनुभवी छ । हामीलाई घरेलु मैदानकाे साथ छ । हामी भारतबाे अनुभव र बंगलनदेशकाे युथ टिमलाई डाेमिनेट गर्न चाहन्छाैँ ।’

श्रीलंका विरुद्धकाे खेल डेंगुका कारण गुमाएकी सावित्रा भण्डारी सेमिफाईन खेल्नेमा शंका छ । प्रशिक्षक थापाले सावित्रा नभएपनि टिम तयार हुनुपर्ने बताए । ‘ म पनि नहुन सक्छु । कन्ट्राेल गर्न सकिन्न । आशा छ खेलमा फर्कन्छ भनेर दर्शकका लागि पनि मज्जा हुनुपर्छ ।’ थापाले सावित्रा नहुँदा नुन नभाकाे तरकारी जस्तो हुने बताए ।

भारत- बंगलादेश खेल महत्वपूर्ण

भारत र बंगलादेश दुवै सेमिफाईनलमा नेपाललाई ‘अभाेईड’ गर्न चाहन्छन् । उनीहरु सजिलाे टिमसँग सेमिफाईनल खेल्न चाहन्छ ।

समूह ए मा भारत र बंगलादेशकाे समान ६ अंक भएपनि गाेल अन्तरमा भारत अघि छ ।

त्यसैले भारतले बंगलादेशसँग हार टारे पनि समूह विजेता बन्नेछ । बंगलादेशलाई भने समूह विजेता बन्न भारतलाई हराउनैपर्नेछ । त्यसैले याे खेल दुवै टाेलीका लागि महत्वपूर्ण छ ।

भारत र बंगलादेश बीचकाे खेल मंगलबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।

एसएल२४ : चम्किलो करियरमा लागेको ‘कालो धब्बा’

काठमाडौं । राजधानीमा मंगलबार देखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा बुधबार भारत र पाकिस्तान दशरथ रंगशालमा भिडे । ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको पाकिस्तानले साविक विजेता भारत विरुद्ध ३-० को पराजय बेहोरेपनि मैदान फर्कँदा खुशी थिए ।

तर बुधबार दिनभर नेपाली खेलकुदमा भने सन्दीप लामिछाने छाए । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने हाल वेष्ट इन्डिजमा छन् । यसअघि उनले विकेट लिएर नेपाललाई जिताउँदा उनको चर्चा हुन्थ्यो । तर बुधबार भने सन्दीप नकरात्मक कारणले चर्चाको पात्र बने ।

२२ वर्षीय सन्दीपलाई १७ वर्षीय युतवीले आफूमाथि बलfत्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएपछि सन्दीपको नकरात्मक रुपमा चर्चा भएको हो । मंगलबार रातीदेखि यसबारेमा समाचार आएपछि सामाजिक सञ्जाल हुँदै यो खबर सबैतिर फैलियो ।

बुधबार सबैजसो मिडियामा दिनभर नै यो खबर मुख्य रुपमा आयो । नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय मिडियामा समेत सन्दीपको बारेमा आएको यो खबर सनसनी बनेर फैलियो । जसरी यसअघि सन्दीपले विकेट जितेर नेपालको लागि जित दिलाउँथे हुने गर्थ्यो ।

सानो उमेरमै नेपाली क्रिकेटका सुपर स्टार, पोष्टर ब्वाए देखि ग्लोबल स्टारको छवी बनाइसकेका सन्दीपमाथि अहिले ‘कालो धब्बा’ लागेको छ । जसबाट पन्छिन र बाहिर निस्कन सन्दीपलाई अब निकै कठिन छ । अहिलेका लागि उनलाई आरोप मात्र लागेको छ । प्रहरीले यस विषयमा छानविन सुरु गरिसकेको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।

नेपाल क्रिकेट संघ क्यानले त्यसपछि बिहीबारै सन्दीपलाई राष्ट्रिय टिमबाट नै निलम्बन गरेको छ ।   अहिले छानविन प्रक्रिया अगाढि बढिसकेकोले यसको नतिजा के आउँछ समय ले नै देखाउनेछ । दोषी प्रमाणित नै भएमा उनले कानुनअनुसार तोकेको सजाय भोग्नुपर्नेछ ।

तर सन्दीपले ६ वर्षको क्रिकेट करियरमा नेपालदेखि विश्वभर जुन सफलता र उपलब्धी हासिल गरेका त्यसलाई अहिले यही एउटा आरोपले छोपिदिएको छ ।

चम्किलो करियर बनाइरहेका सन्दीपको यात्रामा ब्रेक मात्र लागेको छैन यसले उनको करियरकै डाउनफल समेत सुरु भएको छ ।

सन्दीप बिना टिमको अनुहार मलिन

पहिलो पटक केन्या भ्रमण गरेर दुई शृंखला जितेको ट्रफी लिएर नेपाली क्रिकेट टोली बुधबार बिहान करिब ११ बजेतिर त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदा खेलाडीमा कुनै खुशी थिएन । उनीहरुको अनुहार मलिन थियो । केन्या विरुद्ध पाँच खेलको टी२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले जितेको नेपालले तीन खलेको एकदिवसीय शृंखला क्लिन स्वीप नै गरेको थियो । विमानस्थलबाट बाहिरिँदा नेपाली टिमको हातमा दुई ट्रफी थिए । तर जबरजस्ती करणकीको आरोप लागेका सन्दीप टिमसँग थिएनन् भने खेलाडीहरु पनि उत्साह विहिन थिए ।

मंगलबार राती नेपालमा सन्दीपबारे यो खबर सार्वजनिक हुँदा नेपाली टिम केन्यामै थियो । नेपाली टिम नेपाल फर्कँदा उनीहरु यरबारे बेखबर थिए । युएईको शारजहामा आएर अनलाइन समाचार देखेपछि मात्र नेपाली टिमले यसबारे थाहा पाए । त्यसैले बुधबार बिहान नेपाल आइपुग्दा उनीहरुको अनुहार मलिन थियो ।

केन्यामा आफ्नै कप्तानीमा नेपाललाई टी२० अन्तर्राष्ट्रिय शृंखला जिताएर सन्दीप जमैका तल्लावाजबाट सीपीएल खेल्न वेष्ट इन्डिज पुगेका थिए । उनले पनि मंगलबार यो खबर सार्वजनिक हुनुअघि जमैकाको रंगमा फेरी भन्दै फोटो पोष्ट गरेका थिए । तर उनको त्यो उत्साह यो खबर सार्वजनिक भएसँगै निराशामा परिणत भएको छ । जमैकाले बिहीबार सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससँग खेल्ने तालिका छ । तर त्यसमा सन्दीपले खेल्ने सम्भावना कमजोर बनेको छ । उनले जमैकाको पहिलो खेल गुमाएका थिए भने दोस्रो खेलमा उनी पहिलो रोजाईँमा परेनन् ।

अहिले नकरात्मक चर्चा

नेपालका लागि टी२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप नै हुन् । त्यो भन्दा माथि उनी नेपाली टिमका कप्तान हुन् । विश्वकै चर्चित र ग्ल्यामरस क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले अष्ट्रेलियादेखि क्यानडासम्म फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

विश्वभर खेलेर सन्दीपले आफ्नो नामसँगै नेपालको नाम पनि विश्वभर चर्चित गराए । तर अहिले उनले आफ्नो नाम मात्र बदनाम बनाएनन् नेपालकै नाम बदनाम भएको छ । अहिले अन्तर्राष्ट्रिय मिडियामा पनि उनी बारे अहिलेको खबर सार्वजनिक भइसकेको छ ।

यसअघि पनि सन्दीपको विरोध नभएको होइन । कप्तान भएपछि उनको कप्तानीको आलोचना भयो । राम्रो बलिङ गर्ने तर कप्तानी गर्न नसक्ने भनेर विरोध भयो । यो सबै मैदान भित्रकै कुरा थिए । तर अहिले मैदान बाहिरको एउटै घटनाको उनको तिव्र आलोचना र विरोध भएको छ ।

चितवनको क्याम्पचौर देखि मिहिनेत गरेर आईपीएलसम्म पुग्दै नेपालको कप्तानी समेत गरेका सन्दीपको सबै उपलब्धी अहिले छायामा परेको छ ।

सन् २०१६ जनवरीमा बंगलादेशमा भएको यू-१९ क्रिकेट विश्वकपमा ह्याट्रिक विकेद लिँदै सन्दीपले सनसनी मच्चाएका थिए । त्यसपछि उनी र अष्ट्रेलियन महान बलर शेन वार्नसँग सन्दीपको तुलना भएको थियो ।  

त्यही वर्ष मार्चमा कीर्तिपुरम मैदानमा नामिबया विरुद्ध खेल्दै सन्दीपले नेपालको सिनियर टिमबाट डेब्यु गरेका थिए । त्यसयता उनले पछाडी फर्केर हेर्नुपरेको छैन । सन् २०१८ मा नेपालको पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) देशको मान्यता पाएपछि उनले त्यही वर्ष टी२०आई र ओडिआईमा डेब्यु गरे । उनले ३० ओडिआईमा ६९ र ४४ टी२०आईमा ८५ विकेट लिइसकेका छन् । सन् २०१९ मा नेपालका लागि फस्ट क्लास क्रिकेट समेत खेले । उनले सबैखाले फर्म्याटमा गरी अहिलेसम्म ३०८ विकेट लिइसकेका छन् भने नेपाली टिमबाट दुई सय भन्दा बढी विकेट लिइसकेका छन् ।

फ्रेन्चाइज क्रिकेट खेलेर करौडो रकम कमाइसकेका छन् । काठमाडौंमा करौडौँको घर छ । क्रिकेटर भएरै लाखौँ पर्ने कार चढेकै छन् । तर यो सबै हुँदा हुँदै पनि अहिले उनलाई एउटा आरोपले उनको ‘लाइफ ड्यामेज’ जस्तै बनेको छ ।

नेपाल टी२० लिग बारे सम्पूर्ण जानकारी

काठमाडौं, २३ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आफै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी २० लिग आयोजना गर्न लागेको छ ।

