१३ बुँदामा युवा तथा खेलकुदको बजेट

काठमाडौं ।

नेपाल सरकारले अध्यादेश मार्फत सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा युवा तथा खेलकुदतर्फ २ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ ।

अर्धमन्त्री विष्णु पौडेलले शनिवार सिंहदरबार पुगेर सार्वजनिक गरेको बजेटमा युवा तथा खेलकुदतर्फ बजेटमा ३८ करोड वृद्धि भएको छ । जारी आर्थिक वर्षमा युवा तथा खेलकुदको बजेट २ अर्ब ३६ करोड थियो ।

कोभिड-१९ को समयमा आएको कूल १६ अर्ब ४७ अर्ब ५७ करोडको बजेटमा सबैभन्दा धेरै शिक्षा क्षेत्रमा विनियोजन छ । त्यस्तै स्वास्थ्यमा पनि सबा खर्ब बजेट छुट्टयाइएको छ ।

युवा तथा खेलकुदम यस पटक बजेटमा १३ बुँदा समावेश गरिएको छ । जसमा युवातर्फ युवाको सार्थक सहभागिताको लागि युवा लक्षित कार्यक्रम, युवा स्वरोजगार कोष, युवा नवप्रवर्तन केन्द्र स्थापना र स्काउट विस्तार कार्यक्रम रहेको छ भने खेलकुदतर्फ धेरै जसो भौतिक पूर्वाधारकै कुरा समेटिएको छ ।

खेलकुदमा दुई नयाँ कार्यक्रम निवृत्त भएका खेलाडीलाई व्यावसाय सञ्चालन गर्न सहुलियत कर्जा उपलब्ध गराउने व्वयस्था छ र नेपाललाई खेल पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न अन्तर्राष्ट्रियस्तरको खेल विद्यालयको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

अन्य पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

खेलकुदतर्फको कार्यक्रम ९ बुँदामा

·        समुदायस्तरदेखि नै खेलकुदको विकास र विस्तार गरी शारीरिक र मानसिक रुपमा स्वस्थ, सक्षम र अनुशासित नागरिक तयारी गरी अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको सम्मान अधिवृद्धि गर्न खेलकुद पूर्वाधार विकास, खेलकुद प्रतियोगिता आयोजना, खेलकुद प्रशिक्षण सञ्चलन तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने व्यवस्था

·        झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण सुरु गर्ने

·        मोरङको वैद्यनाथपुर, काठमाडौंको मुलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालग्नज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आवश्यक रकम विनियोजन, आगामी वर्ष पोखरा रंगशाला निर्माण सम्पन्न गरिने

·        सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्वयस्था गर्ने

·        धनगढी, विरेन्द्रनगर, नेपालगन्ज, वीरगन्ज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण अघि बढाइने । सबै स्थानिय तहमा खेल पूर्वाधार निर्माण गरिने । आगामी आर्थिक वर्षमा १ सय ६८ स्थानिय तहमा खेलग्राह निर्माण गर्न रकम छुट्टयाएको ।

·        सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाई अल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्था गरेको ।

·        आगामी आर्थिक वर्ष नवौं राष्ट्रिय खेलकुद आयोजना गरिनेछ । अन्तर्राष्ट्रिय स्तरमा पदक हासिल गर्न सम्भाव्य खेल पहिचान गरि प्रोत्साहन गरिनेछ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गरिनेछ ।

·        नेपाललाई खेल पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न अन्तर्राष्ट्रिय स्तरको खेल विद्यालयको सम्भाव्यता अध्ययन गरिने ।

·        युवा तथा खेलकुद मन्त्रालयको लागि रु २ अर्ब ७४ करोडको बजेट विनियोजन

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: