ACC Premier Cup : ५०औं ओडिआई, सन्दीपको विश्व कीर्तिमान र कुशल मल्लको विष्फोटक शतक

GRN Sports

काठमाडौं । बैशाख ८, २०८० ।

शुक्रबार नेपाली क्रिकेटको लागि एक विशेष दिन बन्यो । एसिया कप खेल्ने लक्ष्यसहित घरेलु मैदानमा एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गरिरहेको नेपालले ओमान विरुद्ध गज्जबको प्रदर्शन गर्‍यो ।

ओडिआईमा आफ्नो ५०औं खेल, कुशल मल्लको विष्फोटक शतक अनी सन्दीप लामछानेको विश्व कीर्तिमानपछि ओमान विरुद्ध प्राप्त सानदार जित ।

कुशल मल्लले नेपालका लागि ओडिआईमा कीर्तिमानी शतक बनाउने देखि सन्दीप लामिछानेले कम खेलमा १०० विकेट लिने कीर्तिमान सम्म बन्यो । अनी नेपालले आफ्नो ओडिआई इतिहासमै सबैभन्दा ठूलो स्कोर ३१०-८ पनि बनायो । ३११ रनको लक्ष्य पछ्याएको ओमानलाई २२६ रनमा अलआउट गर्दै नेपालले ८४ रनको जित निकाल्दा धेरै अर्थमा उपलब्धि रह्यो ।

एकै खेलमा धेरै उपलब्धी हासिल गर्नु त्यो पनि आफ्नो ५०औं ओडिआई खेलमा अनी घरेलु समर्थकको अगाडि आफ्नै मैदानमा खेल्दा नेपाल अहिले अजय जस्तै देखिएको छ । नेपालले रन नजोड्दै २ विकेट गुमाएर (०-२) को अवस्थाबाट शानदार पुनरागमन गर्दै ३१० रन बनाउनु अर्को ठूलो उपलब्धि रह्यो । विश्वमै यस अवस्थाबाट ३१० रन बनाउने नेपाल पहिलो टिम बन्यो ।  

नेपालले यसअघि गत मार्थमा लिग टु मा पपुवा न्यु गिनी विरुद्ध २९७ रन बनाएको थियो । त्यसलाई पछि पार्दै यस पटक ठूलो स्कोर बनाएको हो ।

नेपालले जस्तो अवस्थामा पनि खेल जित्न सक्छ र कुनै पनि खेलाडीले खेल जिताउन सक्छन् भनेर प्रमाणित गरिसकेका छन् । विशेषगरी भारतीय प्रशिक्षक मोन्टी देसाईको आगमनपछि ह्याप्पी ड्रेसिङ रुम वान गेम एट ए टाइम अनी वान बल ब्याटल जस्ता मन्त्रका कारण अहिले नेपाली क्रिकेट टिम एकजुट भएर मैदानमा उत्रिरहेको छ र इतिहासकै उत्कृष्ट लयमा छ । जुन नेपालले क्रिकेट विश्वकप लिग टु को अन्तिम १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान बनाएर प्रमाणित गरिसकेको छ ।

त्यही लय नेपालले एसीसी प्रिमियर कपमा पनि जारी राख्दा समूह ए मा लगातार दुई खेल जित्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ ।

कीर्तिपुरस्थि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेरपछि पहिले ब्याटिङ गरेको नेपालको सुरुवात निकै खराब थियो । दुवै ओपनर गुमाउँदा कुनै रन जोड्न नसकेको नेपालले पहिलो रन जोड्न ४.४ ओभरम अर्थात २८ रन कुर्नुपरेको थियो ।

तर नेपालले घरेलु विकेटको कन्डिसन बुझेको थियो र त्यही अनुसार ब्याटिङ गर्दै चमत्कारी प्रदर्शन गर्‍यो ।

०-२, ७४-४ को अवस्थाबाट माथि उठाउन कुशल मल्लले ५९ बलमै सानदार शतक प्रहार गरे । उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै करियरको पहिलो शतक बनाए । कूल ६४ बल खेलेका कुशलले ९ चौका र १० छक्का प्रहार गरे । एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने नेपाली खेलाडी समेत बने । कुशल ओडिआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक प्रहार गरिसकेका छन् । सन् २०२० मा क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिका विरुद्ध डेब्यु गरेका कुशल मल्लले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरेका हुन् । उनी नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउनेमा सातौं स्थानमा छन्