इन्डियन प्रिमियर लिग जस्तै विश्वमा चर्चित फ्रेन्चाइज लिग बनाउने योजनामा रहेको क्यानले नेपाल टी २० लिगलाई नेपालको एक मात्र आधिकारिक लिग भनेको छ र यसलाई ‘ड्रिम भेन्चर’ मानेको छ ।

लामो समयदेखि आफ्नै फ्रेन्चाइज लिग गर्ने कसरतमा रहेको क्यानले गत जेठमा आधिकारिक रुपमा नेपाल टी २० लिगको घोषणा गरेको हो ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई स्ट्राटेजिक एण्ड कमर्सियल पार्टनरको राइट्स दिएपछि विभिन्न खालका आलोचना भएपनि क्यानले अहिले लिग गर्ने संघारमा आइपुगेको छ । क्यानले ८ वर्षका लागि करिब ३३ करवोडमा सेभेन थ्री लाई यसको अधिकारी दिएको छ । जसमा सेभेन थ्री ले मार्केटिङ ब्राण्डिङ गर्नेदेखि विभिन्न विषय समावेश छ ।

क्यानले लिगमा सहभागि ६ वटै टिमको नाम घोषणा गरिसकेको छ । नेपालको महान चाड बडादशैँको बेलामै क्रिकेटको पनि यो ठूलो लिग हुनेछ ।

कहिले हुनेछ नेपाल टी २० लिग?

नेपाल टी २० लिगको पहिलो संस्करण २०७९ असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । यसको आयोजक क्यान हुनेछ भने बाँकी अधिकार सेभेन थ्री स्पोर्ट्ससँग हुनेछ ।

कती टिमले खेल्नेछन् ?

पहिलो संस्करणमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । क्यान र सेभेन थ्री स्पोर्ट्सको सम्झौता अनुसार आउने संस्करणमा टिमसंख्या बढ्न सक्नेछ ।

कुन कुन टिमले खेल्नेछन्?

पहिलो संस्करणमा कूल ६ टिम हुनेछन् । जसमा विराटनगर सुपर किंग्स, जनकपुर रोएल्स, कान्तिपुर क्यापिटल्स, पोखरा एभेन्जर्स, लुम्बिली अल स्टार र फारवेस्टर्न युनाइटेड छन् ।

नेपालका ६ प्रदेशका ६ शहरलाई प्रतिनिधित्व हुनेगरी टिम निर्माण गरिएको छ ।

जसमध्ये दुई टिम भारतीय कम्पनीको स्वामित्वमा छ भने एक टिम युकेमा रहेको कम्पनीको स्वामित्वमा छ । यस्तै अमेरिकामा रहेका पूर्व नेपाली क्रिकेटरहरुको टिमले एक टिम लिएको छ भने बाँकी दुई टिमको मालिक नेपालकै छन् ।

टिममा कति जना हुनेछन्?

एक टिममा कूल १६ जना खेलाडी छन् । जसमा ११ नेपाली र ५ विदेशी खेलाडी हुनेछन् । नेपाली खेलाडीको तीन क्याटेगोरी हुनेछ ।

खेलाडीको मूल्य कति हुनेछ?

क्याटेगोरी ए मा रहेका खेलाडीले १५ लाख, क्याटेगोरी बी मा रहेकोले १० लाख र क्याटेगोरी सी मा रहेकोले ५ लाख पाउनेछन् ।

अक्सन हुनेछ कि ड्राफ्ट?

नेपालमा यसअघि भएका अन्य फ्रेन्चाइज लिगको अक्सनमार्फत खेलाडी अनुबन्ध गरिएको थियो । नेपाल टी २० लिगका लागि क्यानले ड्राफ्टबाट खेलाडी छनोट गर्ने जनाएको छ ।

ड्राप्ट कसरी हुन्छ?

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय गभर्निङ काउन्सिल निर्माण गरिएको छ । अहिलेसम्म ड्राफ्टको यही मापदण्ड भनेर सार्वजनिक भएको छैन । ड्राफ्टका लागि क्यानले नेपाली र विदेशी खेलाडीको लागि छुट्टा छुट्टै खेलाडी दर्ता गराएको थियो । जसमा नेपाली एक हजार हाराहारी र विदेशी तीन सय भन्दा बढीले नाम दर्ता गरेका छन् ।

६ टिमले नेपाली खेलाडी ११-११ जना लिनेछन् । जसबाट नेपालका उत्कृष्ट ६६ खेलाडी मात्र लिगका लागि छनोट हुनेछन् । यस्तै विदेशी ५-५ गरी कूल ३० खेलाडी अनुबन्ध हुनेछन् ।

हरेक टिमले क्याटेगोरी ए बाट एक जना अनुबन्ध गर्न पाउनेछन् भने क्याटेगोरी बी बाट चार र क्याटेगोरी सी बाट ६ खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

एक फ्रेन्चाइजले नेपाली टिमका लागि मात्रै ८५ करोड खर्च गर्नेछ ।

क्यानले प्लेइङ ११ मा नेपाली कति र विदेशी खेलाडी कति हुने भनेर सार्वजनिक गरिसकेको छैन ।