कसले जित्ला आईपिएल – शाहरुखको कोलकत्ता की प्रीतीको पञ्जाव

फाइनल अघि पञ्जावका कप्तान जर्ज वेली र कोलकत्ताका कप्तान गौतम गम्भिर ट्रफीका साथ
फाइनल अघि पञ्जावका कप्तान जर्ज वेली र कोलकत्ताका कप्तान गौतम गम्भिर ट्रफीका साथ

यस पालीको इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा एउटा अनौठो संयोग जोडिएको छ । फाइनल पुगेका दुवै टोली बलिउड हस्तीहरुको स्वामित्वमा रहेका टिम हुन् । कोलकत्ता नाइट राइडर्स किंग खान शाहरुखको टोली हो भने किंग्स एलेभेन पञ्जाव बलिउडकी सुन्दरी नायिका प्रिती जिन्टाको हो ।

आज राती ८ बजेपछि बैंगलोरको चिन्नास्वामी स्टेडिएममा हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

आईपिएलको इतिहासमै समुह चरणमा उत्कृष्ट प्रदर्शन गरेको पञ्जाव फाइनलमा पुग्न भने दोस्रो क्वालिफाएरको साहारा लिनुपर्यो । समुह चरणका १४ मध्ये ११ खेलमा जित हात पारेको पञ्जाव शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । यता कोलकत्ता भने समुह चरणका पछिल्ला ७ खेलमा लगातार जित हात पार्दै दोस्रो भई क्वालिफाएरमा पुगेको हो । पहिलो क्वालिफाएरमा पञ्जावलाई दोस्रो स्थानको कोलकत्ताले २८ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । यता पञ्जावले भने फाइनलका लागी अर्को मौका पाएको थियो । जसमा इलिमिनेसन खेलमा मुम्बई इन्डियन्स हराउँदै क्वालिफाएरमा पुगेको चेन्नाई सुपर किंगसलाई पराजित गर्दै पञ्जाव फाइनलमा पुगेको हो । रोमाञ्चक खेलमा चेन्नाईलाई २४ रनले पराजित गर्दै पञ्जावले फाइनलमा कोलकत्ता संगको भिडन्त पक्का गरेको हो ।

जारी आईपिएलको तिन भेटमा कोलकत्ताले पञ्जावलाई २ पटक पराजित गरिसकेको छ भने एकमा पञ्जावले सफलता हात पारेको थियो । समुह चरणमा पञ्जावलाई हराउने दुई टोली मध्ये कोलकत्ता पनि एक हो । पञ्जावलाई समुह चरणमा मुम्बईले दुई चोटी पराजित गरेको थियो भने कोलकत्ताले एक पटक । यस्तै कोलकत्ताले अर्को विजय भने पहिलो क्वालिफाएरमा हात पारेको थियो ।

सातौँ संस्करणको आईपिएल सम्म आईपुग्दा पञ्जावले इतिहासमा पहिलो पटक फाइनल सम्मको यात्रा तय गरेको हो । कोलकत्ताको भने यो दोस्रो फाइनल यात्रा हो । यसअघि सन् २०१२ को फाइनल खेलेको कोलकत्ताले तत्कालिन च्याम्पियन चेन्न्नाईलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।
आईपिएलमा अहिलेसम्म ५ टोलीले उपाधि जितिसकेका छन् । चेन्नाईले दुई पटक (सन् २०१० र ११), राजस्थान रोयल्स एकपटक (सन् २००८), डेकन चार्जस (सन् २००९), कोलकत्ता एक पटक (सन् २०१२) र मुुम्बई एकपटक (सन् २०१३) जितेका छन् । यो संस्करणको फाइनल जिते कोलकत्ता चेन्नाईसंगै सर्वाधिक २ पटक आईपिएल जित्ने टोली बन्नेछ भने पञ्जावले जिते आईपिएलले नयाँ विजेता पाउँनेछ ।

saharukh-khan-preity-zinta

यता बलिउड नगरीमा संग संगै देखा पर्ने शाहरुख र प्रिती भने आईपिएलमा सँधै प्रतिद्धन्दीको रुपमा देखा पर्ने गछन् । १६वर्ष अघि दिल से मा पहिलो पटक संगैसंगै काम गरेका शाहरुख प्रितीबिचको चलचित्र यात्रा सुखद रहे पनि आईपिएलको फाइनलमा भने पहिलोपटक प्रतिद्धन्दीको रुपमा देखिन लागेका हुन् । शाहरुख प्रीतिले ‘दिल से’ सहित ‘कल हो ना हो’, ‘वीर जारा’, ‘कभी अलविदा ना कहेना’मा सँगै काम गरेका छन् ।

महंगा खेलाडीहरु लिएर मैदानमा उत्रिएका यी दुईमध्ये कसले यो पटकको लिगमा बाजी मार्ने हो त्यो भने प्रतीष्ठाको विषय बनेको छ ।

 

फाइनल उत्कृष्ट ब्याटिङ विरुद्ध उत्कृष्ट बलिङ
Sunil Narine, who will play this match at a considerable personal cost, will hope to better his last two displays against Kings XI Punjab © BCCIयस पटकको फाइनल खेललाई उत्कृष्ट ब्याटिङ विरुद्ध उत्कृष्ट बलिङको फाइनल पनि भनिएको छ । पञ्जाव जारी आईपिएलकै सबैभन्दा उत्कृष्ट ब्याटिङ भएको टोली हो भने कोलकत्ता सबैभन्दा उत्कृष्ट बलिङ भएको टोली हो । पञ्जावले यस सिजन ४ खेलमा २ सय भन्दा बढी रन बनाएको छ । पञ्जाव बाहेक २ सय भन्दा बढी रन बनाउने टोली चेन्नाई र सनराइजर्स हैदारावाद मात्र हो । समुह चरणमा सबैभन्दा धेरै रन पञ्जावले बनाएको थियो ।

ग्लेन म्याक्सवेल, डेविड मिलर, जर्ज वेली, विरेन्द्र सेहवाग जस्ता ब्याट्सम्यानले पञ्जावको ब्याटिङ लाइन सम्हाल्नेछन् । ग्लेन म्याक्सवेलले जारी आईपियलमा कुल ५५२ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा तेस्रो स्थानमा छन् । सर्वाधिक रन बनाउने खेलाडीको पहिलो स्थानमा भने कोलकत्ताका रोविन उथापा (६६५ रन) छन् । ५५६रन बनाए चेन्नाईका ड्वाने स्मिथ दोस्रो स्थानमा छन् । ५२८ रन बनाएका पञ्जावकै डेविड मिलर चौथो स्थानमा छन भने ४४८ रन बनाएका विरेन्द्र सेहवाग छैटौ स्थानमा छन् ।
यता कोलकत्ता भने उत्कृष्ट बलिङ गर्ने टोलीको रुपमा परिचित छ । कोलकत्ता संग सुनिल नारिन जस्ता विश्वकै उत्कृष्ट स्पिनर छ जसको बल फेस गर्न जस्तोसुकै ब्याट्सम्यानलाई पनि हम्मे हम्मे पर्ने गर्छ । प्रतियोगितामा २० विकेट लिएका नारिनलाई पियुष चावला (१२ विकेट) र शकिब अह हशन (११) ले स्पिनरमा साथ दिँदै आएका छन् भने मोर्ने मोर्केल (१२ विकेटल) ले पेस बलिङको नेतृत्व गर्नेछन् । उनलाई उमेश यादव (१० विकेट) र विनय कुमार (७ विकेट) ले साथ दिनेछन् ।

नारिन सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहेका चेन्नाईका मोहित शर्माले सर्वाधिक २३ विकेट लिएका छन् । चेन्नाई बाहिरिइसकेकोले नारिनलाई सर्वाधिक विकेट लिँदै पर्पल क्याव हात पार्ने मौका पनि रहेको छ । उनी वेष्ट इन्डिजको टेष्ट टिम छाड्दै आईपिएलको फाइनल खेल्न तयार भएका हुन् ।

 

प्रस्तुती गोविन्द राज नेपाल

क्रिकेटलाई किन यस्तो वेवास्ता ?

क्रिकेट पछिल्लो एक वर्ष नेपालमा निकै चर्चित खेल बनेको छ । यस बिचमा नेपालले डिभिजन थ्री को उपाधि जित्ने देखि लिएर टी ट्वेन्टी वल्र्डपका छनोट हुँदै बंगलादेशमा सम्पन्न भएको छोटो संस्करणको वल्र्ड कपमा उत्कृष्ट प्रदर्शन सम्मको यात्रा तय गर्यो । त्यतीमात्र होइन सारा विश्वको मन जित्दै ध्यान आफुतिर तान्न समेत सफल भयो । भर्खरै मात्र मलेसियामा सम्पन्न भएको एसीसी प्रिमियर लिग क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपाल यसै वर्षको डिसेम्बरमा युएईमा हुने दुईदिवसिय एसीसी च्याम्पियनसिपमा छनोट हुँदै घर फर्केको छ ।

10153101_699101563465311_6339256150268181753_n (1)प्रतियोगितामा थोरै निराशा र धेरै सम्भावना आत्मसाथ गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली हिजो बुधबार नेपाल फर्केको हो । जव नेपाली टोलीले विदेशमा उत्कृष्ट प्रदशन गर्छ तव नेपालका दर्शकहरु तातिन्छन् र क्रिकेटका हिरोहरुलाई स्वागत गर्न एअरपोर्ट सम्म पुग्ने गर्थे । तर बुधबार के भयो न क्रिकेट दर्शक न त क्यान पदाधिकारी नै एअरपोर्ट पुगे ?क्रिकेट टोली फर्केको समाचार पत्रपत्रिका बाट मात्रै थाहा पाइयो ।

तेती मात्र होइन क्रिकेट संघका पदाधिकारी पनि खेलाडीले आफ्नो र देशको नाम उचो राख्देकोमा गर्व गर्दै सम्मान सहितको स्वागत गर्न एअरपोर्ट पुग्छन् । अनी बाजा बजाएर विजय जुलुस लगाउँदै नगर परिक्रमा गराउँछन् । तर जव नेपालले केहि खेलमा हारेर घर फर्किन्छ तव कसैलाई थाहा हुँदै नेपाली क्रिकेट टोली कहिले फर्कँदैछ, कहिले फर्कन्छन् । एअरपोर्टमा पनि खेलाडी आएको हो की साधारण मानिस आएको हो पत्तै हुदैन । क्रिकेटलाई समर्थन गर्ने फ्यान भनाउँदाहरु पनि यतीखेर चुप लागेर बसेका छन् । के जित्नु मात्रै खेल हो । मलेसियामा नेपालले हारेको त होइन नी ।

३१ सदससिय जम्बो टोली रहेको क्रिकेटको सर्वोच्च निकाय क्यान समेत लाचार बनेर हेरिरह्यो नेपाली टोली फर्केको । लाज पचाउनको लागी मात्रै क्यानका सदस्य सन्जिव पाण्डे एअरपोर्टसम्म पुगे खेलाडीलाई लिन तर त्यसको खासै नै के अर्थ रह्यो र उनी त क्यानका एन्टी हुन् । प्रतियोगिता हुन भन्दा अघि पनि क्यानले प्रशिक्षक पुवुदु दासानायकेलाई ३ महिनाको मात्र करार अवधी नविकरण गर्दा त्यसको विरोध गर्ने पाण्डे मात्रै एक्ला पदाधिकारी थिए भने त्यो आधिकारिक निर्णय नभएको पनि जानकारी दिएका थिए ।

विश्वस्त सुत्रका अनुसार क्यानका केहि पदाधिकारीहरु नै प्रशिक्षकको करारा नबढाउने तयारीमा जुटेका छन् भन्ने सुन्नमा आएको छ भने खेलाडीहरुको मनोबलमा पनि गिर खेल्ने काम गरेका छन् । बंगलादेशमा वल्र्ड कप खेलेर आएपछि क्यानको विरोध गर्दै खेलाडीहरुले राष्ट्रिय स्तरको एकदिवसिय प्रतियोगिता नखेल्ने निर्णय गरेका थिए । उनीहरुले क्यानको पारदर्शिता र आफुहरुले पाउनु पर्ने तलब र भत्ताको माग राख्दै क्यान विरुद्ध आन्दोलन जारी गरेका थिए । पछि उच्च स्तरिय समिती बनाउँदै समस्याको हल गर्ने भनेपछि विवाद साम्य भएको थियो ।

फेरी एकपटक जब प्रशिक्षकको करार तिन महिना मात्र थप्ने क्यानको निर्यय सार्वजनिक भएपछि खेलाडीहरु निराश हुँदै मलेसिया गएका थिए । कप्तान पारसले प्रशिक्षकलाई हटाउने षढ्यन्त्र भएको भन्दै क्यानको आलेचना समेत गरे ।

खेलाडीले सक्दो गरेका छन् र गरिरहेका पनि छन् । अझ भन्ने हो भने त सक्ने भन्दा पनि बढी । बंगलादेशमा वल्र्डकप चलिरहँदा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका क्रिकेटका उच्च व्यक्ति हरुको जिज्ञासामा नेपालमा एउटा मात्र क्रिकेट मैदान भएको कुरा सुन्दा अचम्म परेका थिए । उनीहरु एउटा मात्र क्रिकेट मैदान भएको मुलुकका खेलाडीले कसरी यस्तो प्रदर्शन गर्यो भन्दै छक्क परेका थिए ।

नेपालमा एउटा मात्र क्रिकेट खेल्ने मैदान छ त्यो पनि विश्वविद्यालयको मैदान अझ भन्दा त्यो अन्तराष्ट्रिय स्तरको रंगशाला होइन मैदान मात्र हो ।

क्रिकेट खेलाडीहरुले आफ्नो क्षेत्र बाट यती गरिसक्दा पनि क्रिकेट पदाधिकारी, खेलकुदका विभिन्न निकाय र नेपाल सरकार मौन जस्तै देखिन्छ । अझ क्रिकेट संघ क्यानका केहि पदाधिकारीहरु त हामिले गर्दा नै यो सब उपलब्धी भएको भन्दै गर्व गरिरहेका छन् । उनीहरु भन्छन् खेलाडीले त खेलेका मात्र हुन् बाँकी सब हाम्रो । नेपाली क्रिकेट पदाधिकारीहरु कति सम्म छन् भने प्रतियोगिताको दौरानमा विदेशमा मस्त खर्च गर्दै घुम्ने अनी खेलाडीलाई तलव भत्ता दिने वेलामा अनकनाउने यो कस्तो चाला हो ।

कप्तान पारसले जहिल्यै भन्ने गरेका छन् यो त शुरुवात मात्र हो गर्न त धेरै बाँकी छ निश्चय नै एउटा मात्र ठुलो प्रतियोगिता खेलेर केहि हुँदैन निरन्तर रुपमा विश्व स्तरिय प्रतियोगिता खेल्ने वातावरण नेपाली खेलाडीले पाउँनुपर्छ किनकी नेपाली क्रिकेट खेलाडी त्यसका लायक छन् । टिम गेममा नेपालले वल्र्डकप खेलेको नै क्रिकेट हो । यसअघि नै यु १९ प्रतियोगितामा वल्र्ड कप क्रिकेट खेलेको नेपाल प्लेट च्याम्पियन बनेको कुरा इतिहास हुने बेला भइसक्यो ।

यी सबै पक्ष लाई मनन गर्दै क्यानले खेलाडीको विकास र भविष्यको लागी सक्दो प्रयास गर्नुपर्छ । क्रिकेट खेलको विकास गर्न उचित भौतिक पुर्वाधार स्रोत साधनको व्यवस्था गर्नुपर्छ । यस्तै सरकारले पनि क्रिकेट खेलको लागी के कस्तो पहल कदमी चाल अगाडी बडाउने हो त्यस किसिमको कार्यहरु तुरन्तै गर्नूपर्छ । अनि क्यान आफैँ चाहि पारदर्शि ढंगबाट अगाडी बढ्नुु जरुरी छ । खेलाडीलाई खेलेरै बाँच्ने आधार तयार गर्दै समयमै तलव भत्ता र आवश्य सामाग्रीहरु प्रदान गनुपर्छ ।

गोविन्द राज नेपाल

नेपाली क्रिकेट – अबको बाटो

गोविन्द राज नेपाल,
नेपालमा पछिल्लो समय सबैभन्दा चर्चित विषय केही छ भने त्यो क्रिकेट नै हो । संविधान सभा चुनाव–२ लगत्तै युएईमा भएको टी ट्वेन्टी वल्र्ड कप छनौट प्रतियोगिता, यसमा नेपालले हात पारेको सफलता, नेपालको उत्कृष्ट प्रदर्शन, त्यसपछि नेपालमा भएको स्वागत सम्मान पुरस्कार बधाईका कार्यक्रम र भर्खरै सम्पन्न भएको एक दिवसिय जर्नी टु वल्र्ड कप प्रतियोगिता ।  इतिहासमै पहिलो पल्ट नेपाल टी ट्वेन्टी विश्व कप क्रिकेटको लागी छनौट भएको छ । विश्वमा अब नेपालको नयाँ परिचय थपिएको छ । यस अघि सगरमाथा र गौतम बुद्धको देशले चिनिने नेपाल अब क्रिकेट खेल्ने देशको रुपमा पनि चिनिने छ र यसमा सारा नेपालीले गर्व गर्नेछ । दुई समुहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा नेपाल समुहमा तेस्रो भएको थियो । समुहमा पहिलो हुने टोली सिधै विश्वकपमा छनौछ हुने र बाँकी उत्कृष्ट चार टोलीले अर्को चरणमा प्रतिस्पर्धा गर्नुपर्ने थियो । आफ्नो समुहबाट तेस्रो भएको नेपालले छनौट खेलमा अर्को समुहमा दोस्रो भएको हङकङलाई अन्तिम बलमा पराजित गर्दै अर्को वर्ष बङगलादेशमा हुने विश्व कप मा छनौट हुन सफल भएको हो । नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको थियो । अन्तिम ओभरमा १३ रन चाहिएको स्थितिमा नेपाललाई वल्र्ड कपको बाटोसम्म पु¥याउने काम गरेका शरद भेष्वाकरले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै नेपालको लक्ष्य सहज बनाएका थिए । तेस्रो बलमा एक रन लिएका शरदले छैटौ बलमा विजयी रन बनाएका थिए ।

नेपालले जित हात पारेको प्रत्येक खेलमा कोही न कोहि खेलाडी चम्कीरहे तर समग्रमा यो जित भने सम्पुर्ण टोलिको नै जित हो । तिन खेलमा नायक बने शरद भेष्वाकर । उनले नेपाललाई अन्तिम ओभरमा जित दिलाए । यसपटक नेपालले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन ग¥यो । बलिङ र फिल्डिङमा पनि नेपालको प्रदर्शन राम्रै रह्यो । यसले के संकेत गर्छ भने यदि टिम भावनामा रहेर खेल खेल्ने हो भने असम्भव भन्ने कुरा केही नरहेको पनि प्रष्ट हुन्छ ।  प्रतियोगिता अवधिमै पनि विभिन्न विदेशी संचार माध्यमले नेपाली टिमका कप्तान पारस खड्का लाई वन म्यान आर्मीको रुपमा व्याख्या गरेका थिए तर उनले यसलाई अस्वीकार गर्दै आफु टिम भावनामा विश्वास राख्ने र टिमका सम्पुर्ण सदस्यको मेहनत र परिश्रमले नै यो सम्भव भएको बताए ।  यसरी टिममा एकजुट भएर प्रदर्शन गर्दा उत्कृष्ट नतिजा आउने यसले देखाएको छ । यस्तै नेपाली खेलाडिमा आतमविश्वास पनि बढेको पाइयो । पहिला सानो लक्ष्य पनि पछ्याउन नसक्ने नेपाल अहिले अन्तिम ओभरमा समेत खेल जित्न सक्ने भएको छ । खेलमा नआत्तीकन संयमित भएर प्रदर्शन गर्दा जस्तोसुकै नतिजालाई पनि  आफ्नो पक्षमा पार्न सकिन्छ ।
नेपाली राजनीतिलाई पनि यसले ठुलो पाठ सिकाएको ठान्ने नेपालीहरु पनि धेरै छन । राजनीतिमा पनि एक आर्कामा आग्रह पुर्वाग्रह नराखी एक आपसमा मिलेर गए गर्न नसकिने भन्ने कुरा केही नरहेको यसबाट पनि प्रष्ट हुन्छ ।

युएई बाट फकिए लगत्तै नेपालले एक दिन पनि विश्राम नगरी किर्तिपुरमा जर्नी टु वल्र्ड कप प्रतियोगिता खेल्यो । जसमा नेपाल सहित भारत बाट आएको क्लव एअर इन्डिया र डिल्लि वान्डरस तथा सिंगापुरको सहभागिता रहेको थियो । यसमा नेपाल उपविजेता भयो । नेपाली प्रशिक्षक पुवुदु दासानाएकेले यस प्रतियोगितामा नियमित टिममा परिवर्तन गर्दै केहि नया तथा पुराना खेलाडिहरुलाई खेलाएका थिए । उनले आगामी महिना न्युजिल्यनण्डमा हुने एकदिवसीय विश्व कप क्रिकेट छनौटका लागि सबै खेलाडी लाई प्रतियोगितामा खेल्ने अवसर दिएका थिए । यसबाट नै न्युजिल्याण्ड जाने टोलीको निर्धारण हुने सम्भावना रहेको छ । केहि थकान र आरामको अभावमा नेपालले सोचेजस्तो प्रदर्शन त गर्न सकेन तर केहि खेलाडिले आफ्नो प्रतिभा देखाउने र आफुमा भएको क्षमता निखार्ने अवसर भने पाए । यस प्रतियोगितामा नयाँ पेस वलर सोमपाल कामी र रामनरेह गिरीले आफुलाई निखार्ने मौका पाए । युवा खेलाडि नरेश बुढाएर र भेट्रान लेग स्पिनर राजकुमार प्रधानले पनि खेल्ने अवसर पाएका थिए ।  यस्तै चोटबाट मुक्त भएका अलराउन्डर पृथु बास्कोटाले पनि खेल्ने मौका पाएका थिए ।

भौतिक पुर्वाधारको खाँचो
नेपाल टी ट्वेन्टी विश्व कपमा छानिए लगत्तै विभिन्न बधाई, सम्मान र पुरस्कारको ओइरो नै लाग्यो । राष्ट्रिय खेलकुुद परिषद्को सिफारिसमा सरकारले नेपाली खेलाडिलाई जनही १० लाख दिने निर्णय ग¥यो । क्यानले पनि एक लाख पुरस्कारको घोषण गर्यो । यस्तै विभिन्न निजी संघ संस्थाहरुले पनि सरप्राइज पुरस्कारको घोषण गरेका छन् । पुरस्कारले खेलाडीलाई अझ बढी खेल्न हौसला र प्रेरणा दिन्छ । खेलाडिको मेहनत, टिम भावना, लगातारको प्रशिक्षण र समर्थनको माया र हौसलाले यहासम्म आइपुगेको नेपाली क्रिकेटलाई अब उचित लगानी, भौतिक पुर्वाधार, उचित प्रशिक्षण र फिटनेसको खाँचो छ । तर अब यतिले मात्र पुग्दैन खेल्नको लागि उपयुक्त मैदान, प्रशिक्षण गर्ने इनडोर मैदानहरुको बढीभन्दा बढी खाँचो रहेको छ । आवश्यक उचित पुर्वाधारको व्यवस्था समयमै गर्नुपर्ने देखिन्छ । यस उपलब्धीलाई जोगाईराख्न नेपालले अझ बढी मेहनत गर्नुपर्छ । जसको लागी अझ राम्रो तयारी र पुर्वाधारको आवश्यकता छ । त्यसका लागि आजै बाट सम्बन्धीत पक्ष खेल निकाय र सरकारले केही गर्ने बेला आइसकेको छ ।

अबको नेपालको लक्ष्य भनेको एकदिवसय विश्वकपमा छनोट हुनु र बङगलादेशमा हुने टी ट्वेन्टी विश्वकपको पहिलो चरण पार गर्नु । यी दुवै नेपालको लागि सहज भने छैन तर असम्भव पनि छैन । एकदिवसिय विश्व कप छनोटमा नेपाले चिरपरिचित प्रतिद्धन्दी हरु संग खेल्दै छ । समुहमा नेपालसंगै युएई, हङकङ, स्कटल्याण्ड र क्यानडा रहेका छन । नेपाली प्रशिक्षक र कप्तानले पनि यसलाई सहज रुपमा लिएका छन । अब सवै नेपालीको एउटै लक्ष्य हुनेछ एकदिवसीय विश्वकपमा छनोट हुनु ।

यो लेख मंसिर २३ मा नेपाल जापान डट कममा प्रकाशित भएको थियो ।

Image

How to Become a Sports Journalist

 

  • Many sports fans dream of being a sports journalist — perhaps, covering the Lakers for the Los Angeles Times or saying “He could go all the way” on ESPN’s SportsCenter.
  • But it’s not as easy as it seems. And getting there is even more difficult.
  • Sports journalism requires both a passion for sports and a talent in communicating. Many people have one of those things, but few have both. And far fewer have the committment it takes to become a successful sports journalist.
  • Before you can become the next Chris Berman or Mitch Albom, you have to pay your dues. Most sports journalist start at tiny newspapers or small-market stations. Their first assignment isn’t covering the Philadelphia Phillies or Ohio State Buckeyes, but rather Little League baseball or high school football. And their starting salary may be only $20,000 to $30,000 annually.
  • Be careful what you wish for. If you do make it to the big time, your life becomes sports. When the pro baseball team you cover goes on a two-week road trip, that means you’re also away from home for two weeks.
  • When the season is going on, off days are rare. If the college or pro team you cover plays on Thanksgiving, New Year’s or July 4th, that means you’ll be working instead of enjoying the holiday like everyone else. Getting access to coaches and athletes becomes increasingly difficult. And everyone’s your critic. Sure, you’ll make more money, but you won’t have time to spend it.
  • Sports journalism may seem like a dream, but it’s also a job. And one that’s more demanding than many office jobs.
  • Still, surely Peter Gibbons from “Office Space” would agree that reporting on sports beats filling out a TPS report any day. And like that cult film, many people will watch or read your coverage and talk about it at the water cooler.

Hello world!

Welcome to WordPress.com. After you read this, you should delete and write your own post, with a new title above. Or hit Add New on the left (of the admin dashboard) to start a fresh post.

Here are some suggestions for your first post.

  1. You can find new ideas for what to blog about by reading the Daily Post.
  2. Add PressThis to your browser. It creates a new blog post for you about any interesting  page you read on the web.
  3. Make some changes to this page, and then hit preview on the right. You can always preview any post or edit it before you share it to the world.