साफ यू१७ च्याम्पियनसिप : फाइनलमा पुरानै कथा, भारत च्याम्पियन,नेपाल उपविजेता

काठमाडौं । श्रीलंकामा बुधबार सम्पन्न साफ यू१७ च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेता बन्यो । नेपाललाई ४-० ले हराउँदै भारत फेरि च्याम्पियन बन्यो ।

भारत लगतार दोस्रो र समग्रमा चौथो पटक यस उमेर समूहमा च्याम्पियन बनेको हो । अनी चारै पटक नेपाल फाइनल प्रतिद्वन्दी थियो । चारै पटक भारतले नेपाललाई हरायो ।

सातौं संस्करणसम्म आइपुग्दा भारतले सर्वाधिक ६ पटक फाइनल खेल्यो । दुई पटक भने उपविजेता बन्यो । एक पटक मात्र भारत फाइनल पुग्न सकेन । यस्तै बंगलादेशले दुई र पाकिस्तानले एक पटक उपाधि जितेको छ ।

नेपालले भने हरेक पटक उपाधि जित्ने लक्ष्य राख्ने अनी अन्तिम त्यो सपना अधुरै रहँदै आएको छ । सन् २०११ मा नेपालबाटै सुरु भएको यस प्रतियोगिताको उपाधि भित्र्याउने नेपालको चाहना यस पटक पनि भारत तगारो बन्दा पूरा हुन सकेन ।

कोलोम्बोमा यस पटक नेपाल र भारत एकै समूहमा थियो । जसमा समूह चरणमै नेपालले भारतलाई ३-१ ले हराएर सनसनी मच्चाइसकेको थियो । त्यो पनि एक गोलले पछि परेको अवस्थामा पुनरागमन गरे ।

त्यो हार भारतका लागि सिकाई बन्यो । त्यसमा गरेको गल्ती कमजोरीलाई भारतले फाइनलमा दोहोर्‍याएन । उता नेपाल भने समूह चरणमा जितेपछि फाइनलमा त्यही लय कायम राख्ने योजनामा थियो । तर फाइनलमा भारतले चार गोल गर्दा नेपालले गोल समेत फर्काउन सकेन । नेपालका कप्तान प्रशान्त लक्समले पहिलो हाफमा भारतीय खेलाडीलाई फल गरेपछि सिधै रातो कार्ड पाए । अनी नेपालले करिब एक घण्टा दश खेलाडीमा रहेर खेल्नुपर्‍यो । प्रशान्तले रातो कार्ड पाउनु अघि नै नेपालले दुई गोल खाइसकेको थियो । त्यसपछि पनि नेपालले उति नै गोल खायो ।

भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले गोल गरे।

च्याम्पियन भारतीय टिम

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: