नेपाली क्रिकेट : नयाँ वर्षको नयाँ मिसन ‘एसिया कप’

GRN Sports

४ बैशाख, काठमाडौं । २०७९ सालको अन्तिम दुई महिना नेपाली क्रिकेट अभुतपूर्ण प्रदर्शनले चर्चामा भयो । नेपाली क्रिकेटको यो उपलब्धि धेरै अर्थममा महत्वपूर्ण रह्यो र धेरे कथाहरु भने । यसको चर्चा धेरै पछिसम्म पनि भइरहनेछ ।

सिधा भन्ने हो भने नेपालको प्रदर्शन अविश्वसनिय नै रह्यो । एक पछि अर्को खेल जित्दै नेपालले मैदानमा सानदार प्रदर्शन गर्दे आफ्नो पक्षमा नतिजा पनि ल्यायो ।

आईसीसी क्रिकेट विश्वकप लिग टु मा अन्तिम १२ मध्ये ११ खेल जित्दै जिम्बावले हुने वान डे वर्ल्डकपको छनोटमा स्थान पक्का गर्‍यो । नेपाल त्यसअघि जुन परिस्थितीबाट थियो त्यसबाट माथि उठेर ओडिआई मान्यता समेत जोगाउन कठिन देखिएको थियो ।

तर मोन्टी देसाई प्रशिक्षकको रुपमा आएपछि नेपालले सनसनी प्रदर्शन नै गर्‍यो । ओडिआई मान्यता पनि जोगाएर टेष्ट राष्ट्रले खेल्ने विश्वकप छनोटमा स्थान बनायो । नेपालले आगामी असारमा जिम्बावेमा चार टेष्ट राष्ट्रसहित १० टोली सम्मिलिति विश्वकप छनोट खेल्नेछ । जसबाट शीर्ष दुई टिमले भारतमा हुने वान डे विश्वकप खेल्नेछ ।

यी भए अघिल्लो वर्षको उपलब्धी अनी अन्तर्राष्ट्रिय स्तरमा नेपालले अब गर्ने प्रतिस्पर्धा बारे ।

आज देखि नयाँ वर्ष २०८० सुरु भइसकेको छ । विश्वकप छनोट त नेपालले खेल्ने पक्का नै भइसकेको छ त्यसअघि नेपालले अर्को एउटा प्रतियोगिता खेल्दैछ । जहाँ बाट नेपालले एसिया कप खेल्ने लक्ष्य राखेको छ ।

१० टिम सहभागि प्रिमियर कप

नेपाली क्रिकेट टिम अहिले उत्कृष्ट लक्ष्यमा छ । त्यसैले नयाँ वर्षको पहिलो लक्ष्य एसिया कप क्रिकेटमा छनोट हुने नै हो ।

त्यसका लागि नेपालले घरेलु मैदानमा यही बैशाखमा एसीसी प्रिमियर कप खेल्दैछ । नेपालले सन् २०१३ पछि पहिलो पटक एसीसी प्रतियोगिता आयोजना गर्दैछ ।

त्यसैले यस पटक टिमको तयारीसँगै नेपालले दुई वटा मैदानको तयारी पनि राम्रो गरेको छ । मुलपानी क्रिकेट मैदानमा पनि पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुँदैछ ।

एसियाका पाच टेष्ट राष्ट्र बाहेक नेपालसहित १० उत्कृष्ट एसोसिएट टोलीले प्रिमियर कप खेल्दैछ । जसमा नेपालसहित ओमान र युएई ओडिआई मान्यता प्राप्त टिमको रुपमा छ ।

त्यसैले समूह चरणमा नेपाल र ओमानबीच हुने खेलको अन्तर्राष्ट्रिय मान्यता हुनेछ ।  टीयू मैदानमा हुने यस खेल नेपालको ५०औं ओडिआई खेल पनि हुनेछ ।

नेपाल ओमान र युएई एसिया कपमा पुग्ने होडमा हुनेछ । प्रिमियर लिग खेल्न लागेका १० मध्ये युएई र हङकङले मात्र यसअघि एसिया कप खेलेका छन् ।

हङकङले ४ र युएईले २ पटक एसिया कप खेलेको छ । नेपालले त्यो मौका पाएको छैन ।  नेपाल सन् २००० को दशकमा छनोट हुन सकेन । पछिल्लो पटक सन् २०१८ र २०२२ को एसिया कप छनवट खेलेपनि नेपाल छनोट हुन सकेन । २०२२ मा नेपाल मुख्य छनोटमा समेत पुग्न सकेन । त्यसअघि खेलिएको इस्टर्न रिजनबाटै बाहिरियो ।

एसीसी प्रिमियर कप २०२३ खेल्ने नेपाली टोली ।

इतिहास रच्ने अवसर

एसिया कप छनोटको इतिहासमा नेपाल सफल हुन सकेको छैन । त्यसैले यसपटक घरेलु मैदानमा नेपाललाई इतिहास रच्ने अवसर आएको छ । उत्कृष्ट प्रदर्शन गर्ने अनी पहिलो पटक एसिया कपमा छनोट हुने ।

प्रिमियर कप विजेता एसिया कपमा छनोट त हुने छ नै त्यसबाहेक अर्को ठूलो अवसर समेत पाउनेछ ।

एसिया कपमा भारत पाकिस्तानसहित पाँच टेष्ट राष्ट्र छन् । यदी छनोट भएमा उनीहरुसँग खेल्ने अवसर पाउनु नेपालको लागि ठूलो अवसर हुनेछ ।

हुनत नेपाल आगामी जुन जुलाईमा जिम्बावेमा विश्वकप छनोट खेल्दैछ । १० टिम सम्मिलित छनोटबाट चार टेष्ट टोली हुनेछन् । त्यसैले नेपालले कम्तीमा पनि दुई टेष्ट टोलीसँग समूह चरणमा खेल्ने पक्का छ । त्यसमा विश्व कप जितिसकेको श्रीलंका वा वेष्ट इन्डिज मध्ये एकसँग नेपालले खेल्ने लगभग पक्का छ ।

जसले गर्दा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय रुपमा ठूलो एक्सपोजर समेत पाउनेछ ।

नेपालल ओडिआई मान्यता भएपनि एसोसिएट टिमबाहेक टेष्टसँग खेल्न पाएको छैन । आईसीसीको १२ फुल मेम्बर टिम सँग बाइलाटरल सिरिज खेल्न पाएको छैन । पछिल्लो पटक टेष्ट राष्ट्र बनेको अफगानिस्तानसँग भने नेपालले धेरै पहिले खेलेको थियो ।

नेपालले अहिले खेलिरहेको मध्ये नेदरल्याण्ड्स र स्कटल्याण्ड नै सबैभन्दा ठूला टिम हुन् । अब जिम्बावे नेपालले टेष्ट राष्ट्रसँग खेल्नेछ ।

नेपाली समर्थक पनि नेपालले छिमेकी भारत पाकिस्तानजस्ता टेष्ट टिमसँग नेपालले खेलेको हेर्न चाहन्छ ।

जिम्बावेमा खेल्नुअघि नेपालसँग एउटा अर्को सुनौलो अवसर छ । त्यो हो घरेलु मैदानमा प्रिमियर कप जित्दै एसिया कपमा छनोट हुने । त्योसो भएमा नेपालले सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का मात्र गर्दैन भारत र पाकिस्तानसँग एकै पटक खेल्ने अवसर समेत बनाउनेछ । जुन नेपालको लागि ऐतिहसिक हुनेछ अहिलेसम्मको ठूलो खेल बन्नेछ । एसिया कपको समूह्य विभाजन यसअघि नै भइसकेको छ र प्रिमियर कपको विजेता भारत र पाकिस्तान रहेको समूहमा पर्नेछ ।

त्यसका लागि नेपालले प्रिमियर कपमा सबैभन्दा उत्कृष्ट अर्थात विजेता बन्नैपर्छ । प्रिमियर कपको शीर्ष तीनले भने टेष्ट राष्ट्रको यू-२३ टोली रहने एसीसी इमर्जिङ टिम्स कप खेल्नेछ ।

घरेलु मैदानमा लयमा नेपाल

यसपटक लिग टु मा पछिल्लो १२ मध्ये ११ ओडिआई खेल जितेर नेपाल सानदार लयमा छ । यही लय कायम राखे नेपालले भारत पाकिस्तानसँग भेट पक्का गर्नेमा शंका नहोला । तर फरक परिस्थितीमा फरक टिमसँग खेल्दा विपक्षीलाई कमजोर लिने गल्ती गर्नुहुँदैन ।

मोन्टी दसाईको आगमनपछि नेपालले आश्चयचकित पार्दै प्रदर्शन गरेको छ । उनको ‘ह्याप्पी ड्रेसिङ रुम’ र ‘वान बल ब्याटल’ मन्त्रले गज्जब काम गरेको छ ।

नेपाली टिममा अहिले एक जना स्टार मात्र नभएर सबै खेलाडीले प्रदर्शन गरिरहेका छन् । एक खेलाडी नचल्दा अर्कोले शानदार खेलिरहेका छन् ।

एसीसी प्रिमियर कपमा पनि नेपालले त्यही लयलाई कायम राख्दै निडर भएर खेल्ने मोन्टी देसाईको विश्वास छ । उनले सुधार अहिले सम्पूर्ण राष्ट्रको अपेक्षा नै नेपालको आकाश चुमोस् भन्ने रहेको बताएका छन् । घरेलु मैदानको साथ र पछिल्लो १२ खेलको प्रदर्शनको अनुभवलाई खेलाडीले देखाउने उनको विश्वास छ ।

खेलाडीहरु कसरी जित्ने भनेर मिहिनेत गरिरहेका छन् । सिनियर खेलाडी ज्ञानेन्द्र मल्लले सबै विपक्षीसँग खेलिसकेका छन् । तर केही टिमसँग दशकपछि खेल्दैछ । फरक वातावरणमा खेल्दा योजना फरक हुने मल्लको बुझाई छ । उनले विपक्षीलाई सोच्ने भन्दा पनि आफ्नो बलियो पक्षमा केन्द्रित रहेर खेल्ने बताएका छन् ।

घरेलु मैदानमा नेपाल १० खेलसम्म अपराजित छ । २८ कात्तिक २०७९ मा युएईसँग ओडिआई सिरिजमा पहिलो खेलमा पराजित भएयता नेपालले घरेलु मैदानमा पराजित हुनुपरेको छैन ।

यस समयमा नेपालले लिग टु मा ८ खेल जित्दा युएई विरुद्धको सिरिजमा दोस्रो र तेस्रो खेल जितेको थियो । यसअवधीमा नेपालले सबैभन्दा धेरै ४ पटक युएईलाई नै पराजित गर्दा स्कटल्याण्ड, नामिबया र पपुवा न्युगिनीलाई २-२ पटक हराएको छ ।

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: