साफ महिला च्याम्पियनसिप: यी हुन् सेमिफाईनल पुग्ने चार टाेली

नेपालले भारत/बंगलादेशसँग खेल्ने

काठमाडौं, २८ भदौ । काठमाडौंमा भईरहेकाे छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपकाे सेमिफाईनल पुग्ने चारवटै टाेलीकाे टुङ्गाे लागेकाे छ ।

साेमबार नेपालले समूह बी काे अन्तिम खेलमा श्रीलंकालाई ६-० ले हराउँदै अन्तिम चारमा स्थान बनाउने अन्तिम टाेली बनेकाे हाे । नेपालका लागि दाेस्राे हाफमा मैदान प्रवेश गर्दै अमिसा कार्कीले दुई गाेल गरिन् भने रश्मि कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी दिपा शाहीले पहिलाे हाफमा एक-एक गाेल गरिन् ।

तीन टिम मात्रर हेको समूह बी मा दुवै खेल जितेकाे घरेलु टोली नेपाल ६ अंक जाेडेर समूह बी काे विजेता बन्दै सेमिफाईनल पुगेकाे हाे । यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको भुटान समूह बी को उपविजेता बन्यो ।

नेपालसँग ४-० ले पराजित भएको भुटानले श्रीलंकालाई ५-० ले हराएर ऐतिहासिक जितसहित पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो । समूह बी बाट श्रीलंका दुवै खेल हार्दै प्रतियाेगिताबाट बाहिरिएकाे छ । श्रीलंकाले दुई खेलमा कुनै गाेल समेत गर्न सकेन भने ११ गाेल खायाे ।

यस्तै यसअघिनै समूह ए बाट भारत र बंगलादेश सेमिफाईनल पुगिसकेका छन् ।

नेपालले यसअघि भएका पाँच वटै संस्करणमा साफकाे सेमिफाईनल खेलेकाे छ ।

सेमिफनईनल पुग्ने चार टाेलीकाे तय भएपनि समिकरण भने टुङ्गाे लाग्न बाँकी छ ।

सेमिफाईनलमा नेपालकाे भारत वा बंगलादेशसँग खेल्ने

अब नेपालले सेमिफाईनलमा भारत वा बंगलादेशमध्ये एक टिमसँग खेल्नेछ । चार टिम रहेकाे समूह ए बाट भारत र बंगलादेश आफ्नाे सुरुवाती दुई खेल जित्दै सेमिफाईनल पुगेका छन् । तर समूह विजेता र उपविजेताकाे टुङ्गाे लाग्न बाँकी छ ।

भारत र बंगलादेशबिच मंगलबार हुने खेलपछि समूह ए काे विजेता र उपविजेताकाे टुङ्याे लाग्नेछ । त्यस खेलमा पराजित हुने टाेलीसँग नेपालले सेमिफाईनलमा खेल्नेछ । नेपालको नजर यस खेलमा पनि हुनेछ ।

अहिलेसम्म पाँच पटककै च्याम्पियन भारत छैटाैँ पटक सेमिफाईनल पुगेकाे हाे । बंगलादेश भने सेमिफाईनल पुगेकाे याे पाँचाै पटक हाे । सन २०१६ मा फाईनल नै खेलेकाे बंगलादेश २०१२ मा भने सेमिफाईनल पुग्न सकेकाे थिएन ।

नेपालले पछिल्लाे पटक २०१९ मा विराटनगरमा भएकाे साफमा सेमिफाईनलमा श्रीलंकालाई हराएकाे थियाे ।

तर यसपटक भने नेपालले सेमिफाईनलमै बलियाे चुनाैतीकाे सामना गर्नुपर्ने भएकाे छ ।

नेपालका प्रशिक्षक कुमार थापाले सेमिफाईनल टफ हुने बताए । ‘सेमिफाईनल यसअघिका खेल भन्दा टफ हुने वाला छ । यसअघि भन्दा राम्राे खेल्नुपर्छ । आशन छ सेमिफाईनल बेस्ट म्याच हुनेछ,’ श्रीलंकालाई हराएर समूह विजेता बनेपछि थापाले भने, ‘बंगलनदेश प्राविधिक रुपमा राम्राे छ । भारत अनुभवी छ । हामीलाई घरेलु मैदानकाे साथ छ । हामी भारतबाे अनुभव र बंगलनदेशकाे युथ टिमलाई डाेमिनेट गर्न चाहन्छाैँ ।’

श्रीलंका विरुद्धकाे खेल डेंगुका कारण गुमाएकी सावित्रा भण्डारी सेमिफाईन खेल्नेमा शंका छ । प्रशिक्षक थापाले सावित्रा नभएपनि टिम तयार हुनुपर्ने बताए । ‘ म पनि नहुन सक्छु । कन्ट्राेल गर्न सकिन्न । आशा छ खेलमा फर्कन्छ भनेर दर्शकका लागि पनि मज्जा हुनुपर्छ ।’ थापाले सावित्रा नहुँदा नुन नभाकाे तरकारी जस्तो हुने बताए ।

भारत- बंगलादेश खेल महत्वपूर्ण

भारत र बंगलादेश दुवै सेमिफाईनलमा नेपाललाई ‘अभाेईड’ गर्न चाहन्छन् । उनीहरु सजिलाे टिमसँग सेमिफाईनल खेल्न चाहन्छ ।

समूह ए मा भारत र बंगलादेशकाे समान ६ अंक भएपनि गाेल अन्तरमा भारत अघि छ ।

त्यसैले भारतले बंगलादेशसँग हार टारे पनि समूह विजेता बन्नेछ । बंगलादेशलाई भने समूह विजेता बन्न भारतलाई हराउनैपर्नेछ । त्यसैले याे खेल दुवै टाेलीका लागि महत्वपूर्ण छ ।

भारत र बंगलादेश बीचकाे खेल मंगलबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: