साफ यू१७ वुमन्स च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि रक्षा, रुसको सहभागिताले उत्साहित

काठमाडौं, ५ चैत । गत नोभेम्बरमा बंगलादेशमा भएको साफ यू-१५ महिला च्याम्पियनसिपको चौथो चरणमा नेपाली युवा टोली च्याम्पियन बनेको थियो ।

पहिलो पटक च्याम्पियन बन्ने नेपालले घरेलु टोली बंगलादेशलाई पछि पारेको थियो ।

नेपाली महिला फुटबल इतिहासमै नेपालले उमेर समूहमा जितेको त्यो दोस्रो उपाधि थियो । त्यसअघि नेपालले श्रीलंका यू १४ फेस्टिभलको उपाधि जितेको थियो ।

सिनियरतर्फ भने नेपाली टोली साफ महिला च्याम्पियनसिपमा फाइनल पुगेपनि लगातार उपविजेतामै सिमिते बन्दै आएको थियो । तर युवा टोलीले भने उपाधि जित्दै खुशी दिलाएका थिए ।

थपियो टोली

यही मार्च २० देखि ३१ सम्म बंगलादेशमा हुने यही प्रतियोगिताको पाँचौ संस्करण भने साफ यू-१७ फर्म्याटमा हुँदैछ । यस पटक युरोपियन टोली रुसको सहभागि समेत छ ।

यस्तै यसअघि ३ टिम सहभागि हुँदा नेपाल च्याम्पियन बनेको थियो ।

यस पटक रुससँगै दक्षिण एसियाकै भारत पनि सहभागि छ । त्यसैले यस पटक टिमसंख्या बढेको छ र ५ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

आयोजक बंगलादेश, साविक विजेता नेपालसहित भारत, भुटान र रुसले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको लक्ष्य उपाधि

नेपालले यू१५ मा च्याम्पियन बनाएकी मुख्य प्रशिक्षक भगवती राना मगरकै प्रशिक्षणमा नेपालले यस पटक खेल्दैछ । जसमा अघिल्लो पटक खेलेका टिमको अधिकां खेलाडी छन् ।

शनिवारै बंगलादेश पुगिसकेको नेपालले त्यसैले पनि यसपटक उत्कृष्ट प्रदर्शन गर्दै उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ ।

प्रशिक्षक भगवती रानाले नेपाली तयारी राम्रो रहेको र उपाधि रक्षा गर्ने लक्ष्य रहेको बताइन् । ‘हामीले राम्रो तयारी गरेका छौँ । जसरी पनि च्याम्पियन हुने नै लक्ष्य छ । सबै म्याच जितेर अंकतालिकामा शीर्ष स्थानमा रहने लक्ष्य छ,’ भगवतीले ढाका प्रस्थान गर्नुअघि भनेकी थिइन्, ‘हामी डिफेन्डिङ च्याम्पियन भएकोले पनि झन् धेरै चुनौती छ । त्यसैले पनि हरेक खेल जित्नुपर्ने हुन्छ ।’

पाँच राष्ट्र सहभागि च्याम्पियनसिपमा हरेक टिमले एकआपसमा खेल्नेछन् र धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।

नोभेम्बरमा साफ यू१५ महिला च्याम्पियन जित्दाका १७ खेलाडी अहिले पनि टिममा छन् ।

चुनौती

यस पटक युरोपियन टोली रुस समेत च्याम्पियनसिपमा सहभागि हुने भएकोले झन् धेरै प्रतिस्पर्धा हुने पक्का छ । त्यसैले यसपटक नेपाललाई उपाधि रक्षा गर्न थप चुनौती भने पक्कै छ ।

‘रुससँग पनि खेल्ने अवसर छ । नयाँ टिम हो । हामीले युरोपको टिमसँग खेल्ने अनभुव पनि पाउनेछौँ । रुससँग मात्र नभएर सबै खेल महत्वपूर्ण छन् र कठिन हुनेछ । तर हामी सबै क्षेत्रमा तयार छौँ र राम्रो खेल्नेछौँ । हामी फाइट गर्न सक्छौँ भनेर मोटिभेट छौँ ।’ भगवतीले भनिन् ।

दिपा रोकायको कप्ताद्दीमा रहेको २० सदस्यीय टोली उपाधि रक्षा गर्ने तयारीमा छन् ।

नेपालले पहिलो खेलमै सोमबार मार्च २० मा भारतसँग खेल्नेछ । प्रशिक्षक भगवतीले नेपालका लागि हरेक खेल महत्वपूर्ण हुने र जित्नकै लागि खेल्ने बताएकी छन् ।

नेपालले भुटानसँग मार्च २२ मा, रुससँग मार्च २६ र अन्तिम खेल घरेलु टोली बंगलादेशसँग मार्च २८ मा खेल्नेछ ।

नेपाली टोली

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु

मिडफिल्डर : माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ

फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार

खेलतालिका

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: