१९ बैशाख, काठमाडौं
GRNSports
उदाहरणको लागि देश भनेको राष्ट्रिय टिम अनी राजनीनिक पार्टी भनेको कुनै खेलकुद टिम अथवा क्लब । त्यसलाई हाँक्न वा नेतृत्व गर्न एक जना कप्तान लिडर चाहिन्छ । जसलाई सबैले मानेको होस् अनी उसले भनेको अरुले पनि सुनोस् ।
केही समयअघिसम्म अलराउण्डर पारस खड्का नेपालको राष्ट्रिय टिमका कप्तान थिए । उनी देशलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्त गर्दा नेतृत्व गर्थे । यस्तै नेपालभित्रै राष्ट्रिय प्रतियोगिताहरु फेन्चाइज लिगहरु हुँदा उनी आफ्नो डोमेस्टिक टिमलाई पनि लिड गर्थे । एउटा कप्तान दुई खाले टिमको नेतृत्वमा हुन्थ्यो ।
भारतमा महेन्द्रसिंह धोनी केही वर्ष अघि सम्म राष्ट्रिय टिमका पनि कप्तान थिए चेन्नाई सुपर किंग्सका पनि ।
अहिले विराट कोही भारतीय टिमको कप्तान छन् अनी आइपीएलमा रोएल च्यालेन्जर्स बैंगलोरका कप्तान।
यस्तै फुटबलमा लिओनल मेसी अर्जेन्टिनाको राष्ट्रिय टिमका कप्तान छन् क्लबमा भने उनी स्पानिस ला लिगा क्लब बार्सिलोनाका कप्तान छन् ।
एक वर्षअघि नेपाली फुटबल टिममा पनि विराज महर्जन राष्ट्रिय टिम र आफ्नो क्लबको कप्तान थिए ।
एउटा राष्ट्रिय टिम अर्को क्लब दुवैको कप्तान हुँदा खेलाडीको नाम मान अघि हुन्थ्यो नै त्यसलाई इन्जोए समेत गर्छन् । दुवै कप्तानी पद छाड्न उनीहरु चाहदैनन् ।
अनी टिमको नेतृत्व गर्न सबैको समर्थन पक्कै चाहिन्छ ।
राष्ट्रिय टिमको कप्तान रहिरहनु छ भने सबै खेलाडीको साथ चाहिन्छ आफ्नो टिमको । तर क्लबको कप्तान हुन आफ्नो टिम भित्रको समर्थनले पुग्छ ।
तर राजनीतिमा धेरै कुरा मिल्नुपर्छ । क्लबको (पार्टी) को कप्तान हुन क्लबका खेलाडीहरुको समर्थनले त पुग्ला कहिलेकाँही बाहिरी क्लबका खेलाडीले पनि यसमा चलखेल गर्न सक्छन् । यस्तै राजीनितको राष्ट्रिय टिमको कप्तान (प्रधानमन्त्री) हुन भने आफ्नो टिम क्लब र विपक्षी क्लबहरुको समर्थन पनि आवश्यक पर्छ ।
तर कहिलेकाँही आफ्नै टिमका खेलाडीले पनि अविश्वास गरिदिँदा कप्तानी पद धरापमा पर्न सक्छ । जसतो अहिले नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिन थालेको छ ।
झण्डै दुई वर्ष अघि नै दुई उस्तै खाले टिम मिलाएर मर्ज गरेर यो एउटा ठूलो टिम बनेको थियो । उनीहरुको उस्तै उस्तै थिए तर फरक थिए । तैपनि एक ठाउँमा मिल्लन सहमत भए । अझैसम्म पनि पूर्ण रुपमा सबै मिल्ने काम सम्पन्न भइसकेको छैन ।
राम्रोसंग जोडिएको छैन । टिम मिलाउँदै गर्दा त्यही भित्र चिरा पर्न थालिसकेको छ ।
अहिले राष्ट्रिय टिम र नेकपा टिमको कप्तान एउटै छन् केपी शर्मा ओली । उनी प्रधामन्त्री र नेकपाका अध्यक्ष हुन् । केही समयअघि उनले पुष्प कमल दाहाल प्रचण्डलाई पनि सहायक कप्तानको रुपमा संगै राखेका थिए ।
कप्तानले आफूलाई कठिन भएको बेला सहकप्तान समेत बनाए । सहकप्तान टिम मर्ज हुनुअघि अर्को टिमको कप्तान थिए । केही वर्षअघि दुई टिमको कप्तान एउटै ठाउँमा हुँदा ओलीले दुई पाइलट विमान हाँक्ने जस्ता कुरा समेत गरेका थिए ।
तर अहिले मुख्य कप्तानको भूमिकामाथी त्यही टिमका तल्लो तहसम्मबाट प्रश्न उठ्न थालेको छ । केही खेलाडी मुख्य कप्तानको पूर्ण समर्थनमा छन् । मुख्य कप्तान पनि आफूलाई अझै धेरैको समर्थन रहेको भ्रममा छन् ।
राष्ट्रिय टिमको लागि ओली पाँच वर्षको कप्तानको रुपमा चयन भएका हुन् । उनको ३ वर्ष पूरा हुन लागिसकेको छ ।
क्लबपनि उनी त्यसअघि नै कप्तान थिए । दुई क्लब मर्ज भएपछि अब ठूलो भेला अर्थात महाधिवेशन गरेर फेरि अर्को कप्तान छान्ने प्रक्रिया शुरु हुन्छ त्यसमा के के हुन्छ कुन खेलाडी कताति ढल्कन्छन् हेर्न बाँकी छ ।
अहिले त्यो सबै विषयलाई मिलाउन आफू अनुकुल बनाउन मुख्य कप्तान ओली लागिपरेका छन् । बाहिर धेरै हल्ला चल्न थालेपनि कतै आफ्नो धरापमा त परेन भनेर उनले नजिकका खेलाडीसंग सल्लाह गर्न थालेका छन् । अनी आफ्नै टिमको अर्को गुटका ठूला खेलाडीहरु र अन्य खेलाडीहरुसंग छलफल गर्न पठाएका छन् ।
यस्तै मुख्य कप्तान ओलीले आफ्नो टिममा रहेका राष्ट्रिय टिमका पूर्व कप्तानहरु पुष्प कमल दाहाल माधव कुमार नेपालसंग पनि छलफल गरेका छन् । उनको भनाई अझै केही समय म नै कप्तान बन्छु भन्नै छ ।
पूर्व कप्तानहरु पनि मुख्य कप्तानलाई चुनौती दिइरहेका छन् । नसके छाड्नुस् सम्म भन्न थालिसके । कप्तान हुन नपाएकाले समेत यो भन्न थालेका छन् ।
मुख्य कप्तानलाई अहले आफ्नै पुराना कप्तानले चुनौती दिइरहेका छन् । साथै अर्का टिमका कप्तानले पनि चुनौती दिएका छन् ।
विपक्षी टिमका कप्तान (देउबा लगायत)हरु चुपचाप जस्तै छन् । उनीहरुले खासै असर गरेको छैन । बरु आफ्नै टिमका पूर्व कप्तान खेलाडीले भड्काउला भनने पिर छ ।
त्यसैले ओलीले कप्तानका आकांक्षीसंग कुरा गर्न थालेका छन् ।
आफ्नो नजिकका खेलाडीलाई अर्को गुटमा बुझ्न पठाएका छन् । खबर चोरिरहेका छन् ।
जब खेलाडीहरु मिल्न छाड्न टिममा फाटो आउँछ गेम राम्रो हुँदेन । विपक्षीसंग हार्छ । तर यहाँ कोही विपक्षी छैन तत्काललाई एक्लै खेल भन्दा पनि आफैसंग हार्ने अवस्थामा पुगेका छन् । विपक्षी टिमहरुलाई समेत संगै अगाडि बढाएर कोरोना विरुद्ध लड्दै देशलाई बचाउने बेला आएको छ ।
यसैबीच मुख्य कप्तान विपक्षी टिम र आफ्नै टिमलाई समेत धातक हुने नियम (अध्यादेश) बनाउन लगाउछन् । टिममा खासै छलफल नगरी रेफ्री (राष्ट्रपति)बाट पारित गराउँछन् । फेरि त्यसको विरोध र आलोचना सबैतिरबाट भएपछि खारेज नै गराउँछन् । त्यसपछि आलोचन हुन्छ । मुख्य कप्तान कमजोर बन्दै जान्छन् । अझै पनि त्यसको आलोचना सेलाइसकेको छैन । नियमको बारेमा मतविभाजन भइरहेको छ ।
अब के होला?
ओली राष्ट्रियटिम र क्लब दुवैमा कप्तान कायम होला वा देशको कप्तान राखेर क्लबको कप्तान अर्को छाड्लान? त्यो त हेर्न बाँकी नै छ । यसका लागि पूर्व कप्तानहरु र नयाँ बन्न चाहने कप्तानमा पनि भर पर्छ ।
ठूलो क्लब नेकपामा राष्ट्रिय टिमकै तीन पूर्व कप्तान (दाहाल नेपाल र जेएन खनाल) खनाल अहिले खासे अगाडि नआएपनि मुख्य कप्तान ओलीलाई दाहाल र नेपालबाट चुनौती छ ।
विपक्षीमा टिमम राष्ट्रिय टिमका कप्तान भएसकेका देउवा छन् । यस्तै टिम ठूलो बनाउन भर्खरै मर्ज भएको जनता समावादी पार्टी टिममा पनि राष्टरिय टिमका एक पूर्व कप्तान बाबुराम भट्टराई छन् ।
अहिले वर्तमानसहित राष्ट्रिय टिमका कप्तान भइसकेका ६ जना पोलिटिकल गेममा सक्रिय छन् ।
तर मुख्य भिडन्त भने वर्तमान कप्तान र दुई पूर्व कप्तानकै बीचमा छ ।
अब यो कप्तानको विषय तत्कालका लागि सेलाउला वा यसले अझै ठूलो रुप लिएर केही हलचल मच्चाउला हेर्न बाँकी नै छ । अर्को मुख्य कप्तानले अन्यलाई पछि कप्तान दिउँला भनेर फकाएर आफू कप्तानमा कायमै रहन पनि सक्छन् ।