एसएल२४ : चम्किलो करियरमा लागेको ‘कालो धब्बा’

काठमाडौं । राजधानीमा मंगलबार देखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा बुधबार भारत र पाकिस्तान दशरथ रंगशालमा भिडे । ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको पाकिस्तानले साविक विजेता भारत विरुद्ध ३-० को पराजय बेहोरेपनि मैदान फर्कँदा खुशी थिए ।

तर बुधबार दिनभर नेपाली खेलकुदमा भने सन्दीप लामिछाने छाए । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने हाल वेष्ट इन्डिजमा छन् । यसअघि उनले विकेट लिएर नेपाललाई जिताउँदा उनको चर्चा हुन्थ्यो । तर बुधबार भने सन्दीप नकरात्मक कारणले चर्चाको पात्र बने ।

२२ वर्षीय सन्दीपलाई १७ वर्षीय युतवीले आफूमाथि बलfत्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएपछि सन्दीपको नकरात्मक रुपमा चर्चा भएको हो । मंगलबार रातीदेखि यसबारेमा समाचार आएपछि सामाजिक सञ्जाल हुँदै यो खबर सबैतिर फैलियो ।

बुधबार सबैजसो मिडियामा दिनभर नै यो खबर मुख्य रुपमा आयो । नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय मिडियामा समेत सन्दीपको बारेमा आएको यो खबर सनसनी बनेर फैलियो । जसरी यसअघि सन्दीपले विकेट जितेर नेपालको लागि जित दिलाउँथे हुने गर्थ्यो ।

सानो उमेरमै नेपाली क्रिकेटका सुपर स्टार, पोष्टर ब्वाए देखि ग्लोबल स्टारको छवी बनाइसकेका सन्दीपमाथि अहिले ‘कालो धब्बा’ लागेको छ । जसबाट पन्छिन र बाहिर निस्कन सन्दीपलाई अब निकै कठिन छ । अहिलेका लागि उनलाई आरोप मात्र लागेको छ । प्रहरीले यस विषयमा छानविन सुरु गरिसकेको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।

नेपाल क्रिकेट संघ क्यानले त्यसपछि बिहीबारै सन्दीपलाई राष्ट्रिय टिमबाट नै निलम्बन गरेको छ ।   अहिले छानविन प्रक्रिया अगाढि बढिसकेकोले यसको नतिजा के आउँछ समय ले नै देखाउनेछ । दोषी प्रमाणित नै भएमा उनले कानुनअनुसार तोकेको सजाय भोग्नुपर्नेछ ।

तर सन्दीपले ६ वर्षको क्रिकेट करियरमा नेपालदेखि विश्वभर जुन सफलता र उपलब्धी हासिल गरेका त्यसलाई अहिले यही एउटा आरोपले छोपिदिएको छ ।

चम्किलो करियर बनाइरहेका सन्दीपको यात्रामा ब्रेक मात्र लागेको छैन यसले उनको करियरकै डाउनफल समेत सुरु भएको छ ।

सन्दीप बिना टिमको अनुहार मलिन

पहिलो पटक केन्या भ्रमण गरेर दुई शृंखला जितेको ट्रफी लिएर नेपाली क्रिकेट टोली बुधबार बिहान करिब ११ बजेतिर त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदा खेलाडीमा कुनै खुशी थिएन । उनीहरुको अनुहार मलिन थियो । केन्या विरुद्ध पाँच खेलको टी२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले जितेको नेपालले तीन खलेको एकदिवसीय शृंखला क्लिन स्वीप नै गरेको थियो । विमानस्थलबाट बाहिरिँदा नेपाली टिमको हातमा दुई ट्रफी थिए । तर जबरजस्ती करणकीको आरोप लागेका सन्दीप टिमसँग थिएनन् भने खेलाडीहरु पनि उत्साह विहिन थिए ।

मंगलबार राती नेपालमा सन्दीपबारे यो खबर सार्वजनिक हुँदा नेपाली टिम केन्यामै थियो । नेपाली टिम नेपाल फर्कँदा उनीहरु यरबारे बेखबर थिए । युएईको शारजहामा आएर अनलाइन समाचार देखेपछि मात्र नेपाली टिमले यसबारे थाहा पाए । त्यसैले बुधबार बिहान नेपाल आइपुग्दा उनीहरुको अनुहार मलिन थियो ।

केन्यामा आफ्नै कप्तानीमा नेपाललाई टी२० अन्तर्राष्ट्रिय शृंखला जिताएर सन्दीप जमैका तल्लावाजबाट सीपीएल खेल्न वेष्ट इन्डिज पुगेका थिए । उनले पनि मंगलबार यो खबर सार्वजनिक हुनुअघि जमैकाको रंगमा फेरी भन्दै फोटो पोष्ट गरेका थिए । तर उनको त्यो उत्साह यो खबर सार्वजनिक भएसँगै निराशामा परिणत भएको छ । जमैकाले बिहीबार सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससँग खेल्ने तालिका छ । तर त्यसमा सन्दीपले खेल्ने सम्भावना कमजोर बनेको छ । उनले जमैकाको पहिलो खेल गुमाएका थिए भने दोस्रो खेलमा उनी पहिलो रोजाईँमा परेनन् ।

अहिले नकरात्मक चर्चा

नेपालका लागि टी२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप नै हुन् । त्यो भन्दा माथि उनी नेपाली टिमका कप्तान हुन् । विश्वकै चर्चित र ग्ल्यामरस क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले अष्ट्रेलियादेखि क्यानडासम्म फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

विश्वभर खेलेर सन्दीपले आफ्नो नामसँगै नेपालको नाम पनि विश्वभर चर्चित गराए । तर अहिले उनले आफ्नो नाम मात्र बदनाम बनाएनन् नेपालकै नाम बदनाम भएको छ । अहिले अन्तर्राष्ट्रिय मिडियामा पनि उनी बारे अहिलेको खबर सार्वजनिक भइसकेको छ ।

यसअघि पनि सन्दीपको विरोध नभएको होइन । कप्तान भएपछि उनको कप्तानीको आलोचना भयो । राम्रो बलिङ गर्ने तर कप्तानी गर्न नसक्ने भनेर विरोध भयो । यो सबै मैदान भित्रकै कुरा थिए । तर अहिले मैदान बाहिरको एउटै घटनाको उनको तिव्र आलोचना र विरोध भएको छ ।

चितवनको क्याम्पचौर देखि मिहिनेत गरेर आईपीएलसम्म पुग्दै नेपालको कप्तानी समेत गरेका सन्दीपको सबै उपलब्धी अहिले छायामा परेको छ ।

सन् २०१६ जनवरीमा बंगलादेशमा भएको यू-१९ क्रिकेट विश्वकपमा ह्याट्रिक विकेद लिँदै सन्दीपले सनसनी मच्चाएका थिए । त्यसपछि उनी र अष्ट्रेलियन महान बलर शेन वार्नसँग सन्दीपको तुलना भएको थियो ।  

त्यही वर्ष मार्चमा कीर्तिपुरम मैदानमा नामिबया विरुद्ध खेल्दै सन्दीपले नेपालको सिनियर टिमबाट डेब्यु गरेका थिए । त्यसयता उनले पछाडी फर्केर हेर्नुपरेको छैन । सन् २०१८ मा नेपालको पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) देशको मान्यता पाएपछि उनले त्यही वर्ष टी२०आई र ओडिआईमा डेब्यु गरे । उनले ३० ओडिआईमा ६९ र ४४ टी२०आईमा ८५ विकेट लिइसकेका छन् । सन् २०१९ मा नेपालका लागि फस्ट क्लास क्रिकेट समेत खेले । उनले सबैखाले फर्म्याटमा गरी अहिलेसम्म ३०८ विकेट लिइसकेका छन् भने नेपाली टिमबाट दुई सय भन्दा बढी विकेट लिइसकेका छन् ।

फ्रेन्चाइज क्रिकेट खेलेर करौडो रकम कमाइसकेका छन् । काठमाडौंमा करौडौँको घर छ । क्रिकेटर भएरै लाखौँ पर्ने कार चढेकै छन् । तर यो सबै हुँदा हुँदै पनि अहिले उनलाई एउटा आरोपले उनको ‘लाइफ ड्यामेज’ जस्तै बनेको छ ।

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: