युएई टुरमा नेपालको सकरात्मक पक्ष

काठमाडौं, फागुन २४ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई टुरमा नेपालले चार मध्ये तीन खेल जित्दै ६ अंक जोड्यो । लिग टु मा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउने सम्भावना कायम राख्न पनि नेपाललाई कम्तीमा तीन जित आवश्यक थियो ।

पपुवा न्यु गिनि पीएनजीलाई दुई खेलमा पराजित गरेको नेपालले युएई विरुद्ध एक खेल जित्दा एक खेलमा पराजित भयो ।

युएईलाई अन्तिम खेलमा हराएर  नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ र पाँचौ स्थानमा उक्लेको छ । युएईको समान खेलबाट ३१ अंक छ र अब शीर्ष तीनको होडबाट बाहिरिसकेको छ ।

लिग टु कै अन्तिम शृखंला बिहीबारदेखि घरेलु मैदान कीर्तिपुरमा सुरु हुँदैछ । जहाँ नेपालले युएई र पीएनजीसँग समान दुई खेल खेल्नेछ । नेपालले घरेलु मैदानमा बाँकी चार खेल जिते शीर्ष तीनमा पुग्नेछ ।

अब नेपालको लक्ष्य शीर्ष तीन हो । बाँकी चार खेल जितेमा ४० अंक हुनेछ र तेस्रो स्थानमा पुग्नेछ । यस्तै ओडिआई मान्यता जोगाउन कम्तीमा दुई जित आवश्यक छ । नेपाललाई घरेलु मैदानमा खेल्दा फाइदा हुनेछ । यसअघि स्कटल्याणढ्ड र नामिबिया विरुद्ध शृखंलामा नेपालले चारमा चारै खेल जितेर क्लिन स्वीप गरेको थियो ।  

पछिल्ला दुई शृखंलामा देखिएको लय नेपालले कायम राख्नुपर्नेछ ।

घरेलु मैदानमा खेल्नुअघि नेपालको युएई टुरका केही सकरात्मक पक्षहरु यस्ता छन् ।

बलिङमा जमेका दीपेन्द्र

दीपेन्द्रले चार खेलमा ५ विकेट लिए । ब्याटिङमा खासै जम्न नसकेपनि उनले बलिङबाट नेपालको लागि योगदान गरे ।

युएई विरुद्ध लिग टु मा पहिलो जित निकाल्ने क्रममा अन्तिम खेलमा ८ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । जुन लिग टु मै व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो।

उनले लिग टुमा २८ खेलमा १८ विकेट लिएका छन् ।

दीपेन्द्र लिग टु मा तीन मुख्य बलर सन्दीप लामिछाने, करण केसी र सोमपाल पछि धेरै विकेट लिनेमा नेपालीमा चौथो स्थानमा छन् ।

ब्याटिङमा भने उनको प्रदर्शन एकरुपको छैन । उनले चौथोदेखि सातौंसम्म ब्याटिङ गरिसकेका छन् ।

पाँचौ स्थानमा ब्याटिङ गर्दै सुरु गरेका त्यसपछि चौथोमा खेल्ने थाले ।

अमेरिका टुरदेखि पाँचमा झरे । पछिल्ला खेलहरुमा छैटौं/सातौँ नम्बरमा ब्याटिङ गर्छन् ।

आजकल उनी प्रोपर अलराउण्डर भूमिकामा छन् । कीर्तिपुरमा स्कटल्याण्ड विरुद्ध अविजित ८५ रनको इनिङ्स खेलेका थिए ।

त्यसयता फेरि उनी रन बनाउन संघर्षरत छन् । पछिल्ला पाँच खेलमा पीएनजी विरुद्ध २२ रन उनको उच्च स्कोर हो । चार खेलमा डबल डिजिट पनि छैन ।

ब्याटिङमा मिडल/लोअर अर्डरको साथ

घरेलु मैदानमा नेपालका सबै ब्याटरले कम्तीमा अर्धशतक प्रहार गरेका थिए । तर युएई भ्रमणमा नेपालका ब्याटरले संघर्ष गरे । टप अर्डर नचल्दा नेपालको मिडल लोअर अर्डरले ब्याटिङ सम्हाले । ओपनर आसिफ शेखले एक अर्धशतक प्रहार गर्नु बाहेक बाँकी ब्याटिङमा लोअर अर्डरमै निर्भर रह्यो ।

कुशल मल्लले एक अर्धशतक प्रहार गरे ।

भिम शार्कीले युएई विरुद्ध महत्वपूर्ण जितमा महत्वपूर्ण अर्धशतक बनाए । उनले ७० रन बनाउँदै प्लेअर अफ दि म्याच बने ।

सन्दीप लामिछानेको भुमिका पनि ब्याटिङमा महत्वपूर्ण रह्यो । उनले तीन खेलमा महत्वपूर्ण रन बनाए ।

युएई विरुद्ध अहिलेसममकै माथि सातौं स्थानमा ब्याटिङ गरे । पीएनजी विरुद्ध जितमा आठौं विकेटका लागि आसिफसँग ७७ रनको साझेदारी गरे ।

सन्दीप ३ खेलमा ५ विकेट लिए ।  पहिलो खेल खेलेनन् ।

ब्याटिङमा युएई विरुद्ध अविजित २६ रन बनाए । पीएनजी विरुद्ध जितमा नवौँ नम्बरमा ब्याटिङ गरि अविजित ३५ रन बनाए ।

युएई विरुद्ध सातौं स्थानमा बढुवा भिम शार्कीसँग ५६ रनको साझेदारी गरे ।

प्रतिशको डेब्यु

प्रतिशले पहिलो पटक सिनियर टिममा स्थान बनाए । दुई खेल खेल्न पाए ।  १ विकेट लिए । पहिलो खेलमा पीएनजी विरुद्ध डेब्यु गर्दै विकेट पनि लिए ।

अन्तिम खेलमा युएई विरुद्ध खेले पनि विकेट लिएनन् ।

किफायती बलिङ ५ ओभमरमा १४ रन मात्र विकेट लिनएनन् ।

आसिफको इनिङ्स

तेस्रो खेलमा नेपालले पीएनजी विरुद्ध संघर्ष गरिरहँदा ओपनर आसिफले धैर्य इनिङ्स खेले । उनले अविजित ८६ रन बनाए । अर्को छेउबाट विकेट जाँदा पनि टिकेर खेल्दै नेपाललाई जिताए ।

आसिफल  झण्डै २२ ओभरमा अर्थात १३० बल खेल्दै जम्मा २ चौका र १ छक्का प्रहार गरे । दाबमा पनि उत्कृष्ट इनिङ् खेल्दै नेपालको जितमा महत्वपूर्ण योगदान गरे ।

आक्रमक कुशल मल्ल

अहिले नेपाली टिममा रहेका दुई स्पीनर अलराउण्डरका कुशल मल्ल पक्का अलराउण्डरको रुपमा छन् । १९ वर्षीय कुशलले घरेलु मैदानमा भएको लिग टु देखि राष्ट्रिय टिममा पुनरागमन गरे । त्यसयता उनको प्रदर्शन उत्कृष्ट रहँदे आएको छ ।

युएईमा पनि उनले उनले आफ्नो आक्रमक लय कायम राखे । चाहिएको बेला बलिङमा विकेट पनि लिए ।

पीएनजी विरुद्धको पहिलो खेल कप्तान असद भालाको विकेट सहित २ विकेट लिए । सातौँ नम्बरमा ब्याटिङ गर्दै अविजित १२ रन बनाए ।

युएई विरुद्ध दोस्रो खेल ब्याटर फ्लप हुँदा उनले पाँचौ नम्बरमा ब्याटिङ गर्दै ५३ बल खेल्दै ९ चौका १ छक्का मद्दतनमा ६० रन बनाए । बलिङमा कप्तान सिपी रिजवानको विकेट लिए ।

यस्तै तेस्रो खेलमा पन पीएनजी कप्तान भालाको विकेट लिए । ब्याटिङमा आठौं नम्बरमा ब्याटिङ गर्दै २६ बलमा २३ रन जोडे ।

आसिफसँग आठौँ विकेटका लागि ३१ रनको साझेदारी इनिङ्स होल्ड गर्न सहयोग गरे ।

जहाँ ब्याटिङ गरेपनि उनको विशेषता आक्रमक ब्याटिङ नै रह्यो ।

चौथो खेलमा चोटका कारण कुशल भुर्तेल बाहिरिएपछि ज्ञानेन्द्र मल्लले आसिफसँग ओपनिङ गरे । त्यसपछि

ज्ञानेन्द्रको स्थान कुशल मल्ल तेस्रो नम्बरमा बढुवा भए । उनले ओडिआईमा पहिलो पटक नेपालका लागि तेस्रोमा ब्याटिङ गरे ।

यसअघि कीर्तिपुरमा नामिबिया विरुद्ध चौथो नम्बरमा ब्याटिङ गरेका थिए ।

आसिफ आउट भएपछि क्रिजमा गएका कुशल मल्लले  ३२ बलमा ३२ रन बनाए । जसमा ४ चौका २ छक्का समावेश थियो ।

लामो समय नटिकेपनि आक्रमक ब्याटिङ गरे । बलिङमा विकेट लिन सकेनन् । ३ ओभरमा १५ रन खर्चिए ।

ओडिआईमा कुशल मल्ले तेस्रोदेखि आठौंसम्म ब्याटिङ गरिसकेका छन् ।  टी२० मा भने ओपनिङ गरिसकेका छन् ।

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: