साफ महिला च्याम्पियनसिप : ऐतिहासिक जितसहित नेपाल फाईनलमा, भारत बाहिरियाे

रश्मीकाे निर्णायक गाेल


काठमाडौं । भारतविरुद्ध पराजयकाे शृंखलालाई अन्त्य गर्दै घरेलु टोली नेपाल छैटाैँ साफ महिला च्याम्पियनसिप २०२२ मा शुक्रबार फाईनलमा प्रवेश गरेकाे छ । दशरथ रंगशालामा शुक्रबार ७ हजार भन्दा बढी दर्शकको अगाडि रश्मी कुमारी घिसिङको गाेलमा नेपालले भारतलाई १-० ले हरायो ।

७ हजार २५३ दर्शक नेपाल र भारतकाे खेल हेर्न दशरथ रंगशालामा उपस्थित थिए । पहिलो हाफमा थप गरिएको एक मिनेटको इन्ज्युरी टाइममा रश्मीले गोल गरिन् ।

साफ महिला फुटबलकाे १२ वर्षे ईतिहासमा नेपालले भारतलाई पहिलाे पटक पराजित गरेकाे हाे । यसअघि भएकाे पाँचवटै संस्करणमा नेपाल भारतसँग पराजित भएकाे थियाे । चार पटक फाईनलमा र एक पटक सेमिफाईनलमा नेपाल भारतसँग हारेकाे थियाे ।

सन् २०१६ मा अहिलेका प्रशिक्षक कुमार थापा नै प्रशिक्षक हुँदा नेपाल भारतसँग सेमिफाईनलमै पराजित भएकाे थियाे । नेपालले यसपटक ती पाँचै हारकाे बदला समेत लिएकाे छ । नेपालले उपाधिका लागि अब बंगलादेशसँग साेमबार खेल्नेछ ।

नेपालले भारतलाई पराजित गरेकाे भने याे दाेस्राे पटक हाे यसअघि सन् २०१९ मा भारतमै भएकाे हिराे गाेल्डकपमा नेपालले भारतलाई हराएकाे थियाे ।

यसअघि अपराजित रहँदै पाँच पटक साफ च्याम्पियन बनेकाे भारत भने पहिलाे पटक सेमिफाईनलबाटै बाहिरिएकाे छ । भारतको २५ खेलको अपराजित यात्रा पनि समूह्य चरणमा बंगलादेशसँग पराजित भएपछि ब्रेक भएको थियो ।

नेपाल पाँचाै पटक साफ च्याम्पियनसिपकाे फाईनलमा पुगेकाे हाे । २०१६ मा मात्र नेपाल सेमिफाईनलबाट बाहिरिएकाे थियाे ।


भारत बाहिरिएपछि अब नेपाल र बंगलादेश जसले फाईनल जितेपनि साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउनेछ ।

प्रिति र रश्मीकाे कम्बिनेसनमा उत्कृष्ट गोल गाेल

भारतलाई सेमिफाइनलमा हराएर घर पठाउन नेपालका लागि रश्मी घिसिङले उत्कृष्ट गोल गरिन् । पहिलो हाफको अन्तिममा एक मिनेटको इन्जुरी टाइम थप गरिएको थियो । त्यही एक मिनेट नेपालका लागि महत्वपूर्ण सावित भयो ।

प्रिति राईले दिएकाे उत्कृष्ट पासमा रश्मीले बक्स भित्रबाट बल कन्ट्राेल गर्दै उत्कृष्ट फिनिसिङ गरिन् । रश्मीकाे जारी साफमा याे दाेस्राे गाेल हाे । यसअघि यनले श्रीलंका विरुद्ध पनि गाेल गरेकी थिईन् ।

नेपाली स्टार फरवार्ड सावित्रा भण्डारीको अनुपस्थितीमा प्रितीले पहिलो रोजाईँमा खेल्ने मौका पाएकी थिइन् । समूह चरणको पहिलो खेलपछि डेंगु संक्रिमत बनेकी सावित्राले दोस्रो खेल गुमाइन् भने भारत विरुद्ध बेन्चमा रहेपनि मैदान प्रवेश गरिनन् । नेपालले सावित्रा नखेल्दा पनि भारतलाई हरायो ।

२०१९ मा हिरो गोल्डकपमा नेपालले भारतलाई पराजित गर्दा दुवै गोल सावित्राले नै गरेकी थिइन् ।


पहिलाे हाफमा भारतले नेपालमाथि लगातार दबाब बनाएकाे थियाे तर फिनिसिङ गर्न सकेन । प्रिति राईले ३३ अाैं मिनेटमा बक्स बाहिरबाट हानेकाे भलि प्रहार क्रसबार माथिबाट बाहिरिएकाे थियाे ।
पहिलाे हाफमा अग्रता लिएपछि दाेस्राे हाफमा नेपालले सुरुवात देखि नै भारतमाथि दबाब बनाउन थाल्याे ।

भारत विरुद्ध नेपालले गोलका अन्य अवसर पनि बनाएको थियो । प्रितीले ३३औं मिनेटमा प्रहार गरेको बल क्रसबारको थोरैमाथिबाट बाहिरिएको थियो । यस्तै ५०औं मिनेटमा अनिता केसीकाे कर्नरमा अमृता जैसीले बक्स भित्रबाट हानेकाे हेडर भारतकी गाेलकिपर अदिती चाैहानले पन्च गर्दै भारतको संकट टारेकी थिइन् ।

६४ मिनेटमा प्रितिले बक्स भित्रबाट गरेकाे प्रहार पाेष्ट नजिकैबाट बाहिरिएको थियो ।

भारतले पनि दाेस्राे हाफमा गाेलका लागि केही अवसर बनाएपनि फिनिसिङ गर्न सकेन । भारतीय फरवार्डले नेपाली डिफेण्डर र गोलकिपरको टेष्ट गरेपनि डेडलक तोड्न सकेन ।

भारतलाई हराएपछि नेपालका प्रशिक्षक कुमार थापाले १२ वर्षपछिको प्रतिक्षा पूरा भएको बताए । यस्तै भारतका प्रशिक्षक सुरेन क्षेत्रीले नेपालसँग राम्रो खेलेपनि गोल गर्न नसक्दा पराजित भएको बताउँदै हार स्वीकार्ने बताए ।

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: