८ फागुन काठमाडौं ।
१२ खेल १२ वटैमा जित । ७७ गोल गरेको । १ गोल खाएको । अनी अपराजित च्याम्पियन । विभागीय टोली एपीएफले राष्ट्रिय महिला लिग उपाधि जित्दाको उपलब्धी हो यो । ७ टिम सहभागि लिगमा एपीएफले १२ खेल जित्दै ७७ गोल गरेको एपीएफले जम्मा १ गोल मात्र खायो ।
राष्ट्रिय टिमका अधिकांश खेलाडी रहेको एपीएफले नगरपालिकाको टिमहरुलाई सहजै पराजित गर्यो । केही खेलमा एपीएफले गोलको वर्षा गर्यो । विभागीय टिम विरुद्ध भने एपीएफले संघर्ष गर्नुपरेको थियो । तर डबल लिगमा एपीएफले आर्मी र पुलिसलाई दुवै खेलमा हरायो ।
आर्मीलाई पहिलो चरणमा २-० ले पराजित गरेको एपीएफले अन्तिम खेलमा आर्मीलाई ३-० ले हरायो । यस्तै पुलिसलाई पहिलो चरणमा ३-० र दोस्रो चरणमा २-१ ले हरायो । पुलिस विरुद्ध व्यहोरेको गोल नै एपीएफले लिगमा खाएको एक मात्र गोल हो । पुलिसकी अमृता जैसीले एपीएफ विरुद्ध गोल गरेकी थिइन् ।
एपीएफले अन्य ११ खेलमा गोल खाएन ।
अन्तिम खेलमा आर्मीलाई ३-० ले हराउदै च्याम्पियन बनेपछि एपीएफका खेलाडी, प्रशिक्षक, पदाधिकारी सबै उत्साहित थिए । दुई खेलअघि नै च्याम्पियन बनेपछि विभागीय टोलीलाई नै अन्तिम खेलमा हराएर उपाधि जित्दा एपीएफको शान छुट्टै थियो ।
एपीएफलाई अपराजित रहँदै च्याम्पियन बनाउने टिमकी कप्तान अनिता बस्नेतले यसको खुशी व्यक्त गर्ने शब्द नै नभएको प्रतिक्रिया दिइन् । ‘अब यसलाई कसरी व्यक्त गर्ने म संग शब्द नै हैन ।’ आर्मीलाई हराएपछि उनले भनिन् । ‘हामीले १२ खेल जित्दै उपाधि जित्यौँ । त्यसमा खुशी छौँ तर महत्वपूर्ण खेलाडी साम्बा घाइते हुनु हाम्रो लागि दुखद भयो । हामीले हरेक क्षण साम्बाकै लागि प्रे गरिराथ्यौँ ।’
पहिलो पटक टिमलाई लिड गर्दै उपाधि जिताएकी अनिताले योजना अनुसार नै सबै खेल जितेको तर एउटा चाहना पूरा हुन नसकेको बताइन् । ‘हामीले योजना अनुसार नै लिग जित्यौँ । अझ हामीले लिगमा एक गोल नखाई लिग च्याम्पियन बनेर इतिहास रच्न हामी सबैको योजना थियो । त्यो चाँही पूरा हुन सकेन । पुलिस विरुद्ध गोल खायौँ । हाम्रो लक्ष्य जसरी पनि सबै खेल जितेर लिग जित्ने नै थियो ।’
दुई खेल अघि नै लिग उपाधि पक्का गरिसकेपनि अन्तिम खेलमा आर्मीलाई पराजित गर्दै उपाधि जित्नुको मज्जा बेग्लै भएको अनिताले सुनाइन् । ‘आर्मीलाई हराएर जित्दा छुट्टै आनन्द छ । हामीले सोचेको नै भाइटल म्याच नै फेस गर्न चाहन्थ्यौ । सजिलो टिमसंग खेल्दा हामीलाई खासै केही थिएन । किनभने भाइटल म्याचमै जितेर ट्रफी उचालेको छुट्टै आनन्द हुन्छ ।’
यस्तै उनले अन्तिम खेल हार्नु भन्दा जितेर नै ट्रफी उचाल्नु मज्जा भएको बताइन् । ‘च्याम्पियन भइसकेपछि म्याच जित्दा अर्को खुशी हुन्छ । विनर हामी अलरेडी भइसकेका थियौँ । च्याम्पियन त बनिसकेका थियौँ तर पनि हामीले मैदान भित्र जितेर ट्रफी उचालेको र हारेर उचालेको त निश्चय नै फरक पर्छ नि ।’ अनिताले खुशी हुँदै भनिन् । ‘त्यही भएर हामी जसरी पनि आर्मीलाई जित्नैपर्छ भन्ने सोचेका थियौँ त्यो खुशी छुट्टै हुन्छ । मैले खेलाडीहरुलाई पनि त्यही भनेको थिएँ । हारेर ट्रफी उचालेको खासै मजा हुँदैन ।’
एपीएफले लगातार तेस्रो पटक उपाधि जित्दै लिग उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि छोटो लिग हुँदा भन्दा अहिले लामो समय लिग हुँदा फरक भएको उनले बताइन् । ‘हामीले लगातार तेस्रो पटक लिग उपाधि जित्यौँ । पहिला र अहिले धेरै फरक भएको छ । पहिला १० देखि १५ दिनमा लिग सकाउँनुपर्ने हुन्थ्यो । अहिले एक महिना लिग भयो । विदेशी खेलाडीसंग पनि खेल्न पायौँ । यसरी लिग जित्यौँ रमाइलो भयो । पहिलाको भन्दा अहिले धेरै खेल थिए । अहिले फरक छ ।’
आफ्नो नेतृत्वमा एपीएफलाई अपराजित च्याम्पियन बनाएपछि अनिताले व्यक्त गरेको धारणा संक्षिप्तमा
हामीले १२ खेलमा १२ वटै खेल जितेर च्याम्पियन बन्यौँ । अहिले म यसमा के भन्ने सोच्नै सक्दिन । शब्दमा व्यक्त गर्न सक्दिन । किनभने हामीले महत्वपूर्ण खेलाडी गुमाएको थियौँ । च्याम्पियन बनिसकेका थियौँ तर अन्तिम खेल कसरी जित्ने भन्ने कुरा थियो । हाम्रो मुख्य खेलाडी साम्बा हो । साम्बालाई मुटु मान्छु म । उसले गोल मात्र होइन असिस्ट समेत गरिरहेको छ । त्यही भएर मैले धेरै मिस गरे । त्यसको बावजुत पनि साम्बा बिना हामी पनि खेल जित्यौँ । हामीले हरेक क्षण साम्बाका लागि ‘प्रे’ गरिराथ्यौँ ।
मेरो नेतृत्वम जिताउँदा एकदम खुशी भएँ । चोटका कारण खेलाडीलाई गुमाउँदा चाँही खुशी हुन सकेनौँ । साम्बा एक वर्ष बाहिर बस्नुपर्छ । साम्बा बिना लिड गर्यौँ सिनियर दिदीहरु हुनुहुन्छ । जुनियरलाई लिड गरे । अब टिममा लिड गर्न गाह्रो नै हुन्छ । जुनियर पनि छन् उनीहरुलाई मिलाउनुपर्छ ।
हामीले योजना अनुसार नै लिग जित्यौँ । अझ हामीले लिगमा एक गोल नखाई लिग च्याम्पियन बनेर इतिहास रच्न हामी सबैको योजना थियो । त्यो चाँही पूरा हुन सकेन । पुलिस विरुद्ध गोल खायौँ । हाम्रो लक्ष्य जसरी पनि सबै खेल जितेर लिग जित्ने नै थियो ।
पहिलो म्याच देखि नै अन्तिम म्याच सम्म हामीले जित्यौँ जसरी पनि खेल जित्नैपर्छ भनेर नै लाग्यौँ र निरन्तर दियौँ ।
आर्मीलाई हराएर जित्दा छुट्टै आनन्द छ । हामीले सोचेको नै भाइटल म्याच नै फेस गर्न चाहन्थ्यौ । सजिलो टिमसंग खेल्दा हामीलाई खासै केही थिएन । किनभने भाइटल म्याचमै जितेर ट्रफी उचालेको छुट्टै आनन्द हुन्छ ।
च्याम्पियन भइसकेपछि म्याच जित्दा अर्को खुशी हुन्छ । विनर हामी अलरेडी भइसकेका थियौँ । च्याम्पियन त बनिसकेका थियौँ तर पनि हामीले मैदान भित्र जितेर ट्रफी उचालेको र हारेर उचालेको त निश्चय नै फरक पर्छ नि ।
त्यही भएर हामी जसरी पनि आर्मीलाई जित्नैपर्छ भन्ने सोचेका थियौँ त्यो खुशी छुट्टै हुन्छ । मैले खेलाडीहरुलाई पनि त्यही भनेको थिएँ । हारेर ट्रफी उचालेको खासै मजा हुँदैन ।
साम्बा घाइते भएपछि टिममा मनोवैत्रानिक असर निश्चय नै पर्यो । मलाई त धेरै नै पिर परिराथ्यो मनमा । किनभने मैले अरुलाई पनि ह्यान्डल गर्नुपर्ने थियो । हामीलाई धेरै च्यालेन्ज थियो । मैले हामीले साम्बाकै लागि खेल्नुपर्छ है भनेको थिएँ । सबैजनाको एकरुपता थियो । बहिनीहरुको साथ थियो । त्यसैले हामी सफल भयौँ ।
मेरो प्रदर्शनमा म सन्तुष्ट छैन । मैले अझै धेरै गर्नुपर्ने थियो किनभने मैले अझै मिहिनेत गर्नुपर्छ । मैले जुन गेम खेले त्यसमा हेर्दा मैले अझै गर्नुपर्छ यतिले पुग्दैन ।
हामीले लगातार तेस्रो पटक लिग उपाधि जित्यौँ । पहिला र अहिले धेरै फरक भएको छ । पहिला १० देखि १५ दिनमा लिग सकाउँनुपर्ने हुन्थ्यो । अहिले एक महिना लिग भयो । विदेशी खेलाडीसंग पनि खेल्न पायौँ । यसरी लिग जित्यौँ रमाइलो भयो । पहिलाको भन्दा अहिले धेरै खेल थिए । अहिले फरक छ ।
विदेशी खेलाडीहरुसंग खेल्दा हामी पनि अनुभव लिने हो । उहाँहरुको बल टच राम्रो थियो । हामीले पनि केही कुराहरु विदेशीबाट सिक्यौँ । शारीरिक रुपमा भन्ने हो भने खासै फरक भएन ।
अब तत्काल गेम छैन । हामीले निरन्तर गेम खेल्न पाए राम्रो हुन्छ । कोभिडले एक वर्ष खेल्न पाएन । अझ धेरै गेम भयो भयो भने हामीले खेल्न पाउँछौँ र नयाँ बहिनीहरु आउँदा उनीहरुले पनि खेल्न पाउँछ ।
लगडाउनले लामो समय बाहिर रहनुपर्छ लिगको सुरुको खेलहरुमा फिटनेसले गर्दा गाह्रो पनि भयो । हामीले सेल्फ ट्रेनिङ त गरिराथ्यौँ तर सेल्फ ट्रेनिङ र ग्रुप ट्रेनिङमा फरक पर्छ ।
यो लिगबाट प्रिति बहिनी राम्रो सम्भावना देखिएको खेलाडीको रुपमा देखिएको छ । सरु बहिनीले पनि धेरै राम्रो खेलिराछ । प्रितीले उमेर समूहमा खेलेको हो राष्ट्रिय टिममा छैन । हाम्रो टिममा उ नै मैले एकदम धेरै सम्भावना देखेको खेलाडी हो ।
अब लिग सकियो तत्काल खेल छैन । लास्ट टाइम म र साम्बाले भारतमा गएर खेलेका थियौँ । यो पटक पनि बाहिर खेल्ने योजना छ । गेम हुँदा साम्बालाई मैले जहिले पनि मिस गर्छु । लास्ट टाइम हामी संगै भारत गयौँ तर फरक टिमबाट खेल्यौँ । सेमिफाइनलमा म भएको टिम साम्बाकै टिमसंग हारेको थियो । उसलाई मिस गरिराको हुन्छु । अब यो गेमपछि म र अरु खेलाडीहरु पनि जान्छौँ होला । भारतमा खेल्न मेरो कुरा भइराछ कुन टिम हुन्छ अहिले भन्न सकिन्न ।