फिस्स हाँस्ने केटोको कीर्तिमानी १०० गोल

काठमाडौं : फिस्स हाँस्ने उनको बानी तर लिगमा गोलको कीरतिमानी । सन्तोष साहुखलको परिचय यतिमा मात्र त पक्कै सिमित हुँदैन । पछिल्लो समय जापानमा बस्न थालेपछि उनी फेरिएका छन् ।

उनै सन्तोषले बुधबार नेपाली ए डिभिजन लिग इतिहासमा सय गोलको कोसेढुंगा पार गरे । नेपालको आधुनिक लिगमा सय गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा सन्तोषले दुई गोल गरे । तर उनको टि च्यासल युथ क्लबले नेपाल पुलिस क्लबसंग २-२ को बराबरी खेल्दै अंक बाँड्यो । दुवै पटक पछि पर्दा सन्तोषले नै बराबरी गोल फर्काए ।

नेपाली फुटबल इतिहासमा अब सन्तोषको नाम लिगमा कीर्तिमानी गोलकर्ता अनी सय गोल गर्ने पहिलो खेलाडी भने रपनि लेखिनेछ ।

हाल जापनमा बस्ने सन्तोष लिगअघि मात्र नेपाल आएका हुन् । गत सिजन च्यासलबाट ६ खेल खेलेर ३ गोल गरेका उनी बीचमै जापान फर्किए । यस सिजन पूरा खेल खेल्नेगरी आएका उनी च्यासलका कप्तान समेत बनेका छन् । शुरुवाती दुई खेलमा ३ गोल गर्दै लिगमा गोल संख्या ९९ पुर्‍याएपछि धेरैको आशा थियो सन्तोषले तेस्रो खेलमै गोल गर्दै सय गोल पूरा गर्नेछन् । तर उनले तेस्रो र चौथो खेलमा गोल गर्न सकेनन् । दुई खेलको प्रतिक्षापछि पाँचौ खेलमा गोल गर्दै कीर्तिमान बनाए । ९९ गोल पुगेपछिको कुराकानीमा सन्तोषले आफूले सय गोल बारे खासै ध्यान नदिएको तर यस सलिगमा १५-१६ गोल गर्ने सोच रहेको बताएका थिए । सय गोल पुग्यो भनेपनि साधारण सेलेब्रेसन गर्ने बताएका थिए । उनको सयौँ गोल हेर्न नेपाली फुटबलदर्शकले केही समय कुर्नुपर्‍यो । तर उनले केही ढिला भएपनि कीर्तिमान बनाएरै छाडे ।

विस २०६० सालमा थ्री स्टारबाट खेल्दै लिगमा डेब्यु गरेका सन्तोषले त्यही सिजन संकटा क्लब विरुद्ध लिगको डेब्यु गोल गरेका थिए ।

उनले १६ वर्षपछि सय गोलको उपलब्धी हासिल गरे । सन्तोषले संकटा विरुद्ध पहिलो गोल जुन पोष्टमा गरेका थिए त्यही उत्तरतर्फको पोष्टमा बिहीबार १००औं लिग गोल गरे। अनी सन्तोषले लिगमा जुन गोलकिपलाई पहिलो गोल गरेका थिए तिनै उज्जल मानन्धर सन्तोषले सयौँ गोल गर्दा दर्शक बनेर हेरिरहेका थिए । सन्तोषले गोल गरेपछि उनले त्यो पहिलो गोल सम्झिएँ । कहाँबाट कसरी हाने भनेर वर्णय गर्दै थिए ।

सन्तोषले पहिलो गोल उज्जललाई हाने भने सयौँ गोल पुलिसका गोलकिपर शत्रुघन कुमार चौधरीलाई हाने । सयौँ र एक सय १औं नै चौधरी विरुद्ध भयो । लिगमा सन्तोषले १०१ गोल गरिसकेका छन् ।

नेपाली लिग इतिहासमा अब सन्तोष सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यो एउटा कीर्तिमान बनिसकेको छ । इतिहास पनि । अब आउने नयाँ पुस्तालाई समेत यो उपल्बधी पछ्याउन गाह्रो छ । अहिले खेलिरहेका खेलाडीले त्यो उपलब्धी भेट्टाउन सायद मुस्किलै होला । उनै सन्तोष पनियो काम हुन निरन्तर लिग हुनुपर्ने बताउँछन् । तर यसले नयाँ खेलाडीलाई मोटिभेट गरोस् र आफ्नो रेकर्ड ब्रेक होस् भन्ने उनको चाहना भने छ ।

सन्तोषले सयौँ गोल गरेपछि जापानिस शैलीमा गोलको खुशी मनाए । तर खेलपछि भने सय गोलमा आफ्नो खासै ध्यान नभएको बताए । सय गोलको फिलिङ कस्तो होला भने रसञ्चारकर्मीले बारम्मबार प्रश्न गर्दा पनि नले पुरानै शैलीमा फिस्ट हाँसे र नर्मल भनेर टारिदिए ।

पुलिस विरुद्ध दुई गोल गरेपछि सन्तोष यस सिजन लिगमा धेरै गोल गर्नेमा अगाडि छन् । सन्तोषको ५ गोल छ । च्यासल विरुद्ध एक गोल गरेका पुलिसका सुमन लामाको ४ गोल छ र उनी सन्तोषलाई पछ्याइरहेका छन् ।

अधिकांश समय थ्री स्टारमै बिताएका सन्तोषले लिगमा थ्री स्टारका लागि मात्रै ७१ गोल गरेका छन् । यस्तै मनाङ मर्स्याङ्दीका लागि १६ र एपीएफका लागि ६ गोल गरका छन् । दुवै क्बलमा उनले एक-एक सिजन खेलेका थिए । च्यासलबाट भने गत सिजनसहित ८ गोल गरेका छन् ।  

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा उनै सन्तोषले राखेको धारणा उनकै शब्दमा:

सय गोल भन्दा पनि आफ्नो टिमलाई कसरी जिताउने सोचिरहेको थिएँ । त्यो सय गोललाई मैद्ये त्यति महत्वमा राखेको थिएन । टिमलाई कसरी जिताउने टिमलाई कसरी माथि पुर्‍याउने भन्ने नै सोचेको थिएँ । प्रेसर तयस्तो खासै केही थिएन । टिममा केही नमिलेर भएकर पछिल्लो दुई खेलमा गोल भएन । १०० भन्दा ५० गोल गर्दा उत्सहित भाथेँ । सय गोललाई खासै केही लागेको छैन । नयाँ अब आउने खेलाडीहरुको लागि यसलाई अझै तोडेर मोटिभेसन हुन्छ । च्यासल टिमला२ कसरी माथि पुर्‍याउँ भन्ने नै छ ।

लिग निरन्तर भयो भने कुनै न कुनै टिमले चाँही सय गोल पुर्‍याउन सक्छ जस्तो लाग्छ । बिहान उठ्दा पनि टिमलाई कसरी जिताउने र के गर्दा जितछ भने रसोचेको थिएँ । आज गेम सकिकँदा ला ड्र भयो जित्न पर्ने जस्तो लाग्यो । अब अर्को खेल कसरी राम्रो खेल्ने भन्ने त्यो महत्वपूर्ण थियो । प्रेसर थिएन ।

सय पुगेको रहेछ भन्ने नै भयो ।

मलाई मोटिभेट गरेको सुरेन्द्र दाईहरुले हो । दाईको ५० गोल पुग्दा म पनि त्यो पुर्‍याउछु भन्ने थियो । त्यसपछि के त भन्ने थियो । १०० गोल पुर्‍याउनु भन्न भयो । यसै सिजन लिगको दोस्रो खेलमा मछिन्द्रसंग गरेको गोल मेरो बेस्ट गोल हो ।

मेरो सेड्युल मिल्यो भने र राष्ट्रिय टिमबाट बोलायो भने राष्ट्रिय टिममा पनि फर्किन सक्छु ।

राष्ट्रिय टिमबाट धेरै खेल्न पाएन भन्ने लाग्थ्यो । लिगमा धेरै गोल गर्दा पनि राष्ट्रिय टिममा खेल्न पाउँथेन ।

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: