१० जेठ, काठमाडौं ।
‘मिनी विश्वकप’को रुपमा परिचित युरोकप २०२० आगामी जुन ११ देखि जुलाई ११ (जेठ २८ देखि असार २७) सम्म आयोजना हुँदैछ । २०२० मै हुनुपर्ने युरो कोरोनाभाइरस महामारीले गर्दा एक वर्ष पछि सारिएको थियो ।
१६औं संस्करण युरोकप युरोपका विभिन्न ११ देशका ११ शहरमा आयोजना हुँदैछ । युरो सुरु भएको ६०औं वर्षगाँडको अवसरमा युरोकप धेरै देशमा आयोजना गर्न लागिएको हो ।
युरोकपमा सहभागि हुने २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको समूह विजेता र समूह उपविजेता सँगै तेस्रो हुनेमध्येको उत्कृष्ट चार टोलीले प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

यस पटक युरोकप नेदरल्याण्ड्सको आम्स्टरडाम, अजरवैजानको बाकु, स्पेनको सेभिया, रोमानियाको बुकारेस्ट, हंगरीको बुडापेस्ट, डेनमारकको कोपनहेगन, स्कटल्याण्डको ग्लास्गो, जर्मनीको म्युनिख, इंग्लयाण्डको लण्डन, इटलीको रोम र रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ ।
युक्रेनको किभमा सन् २०१२ को युरो फाइनल अघि तात्कालिन युइएफए अध्यक्ष मिचेल प्लाटिनीले २०२० को युरोकप एक वा जोइन्ट होस्ट भन्दा १२ वा १३ देशमा आयोजनाका लागि प्रस्ताव गरे ।
युरो सुरु भएको ६० वर्ष पुगेको अवसरमा तात्कालिन युइएफए अध्यक्ष प्लाटनीले आयरल्याण्डको डब्लिनदेखि अजरवैजानको बाकुसम्म युरो आयोजना गर्ने प्रस्ताव गरेका थिए । त्यसै वर्ष डिसेम्बरमा युइएफएले २०२० को युरो धेरै देशमा आयोजना गर्ने निर्णय गरेको हो ।
समूह ए मा रहेका टर्की र इटलीबीच रोममा उद्घाटन खेल हुनेछ । सेमिफाइनलर फाइनल खेल लण्डनमा हुनेछ ।
युरोकप २०२० मा समूह चरणमा ३६ र नकआउट चरणमा १५ गरी कूल ५१ खेल हुनेछ ।
यस्तो छ विभाजन र खेलतालिका
१६औं युरोकप (युरो २०२०)
११ जुन–११ जुलाई २०२१ (२८ जेठ-२७ असार २०७८)
समूह विभाजन
समूह ए (रोम/बाकु) : टर्की, इटाली (आयोजक), वेल्स, स्वीट्जरल्यान्ड
समूह बी (कोपेनहेगन/सेन्ट पिटर्सवर्ग) : डेनमार्क (आयोजक), फिनल्यान्ड, बेल्जियम, रसिया (आयोजक)
समूह सी (आम्स्टरडम/बकारेस्ट) : नेदरल्यान्ड्स (आयोजक), युक्रेन, अष्ट्रिया, नर्थ मेसेडोनिया
समूह डी (लन्डन/ग्लास्गो) : इंग्ल्यान्ड (आयोजक), क्रोएसिया, स्कटल्यान्ड (आयोजक), चेकरिपब्लिक
समूह ई (सेभिया/सेन्ट पिटर्सवर्ग) : स्पेन (आयोजक), स्वीडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ (म्युनिख/बुडापेस्ट) : हंगेरी (आयोजक), पोर्चुगल (साविक विजेता), फ्रान्स, जर्मनी (आयोजक)
समूह चरण
सेन्ट्रल युरोपियन टाइम (सीइटी) अनुसार सबै खेल सुरु हुनेछ । नेपालमा भने ३ घण्टा ४५ मिनेट अगाडि खेल सुरु हुनेछ ।
नेपालमा ६:४५, ९:४५ र १२:४५ बजे खेल सुरु हुनेछ ।
शुक्रबार ११ जुन (जेठ २८ गते)
१. समूह ए: टर्कीविरुद्ध इटाली (राति १२:४५ बजे/रोम)
शनिबार १२ जुन (जेठ २९ गते)
२. समूह ए: वेल्सविरुद्ध स्वीट्जरल्यान्ड्स (साँझ ६:४५ बजे/बाकु)
३. समूह बी: डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९:४५ बजे/कोपेनहेगन)
४. समूह बी: बेल्जियमविरुद्ध रसिया (राति १२:४५ बजे/सेन्ट पिटर्सवर्ग)
आइतबार १३ जुन (जेठ ३० गते)
५. समूह डी: इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६:४५ बजे/लन्डन)
६. समूह सी: अष्ट्रियाविरुद्ध नर्थ मेसेडोनिया (राति ९:४५ बजे/बुकारेस्ट)
७. समूह सी: नेदरल्यान्डस्विरुद्ध युक्रेन (राति १२:४५ बजे/आम्स्टरडम)
सोमबार १४ जुन (जेठ ३१ गते)
८. समूह डी: स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति ६:४५ बजे/ग्लास्गो)
९. समूह ई: पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)
१०. समूह ई: स्पेनविरुद्ध स्वीडेन (राति १२:४५ बजे/सेभिया)
मंगलबार १५ जुन (असार १ गते)
११. समूह एफ: हंगेरीविरुद्ध पोर्चगल (राति ९:४५ बजे/बुडापेस्ट)
१२. समूह एफ: फ्रान्सविरुद्ध जर्मनी (राति १२:४५ बजे/म्युनिख)
बुधबार १६ जुन (असार २ गते)
१३. समूह बी: फिनल्यान्डविरुद्ध रसिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)
१४. समूह बी: टर्कीविरुद्ध वेल्स (राति ९:४५ बजे/बाकु)
१५. समूह ए: इटालीविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे/रोम)
बिहीबार १७ जुन (असार ३ गते)
१६. समूह सी: युक्रेनविरुद्ध नर्थ मेसेडोनिया (राति ६:४५ बजे/बुकारेस्ट)
१७. समूह बी: डेनमार्कविरुद्ध बेल्जियम (राति ९:४५ बजे/कोपेनहेगन)
१८. समूह सी: नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया (राति १२:४५ बजे/आम्स्टरडम)
शुक्रबार १८ जुन (असार ४ गते)
१९. समूह ई: स्वीडेनविरुद्ध स्लोभाकिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)
२०. समूह डी: क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९:४५ बजे/ग्लास्गो)
२१. समूह डी: इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२:४५ बजे/लन्डन)
शनिबार १९ जुन (असार ५ गते)
२२. समूह एफ: हंगेरीविरुद्ध फ्रान्स (राति ६:४५ बजे/बुडापेस्ट)
२३. समूह एफ: पोर्चुगलविरुद्ध जर्मनी (राति ९:४५ बजे/म्युनिख)
२४. समूह ई: स्पेनविरुद्ध पोल्यान्ड (राति १२:४५ बजे/सेभिया)
आइतबार २० जुन (असार ६ गते)
२५. समूह ए: इटालीविरुद्ध वेल्स (राति ९:४५ बजे/रोम)
२६. समूह ए: स्वीट्जरल्यान्डविरुद्ध टर्की (राति ९:४५ बजे/बाकु)
सोमबार २१ जुन (असार ७ गते)
२७. समूह सी’: नर्थ मेसेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे/आम्स्टरडम)
२८. समूह सी: युक्रेनविरुद्ध अष्ट्रिया (राति ९:४५ बजे/बुकारेस्ट)
२९. समूह बी: रसियाविरुद्ध डेनमार्क (राति १२:४५ बजे/कोपेनहेगन)
३०. समूह बी: फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२:४५ बजे/सेन्ट पिटर्सवर्ग)
मंगलबार २२ जुन (असार ८ गते)
३१. समूह डी: चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे/लन्डन
३२. समूह डी: क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२:४५ बजे/ग्लास्गो)
बुधबार २३ जुन (असार ९ गते)
३३. समूह ई: स्लोभाकियाविरुद्ध स्पेन (राति ९:४५ बजे/सेभिया)
३४. समूह ई: स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग
३५. समूह एफ: जर्मनीविरुद्ध हंगेरी (राति १२:४५ बजे/म्युनिख)
३६. समूह एफ: पोर्चुगलविरुद्ध फ्रान्स (राति १२:४५ बजे/बुडापेस्ट)
रेस्ट डे २४ र २५ जुन (असार १० र ११ गते)
प्रिक्वाटरफाइनल
शनिबार २६ जुन (असार १२ गते)
३७. समूह ए को उपविजेता र समूह बी को उपविजेता (राति ९:४५ बजे/आम्स्टरडम)
३८. समूह ए को विजेता र समूह सी को उपविजेता (राति १२:४५ बजे/लन्डन)
आइतबार २७ जुन (असार १३ गते)
३९. समूह सी को विजेता र समूह डी/ ई/एफको तेस्रो हुने टोली (राति ९:४५ बजे/बुडापेस्ट)
४०. समूह बी को विजेता र समूह ए/डी/ई/एफको तेस्रो हुने टोली (राति १२:४५ बजे/सेभिया)
सोमबार २८ जुन (असार १४ गते)
४१. समूह डी को उपविजेता र समूह ई को उपविजेता (राति ९:४५ बजे/कोपेनहेगन)
४२. समूह एफको विजेता र समूह ए/बी/सीको तेस्रो हुने टोली (राति १२:४५ बजे/बुकारेस्ट)
मंगलबार २९ जुन (असार १५ गते)
४३. समूह डी को विजेता र समूह एफ को उपविजेता (राति ९:४५ बजे/लन्डन)
४४. समूह ई को विजेता र समूह ए/बी/ सी/डीको तेस्रो हुने टोली (राति १२:४५ बजे/ग्लास्गो)
रेस्ट डे ३० र १ जुलाई (असार १६ र १७ गते)
क्वाटरफाइनल
शुक्रबार २ जुलाई (असार १८ गते)
४५. खेल नम्वर ४२ को विजेता र खेल नम्वर ४१ को विजेता (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)
४६. खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२:४५ बजे/म्युनिख)
शनिबार ३ जुलाई (असार १९ गते)
४७. खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति ९:४५ बजे/बाकु)
४८. खेल नम्वर ४४ को विजेता र खेल नम्वर ४३ को विजेता (राति १२:४५ बजे/रोम)
रेस्ट डे ४ र ५ जुलाई (असार २० र २१ गते)
सेमिफाइनल
मंगलबार ६ जुलाई (असार २२ गते)
४९. खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२:४५ बजे लन्डन)
मंगलबार ७ जुलाई (असार २३ गते)
५०. खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२:४५ बजे लन्डन)
रेस्ट डे ८, ९ र १० जुलाई (असार २४, २५ र २६)
फाइनल
आइतबार ११ जुलाई (असार २७ गते)
५१. खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे/लन्डन) सेमिफाइनल १ र २ को विजेता
(फोटो: युइएफए)