१९ वर्षीय कुशलले पाँचौ विकेटका लागि  आरिफ शेखसँग ७५ रनको साझेदारी गरे । आरिफले ४३ बलमा २९ रन बनाए ।

त्यसअघि खराब सुरुवात गरेको नेपालको इनिङ्स भिम शार्की र कप्तान रोहित पौडेलले होल्ड गरेका थिए ।

भिम र कप्तान रोहितले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । रोहित ३४ बलमा २३ रन बनाए भने भिमले ५६ बलमा ३३ रन जोडे ।

कुशलले आउट हुनुअघि सातौं विकेटका लागि सोमपाल कामीसँग ४९ रनको साझेदारी गरे । कुशल आउट भएपछि सोमपालले इनिङ्स अघि बढाउदै अन्तिमसम्म ब्याटिङ गरे ।  ओडिआईमा दोस्रो अर्धशतक बनाएका सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए । सोमपालले करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।

ओमानका लागि आएन खानले २ विकेट लिए । बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंहले एक-एक विकेट लिए ।

सन्दीपको विश्व कीर्तिमान

नेपालले दिएको ठूलो लक्ष्य पछ्याउने क्रममा नेपाली बलरले ओमानी ब्याटरलाई सुरुमा सेटल हुन दिएनन् । ओमानको टप अर्डरलाई ध्वस्त पारेका लेगस्पीनर सन्दीप लामिछाने सबैभन्दा कम खेल अर्थात छिटो ओडिआईमा सय विकेट लिने विश्व कीर्तिमान बनाए ।

त्यसअई ललित राजवंशीले जतिन्दर सिंहलाई बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि सन्दीप लामिछाने चम्के । उनले आफूले बलिङ गरेको तेस्रो बलमै कश्यप खदिल शफिकलाई आउट गर्दै ओडिबईमा आफ्नो एक सय विकेट पूरा गरे । नेपालका लागि यस्तो उपलब्धी प्राप्त गर्ने पहिलो खेलाडी बनेका सन्दीपले रासिद खानलाई पछि पार्दै विश्व कीर्तिमान बनाए । सन्दीपले ४२ खेलमै १०० विकेट लिए र यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् ।

ओमानका कप्तान जिसान मक्सुद र कश्यप प्रजातीलाई पनि आउट गरेका सन्दीपले ३ विकेट लिए । त्यसका लागि ड ओभरमा ४५ रन खर्चिए ।

सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध ओडिआईमा डेब्यु गरेका सन्दीपको बेस्ट बलिङ फिगर ६/११ हो ।

५५ रनमै ४ विकेट गुमाएपछि ओमान पछि परेको थियो । आयान खान र मोहम्मद नदिमले ४४ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर दीपेन्द्र सिंह ऐरीले आयानलाई आउट गरे । त्यसपछि नदिमले सन्दिप गौडसँग छैटदं विकेटका लागि ०६ रनको साझेदारी गरे । तर दीपेन्द्रले नै ३२औं ओभरमा यो साझेदारी तोडेपनि ओमानको जित्ने सम्भावना लगभग सकिएको थियो ।

ओमानका लागि भेट्रान नदिमले ८४ बल खेल्दै ७ चौका र १ छक्कामा सर्वाधिक ६५ रन बनाए । गौडले ५६ बल खेल्दै ३ चौका र २ छक्का मदतमा ४६ रन बनाए । आयान खानले २९ र कश्यप प्रजापतिले २५ रन जोडे । फयाज बटले १९ रन बनाए ।

नेपालका सन्दीप बाहे करण केसीले पनि ३ विकेट लिने क्रममा ८.३ ओभरमा ६२ रन खर्चे । दीपेन्द्र सिंह ऐरीले ७ ओभरमा २९ रन खर्चेर २ तथा किफायती बलिङ गरेका ललित राजवंशीले ९ ओभरमा १ मेडन राख्दै २२ रन मात्र खर्चेर १ विकेट लिए ।

ब्याटिङमा चम्केका कुशल मल्ल र सोमपालले विकेट नलिएपनि बलिङमा राम्रो प्रदर्शन गरे । सोमपालले ८ ओभरमा ३७ र कुशलले ३ ओभरमा १४ रन खर्चिए ।

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: