रासिद खान नेशनल ड्युटीमा जाँदा सन्दीपलाई अवसर

GRN Sports

१७ फागुन, काठमाडौं

इन्डियन प्रिमियर लिग (आइपीएल)को १३औ सिजन पूरै बेन्चमा । अष्ट्रेलियन बिस लिगको १०औं संस्करणमा नयाँ टिम होबार्ट हुरिकेन्सबाट ठिकठाकैको प्रदर्शन । अनी आइपीएलकै १४औं संस्करणको लागि मिनि अक्सनमा अनसोल्ड ।

विश्वभर फ्रेन्चाइज क्रिकेट लिग खेल्नै ग्लोबल स्टारको छवी निर्माण गरिसकेका नेपाली युवा लेगस्पीनर सन्दीप लामिछानेको लागि पछिल्लो समय त्यति सुखद हुन सकेन ।

नेपालले मार्चमा खेल्ने तया भएको विश्वकप लिग २ अन्तर्गत ओमान हुने ट्राई सिरिज अनिश्चित कालका लागि स्थगित हुनु अनी त्यसेका लागि नेपालमा भइरहेको क्रिकेट ट्रेनिङ पनि स्थगित हुनु । सन्दीपका लागि राष्ट्रिय टिमबाट तत्काल खेल्ने पनि कुनै खेल नहुनु ।

निरन्तर खेलिरहेका सन्दीपका लागि तत्काल खेल्न नपाउनु एक चिन्ता होला तर अर्कोतिर नेपाली क्रिकेट फ्यान पनि सन्दीपको लागि लिएर चिन्तित थिए । विशेषगरी आइपीएलमा अनसोल्ड हुँदा नेपालीहरु दु:खी बने ।

तर सन्दीपले यसलाई सहज लिएर फ्यानले देखाएको समर्थनलाई उनीहरुको माया स्वरुप ग्रहण गरे ।

यसेबीच पनि आगामी जुलाईमा इंग्ल्याण्डमा हुने नयाँ फर्म्याटको ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा ओभल इन्भिन्सिभ्लसमा रिटेन हुनु सन्दीप र नेपाली फ्यानको लागि खुशीको विषय बनेर आयो । जहाँ सन्दीप करिब डेढ करोड नेपाली रकमम अनुबन्ध भएका छन् । गत सिजन नै दी हन्ड्रेड प्रतियोगिता तय भएपनि कोरोना महामारीले गर्दा रोकिएको थियो।

२० वर्षीय लेगस्पीनर सन्दीले दी हन्ड्रेड नयाँ फर्म्याटको क्रिकेट भएको र यसमा खेल्न आफू उत्साहित भएको बताएका छन् ।

अर्कोतिर सन्दीप आइपीएलमा अनसोल्ड हुनुअघि पाकिस्तान सुपर लिग पीएसएलमा पनि अनसोल्ड भएका थिए । महँगा रकमसहित प्लाटिनम क्याटेगोरीमा आफूलाई राखेपनि त्यहाँ कुनै पनि टिमले सन्दीपलाई अनुबन्ध गरेनन् ।

तर समय सधैँ एक हुँदैन । समयसंगै सबै विषयमा परिवर्तन हुँदै जान्छ । ड्राफ्टबाट छनोट हुन असफल भएपनि सन्दीपले अहिले पाकिस्तानमा भइरहेको पीएसको छैटौं संस्करणमा खेल्ने अवसर पाएका छन् ।

सन्दीपले सन् २०१९ मा लाहोर कलन्दर्सबाट पहिलो पटक पीएसएल खेलेका थिए । २०२० मा उनी छनोट भएनन् ।

यस पटक भने सन्दीप रिप्लेसमेन्ट प्लेअरको रुपमा पीएसएलमा अनुबन्ध भएका छन् । सन्दीपले फेरि लाहोर कलन्दर्सबाटै पिएसएल खेल्ने भएका हुन् ।

र सन्दीपले प्रतिस्पर्धा गरेका खेलाडी विश्व चर्चित अर्का स्पीनर रासिद खान हुन् । यस पटक लाहोरले रासिदलाई ड्राफ्टबाट छनोट गरेको थियो । तर रासिद सुरुवाती दुई खेल्दै लाहोर टिम छाडे ।

अफगानिस्तानको राष्ट्रिय टिमबाट खेल्न उनले लाहोर टिम छाडे । त्यही रिक्त स्थानमा सन्दीपले अवसर पाएका हुन् ।

त्यसका लागि सन्दीप शनिवारै नेपालबाट दोहा हुँदै पाकिस्तानको कराँची प्रस्थान गरेका छन् । पीएसएस भइरहेकव स्थान कराँची शहरमा सन्दीपले आफ्नो टिमलाई भेट्नेछन् ।

पीएसएसको वेवसाइटमा शनिवारै सन्दीपले रासिदको स्थानमा खेल्ने जनाएको छ । रासिखदे क्वेट्टा ग्लाडिएटर्स र पेशावर जाल्मी विरुद्ध खेलेका थिए । उक्त खेल लाहोरले क्रमश: ४ विकेट र ९ विकेटले जितेको थियो ।

पीएसएलले सन्दीप सिजनको बाँकी समयभरका लागि उपलब्ध हुने पनि जनाएको छ ।

सन्दीप, रासिद र शदाब खानले सन् २०१६ मा बंगलादेशमा भएको आइसीसी यू१९ विश्वकप खेलेका थिए । यी सबै खेलाडीले त्यहीबाँट राष्ट्रिय टिमसम्म पुग्नेबाटो बनाए र स्टार भए । तीन जना स्पीनर हुन् । सन्दीप र रासदि विश्व चर्तित स्पीनरको रुपमा छन् । शदाब पाकिस्तान राष्ट्रिय टिमको उपकप्तान छन् । रासिदले अफगानिस्तानको राष्ट्रिय टिमको कप्तानी गरिसके । २२ वर्षीय शदाब अहिले पीएसएलमा इस्लामाबाद युनाइटेडको कप्तानी गरिरहेका छन् । सन्दीपले पनि नेपालमा फ्रेन्चाइज लिगको कप्तानी गरिसकेका छन् ।

सन्दीपले राष्ट्रिय टिमको कप्तानी गर्ने अवसर आए त्यसका लागि आफू तयार रहेको सम्मान समेत हुने बताएका छन् ।

फेब्रुअरी २२ देखि शुरु भएको पीएसलको छैटौं संस्करण मार्च २२ सम्म सञ्चालन हुनेछ । लाहोरले लिग चरणमा अझे ७ खेल खेल्न बाँकी छ । प्लेअफ पुगेमा सन्दीपले अझै थप खेल खेल्ने अवसर हुनेछ ।

नेपालमा खेल्न जुरेन

नेपालको अन्तर्राष्ट्रिय खेल स्थगित भएपछि क्यानले यही फागुनमा मेयर कप एकदिवसीय क्रिकेट आयोजना गर्दैछ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा यही फागुन २२ देखि २९ गतेसम्म टीयू मैदान र मुलपानी मैदानमा मेयर कप हुनेछ । जसमा माघमा भएको प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल पुगेका चार टिम र महानगरपालिकाको एक टिमसहित पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रधानमन्त्री कप हुँदा सन्दीप अष्ट्रेलियामा बिग बास लिग खेलेर फर्केका थिए । सन्दीपले प्रधानमन्त्री कप खेलेनन् । यसअघिका संस्करणमा पनि सन्दीप कतै न कतै व्यस्त हुँदा घरेलु राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर जुरेन ।

यस पटक फ्रेन्चाइज लिग र राष्ट्रिय टिमको खेल नहुँदा सन्दीपले मेयर कप खेल्ने सम्भावना बढेको थियो ।

२०१८ डिसेम्बरमा एभरेष्ट प्रिमियर लिग (इपीएल) खेलेयता सन्दीपले घरेलु प्रतियोगिता खेलेका छैनन् । त्यसैले सन्दीप आफैँ पनि नेपालमै डोमेस्टिक प्रतियोगिता खेल्न उत्सहित थिए ।

टीयू मैदानमा सन्दीपको गुग्ली हेर्न दर्शक तयार थिए । तर लाहोरको भिसा लाग्दै सन्दीप कराची उडेपछि तत्कालका लागि उनले नेपालमा राष्ट्रिय प्रतियोगिता खेल्ने सम्भावना टरेको छ ।

केही समयअघि सन्दीपलाई नेपालको घरेलु प्रतियोगिता खेलेको कहिले हेर्न पाइन्छ भन्ने प्रश्नमा उनले बाहिर खेल नपरे हेर्न पाइन्छ भनेका थिए । यस पटक त्यो सम्भावना थियो तर बाहिर खेल्ने अवसर सन्दीपले पाए अनी उडे कराची ।

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

<span>%d</span> bloggers like this: