साफ महिला च्याम्पियनसिप: नेपालको उपविजेता ट्याग हटेन, बंगलादेश नयाँ च्याम्पियन

GRN Sports

काठमाडौं, असोज ४ । घरेलु मैदानमा छैटौं साफ महिला च्याम्पियनसिपको उपाधि जितेर पहिलो अन्तर्राष्ट्रिय ट्रफी जित्ने नेपाली महिला फुटबलको टोलीको सपना अधुरै बनेको छ ।

दशरथ रंगशालमा सोमबार १५ हजार ७ सय दर्शकको समर्थन पाउँदा पनि नेपाल फाइनलमा बंगलादेशमा ३-१ ले पराजित हुँदा उपिवेजताको ट्याग हट्न सकेन ।

नेपाल साफ इतिहासमा ५ पटक र समग्रमा १०औं पटक फाइनलमा पराजित भएको हो । सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको महिला टोलील पछिल्लो १२ वर्षमै १० फाइनल खेलेपनि अझै उपाधि जित्न सकेन । उपाधिको प्रतिक्षा थप लम्बिएको छ ।

दोस्रो पटक साफ महिला फुटबलको फाइनल पुगेको बंगलादेश दक्षिण एसियाको नयाँ च्याम्पियन बन्यो । बंगलादेशलाई अपराजित रहेर उपाधि जिताउन फाइनलमा कृष्णरानी सरकारले दुई तथा सामसुनाहारले एक गोल गरिन् । नेपालका लागि अनिता बस्नेतले एक गोल फर्काइन् ।

दोस्रो हाफमा रश्मि कुमारी घिसिङ र सावित्रा भण्डारी चुक्दा नेपालले खेलाई बराबरी अवस्थामा पुर्‍याउने अवस्था नै गुमाएको थियो ।

फाइनलसम्म आइपुग्दा नेपाल र बंगलादेश दुवैले गोल खाएको थिएन । तर प्रतियोगिताभर उत्कृष्ट प्रदर्शान गरेको बंगलादेशले फाइनलमा पनि त्यही लय कायम राख्दै जित हात पार्‍यो । उपाधि जित्ने क्रममा बंगलादेशले जम्मा १ गोल मात्र खायो भने २३ गोल गर्‍यो ।

चुकेको होइन अवसर गुमाएको हो

कुमार थापाले दोस्रो पटक साफ महिला च्याम्पियनसिपमा नेपाली टोली समह्लेका थिए । यसअघि २०१६ मा सेमिफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको पिडा बिर्साउने अवसर उनलाई यस पटक थियो । उनले बारम्बार यो दवस्रो लाइफ पनि भन्दै आएका थिए ।

यस पटक नेपालले सेमिफाइनलमा भारतलाई हराएर त्यसको बदला त लियो तर उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गर्ने अवसर सदुपयोग गर्न सकेन । नेपाल फेरि उपविजेता बन्दा प्रशिक्षक थापाले पनि उपविजेता मेडलमा चित्त बुझाउनुपर्‍यो । साफमा दुई पटक टोली सम्हालेपनि उनले उपाधि दिलाउन सकेनन् ।

फाइनलपछि पोष्ट म्याच कन्फ्रेन्समा पनि उनले वाचा अनुसार पूरा गर्न नसकेको भन्दै माफी मागे ।

‘मैले नेपाली फुटबल फ्यानसँग जुन वाचा गरेको थिएँ, जुन लक्ष्य राखेको थिएँ, त्यो पूरा गर्न सकिनँ । उनीहरूसँग क्षमा माग्न चाहन्छु,’ मुख्य प्रशिक्षक थापाले भने, ‘गर्न सक्ने सबै गरेको, खेलाउनुपर्ने सबै खेलाएको हो । तर, उपाधि बंगलादेशले जित्यो । पाएका अवसर उपयोग गर्न नसक्दा ऐतिहासिक उपाधि जित्न सकेनौं ।’

फाइनलमा नेपाल कहाँ चुक्यो भन्ने प्रश्नमा प्रशिक्षक थापाले चुकेको नभई अवसर गुमेको बताए ।

‘चुकेको होइन, हामीले अवसर सदुपयोग गर्न सकेन । सावित्रा र रश्मिले हानेको बल गोल हुन्थ्यो होला तर भइदिएन । भएको भए हामीले तीन गोल गर्थ्यौं, अग्रता नै लिने थियौं होला । अवसर हामीले पनि सिर्जना गरेको हो तर उसले (बंगलादेश) उपयोग गर्यो, हामीले गर्न सकेन । खास कुरा यति नै हो ।’ फाइनलमा पराजित भएपछि थापाले प्रशिक्षक पद त्यागेको घोषणा समेत गरे । हुनत उनलाई अखिल नेपाल फुटबल संघ एन्फाले यही साफका लागि प्रशिक्षक नियुक्त गरेको थियो । तर उनले फाइनलपछि नै महिला टिमसँग सम्बन्ध टुङ्गाए । यसबारे एन्फाबाट अफिसियल धारणा आउन बाँकी नै छ ।

यस्तै पहिलो पटक कप्तानी गरेकी एन्जिला तुम्बापो सुब्बाका लागि पनि यस पटक उपाधि दिलाउन अवसर थियो । तर राम्रो खेल्दा खेल्दै पनि उपाधि जित्न असफल भएको पिडा उनको अनुहारमा प्रष्ट थियो । यसअघि बोलेर भन्दा खेलेरै देखाउने बताउदै आएकी उनले फाइनलमा तीन गोल बेहोरिन् ।

‘जित्ने लक्ष्य थियो, सफल हुन सकेनौं, हामी सबै निराश छौं । अर्कोपल्ट म खेल्छु कि खेल्दिनँ थाह छैन । खेल्न त सबैले राम्रो खेलेको हो तर सानो–सानो गल्तीले गर्दा नै गोल खाएको हो । आउँदो दिनमा राम्रो गरौंला ।’ आठ वर्ष देखि राष्ट्रिय टिममा रहेकी २६ वर्षीय एन्जिलाले भनिन् । उनले सन् २०१६ को १२औ साऊ महिला फुटबलमा नेपालका लागि डेब्यु गरेकी थिइन् ।

यस्तै बंगलादेशका प्रशिक्षक गोलोन रब्बानी छोटोले आफ्नो लक्ष्य पूरा भएको र खेलाडीले राम्रो खेलेको बताए ।

तीन खेलाडीको सन्यास

फाइनल पछि नेपालका तीन खेलाडीले सन्यास लिने पक्का पक्की नै थियो । उनीहरु फाइनल जितेर खुशीसहित सन्यास लिन चाहन्थे । तर त्यो भने पूरा हुन सकेन । त्रिभुवन आर्मी क्लबबाट खेल्ने डिफेण्डर पुनम जर्घा मगर तथा मिडफिल्डर द्वय इन्दिरा राई र दिपा राईले फाइनल पछि सन्यास लिए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ब्लेजर लगाएर बिदाई गरे ।

तीनै खेलाडीले भविष्यलाई ध्यानमा राख्दै शान्ति सेनामा जानका लागि फुटबल करियरलाई बिट मारेका हुन् ।  पुनम र दिपाले सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए भने इन्दिराले २०१८ मा चीनमा भएको मैत्रीपूर्ण खेलबाट नेपालको जर्सी लगाएकी थिइन् ।

सबिना उत्कृष्ट र सर्वाधिक गोलकर्ता

पहिलो पटक च्याम्पियन भएको बंगलादेशले अन्य अवार्डमा पनि क्लिन स्वीन नै गर्‍यो । बंगलादेशला२ च्याम्पियन बनाउँदा नेतृत्व गरेकी कप्तान सबिना खातुन प्रतियोगिताकै मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन् ।

यस्तै दुई ह्याट्रिकसहित ८ गोल गरेकी उनले सर्वाधिक गोलकर्ताको अवार्ड समेत पाइन् । उनले माल्दिभ्स विरुद्ध पहिलो खेलमै दुई गोल गरेकी थिइन् भने पाकिस्तान र सेमिफाइनलमा भुटान विरुद्ध ह्याट्रिक गरिन् । समूह चरणमा भारत र फाइनलमा नेपाल विरुद्ध गोल गर्न सकिनन् ।

यस्तै प्रतियोगिताभर जम्मा एक गोल मात्र होरेकी बंगलादेशकी गोलकिपर रुप्ना चक्मा उत्कृष्ट गोलकिपर बनिन् ।

च्याम्पियन बंगलादेशले फेयर प्ले को अवार्ड समेत पायो ।

साफ महिला च्याम्पियनसिप २०२२

च्याम्पियन : बंगलादेश

उपविजेता : नेपाल

फेयर प्ले अवार्ड : बंगलादेश

मोस्ट भ्यालुएबल प्लेयर : सबिना खातनु (बंगलादेश)

सर्वाधिक गोलकर्ता : सबिना खातनु (बंगलादेश)

उत्कृष्ट गोलकिपर : रुपना चक्मा (बंगलादेश)

Photo : ANFA

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: