नेपाल टी२० लिग बारे सम्पूर्ण जानकारी

काठमाडौं, २३ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आफै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी २० लिग आयोजना गर्न लागेको छ ।

इन्डियन प्रिमियर लिग जस्तै विश्वमा चर्चित फ्रेन्चाइज लिग बनाउने योजनामा रहेको क्यानले नेपाल टी २० लिगलाई नेपालको एक मात्र आधिकारिक लिग भनेको छ र यसलाई ‘ड्रिम भेन्चर’ मानेको छ ।

लामो समयदेखि आफ्नै फ्रेन्चाइज लिग गर्ने कसरतमा रहेको क्यानले गत जेठमा आधिकारिक रुपमा नेपाल टी २० लिगको घोषणा गरेको हो ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई स्ट्राटेजिक एण्ड कमर्सियल पार्टनरको राइट्स दिएपछि विभिन्न खालका आलोचना भएपनि क्यानले अहिले लिग गर्ने संघारमा आइपुगेको छ । क्यानले ८ वर्षका लागि करिब ३३ करवोडमा सेभेन थ्री लाई यसको अधिकारी दिएको छ । जसमा सेभेन थ्री ले मार्केटिङ ब्राण्डिङ गर्नेदेखि विभिन्न विषय समावेश छ ।

क्यानले लिगमा सहभागि ६ वटै टिमको नाम घोषणा गरिसकेको छ । नेपालको महान चाड बडादशैँको बेलामै क्रिकेटको पनि यो ठूलो लिग हुनेछ ।

कहिले हुनेछ नेपाल टी २० लिग?

नेपाल टी २० लिगको पहिलो संस्करण २०७९ असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । यसको आयोजक क्यान हुनेछ भने बाँकी अधिकार सेभेन थ्री स्पोर्ट्ससँग हुनेछ ।

कती टिमले खेल्नेछन् ?

पहिलो संस्करणमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । क्यान र सेभेन थ्री स्पोर्ट्सको सम्झौता अनुसार आउने संस्करणमा टिमसंख्या बढ्न सक्नेछ ।

कुन कुन टिमले खेल्नेछन्?

पहिलो संस्करणमा कूल ६ टिम हुनेछन् । जसमा विराटनगर सुपर किंग्स, जनकपुर रोएल्स, कान्तिपुर क्यापिटल्स, पोखरा एभेन्जर्स, लुम्बिली अल स्टार र फारवेस्टर्न युनाइटेड छन् ।

नेपालका ६ प्रदेशका ६ शहरलाई प्रतिनिधित्व हुनेगरी टिम निर्माण गरिएको छ ।

जसमध्ये दुई टिम भारतीय कम्पनीको स्वामित्वमा छ भने एक टिम युकेमा रहेको कम्पनीको स्वामित्वमा छ । यस्तै अमेरिकामा रहेका पूर्व नेपाली क्रिकेटरहरुको टिमले एक टिम लिएको छ भने बाँकी दुई टिमको मालिक नेपालकै छन् ।

टिममा कति जना हुनेछन्?

एक टिममा कूल १६ जना खेलाडी छन् । जसमा ११ नेपाली र ५ विदेशी खेलाडी हुनेछन् । नेपाली खेलाडीको तीन क्याटेगोरी हुनेछ ।

खेलाडीको मूल्य कति हुनेछ?

क्याटेगोरी ए मा रहेका खेलाडीले १५ लाख, क्याटेगोरी बी मा रहेकोले १० लाख र क्याटेगोरी सी मा रहेकोले ५ लाख पाउनेछन् ।

अक्सन हुनेछ कि ड्राफ्ट?

नेपालमा यसअघि भएका अन्य फ्रेन्चाइज लिगको अक्सनमार्फत खेलाडी अनुबन्ध गरिएको थियो । नेपाल टी २० लिगका लागि क्यानले ड्राफ्टबाट खेलाडी छनोट गर्ने जनाएको छ ।

ड्राप्ट कसरी हुन्छ?

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय गभर्निङ काउन्सिल निर्माण गरिएको छ । अहिलेसम्म ड्राफ्टको यही मापदण्ड भनेर सार्वजनिक भएको छैन । ड्राफ्टका लागि क्यानले नेपाली र विदेशी खेलाडीको लागि छुट्टा छुट्टै खेलाडी दर्ता गराएको थियो । जसमा नेपाली एक हजार हाराहारी र विदेशी तीन सय भन्दा बढीले नाम दर्ता गरेका छन् ।

६ टिमले नेपाली खेलाडी ११-११ जना लिनेछन् । जसबाट नेपालका उत्कृष्ट ६६ खेलाडी मात्र लिगका लागि छनोट हुनेछन् । यस्तै विदेशी ५-५ गरी कूल ३० खेलाडी अनुबन्ध हुनेछन् ।

हरेक टिमले क्याटेगोरी ए बाट एक जना अनुबन्ध गर्न पाउनेछन् भने क्याटेगोरी बी बाट चार र क्याटेगोरी सी बाट ६ खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

एक फ्रेन्चाइजले नेपाली टिमका लागि मात्रै ८५ करोड खर्च गर्नेछ ।

क्यानले प्लेइङ ११ मा नेपाली कति र विदेशी खेलाडी कति हुने भनेर सार्वजनिक गरिसकेको छैन ।

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: