८८औं मिनेटमा विमल रानाको गोल, मनाङ र मछिन्द्रले खेले २-२ को बराबरी

काठमाडौं : उपाधि दाबेदार दुई क्लब मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बराबरी खेलका छन् ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

८८औं मिनेटमा मनाङका वैकल्पिक खेलाडी विमल रानाले गोल गरेपछि खेल बराबरीमा सकिएको हो । त्यसअघि खेलको दोस्रो मिनेटमै फेमी जोसुअले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल भएको खेलको दोस्रो हाफमा तीन गोल भयो । एक गोलले पछि परेको मछिन्द्रले २ गोल पर्काउदै अग्रता समेत लिएको थियो  जित नजिक पुगेको थियो । तर विमलले मनाङको हार टारे ।

दशरथ रंगशालमा खेलको दोस्रो मिनेटमै फेमी जोसुअले अन्जन विष्टको पासमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा मनाङले कुनै अवसर बनाउन सकेन । उता गोल बेहोरेपनि मछिन्द्रले मनाङविरुद्ध केही अवसर बनाएको थियो तर गोल गर्न सकेन ।

२१ औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा सोमिडे एडेलेजाले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार पोष्ट नजिकै बाट बाहिरियो । ३०औं मिनेटमा विशाल राईले प्रहार गरेको फ्रिकिक मनाङका गोलकिपर दिप कार्कीले बचाए ।

यस्तै ४२औं मिनेटमा रन्जितकै पासमा अभिषेक रिजालले हानेको हेडरले पोष्टको दिशा लिन सकेन ।

पहिलो हाफका पछि परेको मछिन्द्रले दोस्रो हाफको पहिलो मिनेटमै बराबरी गोल फर्कायो । मनाङकै पूर्व खेलाडी सुजल श्रेष्ठले ४६औं मिनेटमा सोमिडेको पासमा गोल गर्दै खेल बराबरी गरे ।

५५औं मिनेटमा मनाङले अग्रता लिने अवसर पाएको थियो । तर अन्जन विष्टको हेडर मछिन्द्रका किपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । ७१औं मिनेटमा मछिन्द्रका विशाल राईको फ्रिकिक मनाङका गोलकिपर दिप कार्कीले बचाए ।

७७औं मिनेटमा मछिन्द्रका अभिषेक रिजालले पेनाल्टी एरियाबाट गरेको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

८०औं मिनेटमा मछिन्द्रका विशाल राईको बाईसाईकल किक पोष्ट नजिकैबाट बाहिरियो । तर त्यसपछि सोमिडेले मौका गुमाएनन् । ८१औं मिनेटमा सोमिडे एडालेजाले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए । तर त्यो अग्रता लामो समय टिकेन । ८८औं मिनेटमा वैकल्पिक खेलाडी विमल रानाले जगजितको पासमा मनाङका लागि बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटपछि ५ मिनेटको इन्जुरी टाइम थपिएको थियो । त्यसमा पनि गोल भएन र खेल बराबरीमा सकियो दुवै टोलीले १-१ अंक बाँडे ।

५ खेलबाट मनाङ ११ अंकसहित शीर्ष स्थान आसिन रहँदा समान खेलबाट १० अंकसहित मछिन्द्र दोस्रो सथानमा छ । मैदानमा नियमित खेल सकिएपनि खेलको कथा सकिएको थिएन ।

रेफ्री श्रवण तामाङले खेल सकिएको हुसिल बजाउनेबित्तिकै तनावपूर्ण स्थिती आए । मनाङका जगजित श्रेष्ठले मछिन्द्रका दिपक राईलाई धकेलेपछि दुवै खेलाडीबीच हात हालाहाल भयो । त्यसपछि स्थिती असामान्य बन्यो । बेन्चमा रहेका मनाङका गोलकिपर अशोक बरालले मैदान भित्र गएर मछिन्द्रका देवेन्द्रलाई तामाङलाई मुक्का हाने । त्यसपछि दुवै टिमका अन्य खेलाडीहरु पनि मैदान प्रवेश गरे। हात हालाहाल भयो । एकछिनअघि ब्युटिफुल गेम मानिने फुटबल चलिरहेको मैदान रणभूमि जस्तो बन्यो । स्थितीलाई सम्हाल्न नेपाल प्रहारी नै मैदान भित्र छिर्नुपर्‍यो । त्यसपछि दुवै टिमका खेलाडा२ ड्रिसङ रुमपसम्म पुर्‍याइयो ।

यस घटानाले गर्दा ३५ दिनको निलम्वन सकाएर फुटबलमा पुनरागमन गरेका अन्जन विष्ट समेत छायामा परे । उनले मनाङको पहिलो गोलका लागि असिस्ट समेत गरेका थिए । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी जगजित श्रेष्ठले समेत आलोचना बेहोर्नुपर्‍यो ।

खेलपछि पोष्टम्याच कन्फ्रेन्समा मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले दुई खेलाडीबीच भनाभनबाट तनावपूर्ण अवस्था सिर्जना भएको बताए । उनले खेलाडीको अनुशासनहिन काम भने ।

गत सिजन मनाङबाट लिग जितेका कप्तान विराजसहित ५ खेलाडी लगायत मनाङको खेलाडीलाई यस सिजन क्लब भित्र्याएको मछिन्द्रले मनाङलाई हराउने लक्ष्य राखेपनि पूरा हुन सकेन । एक अंकबाट दु:खी छौँ । ३ अंक दिन भनेर खेलेका थियौँ । प्रवेशले भने । तर शुरुमै अनफर्चुनेटली गोल खायौँ । मनाङ जस्तो टिमसंग १-० ले पछि परेपछि गाह्रो भयो । पहिलो हाफ हतारियर खेलेजस्तो भयो ।

तर दोस्रो हाफमा पुनरागमन गर्न सफल भएपनि अन्तिममा आप्नै गल्तीले गोल खाँदा अंक गुमाएको उनले बताए । दोस्रो हाफमा आफ्नै गेम खेल्नुपर्छ भनेर खेलाडीलाई भनेको थिएँ । स्कोर पनि भयो । प्रवेशले भने ।

अन्तिममा गोलकिपर र डिफेण्डरको कम्युनिकेसन राम्रो नहुँदा गोल खायो । मिस्टेकली गोल भयो । त्यसैले ३ अंक घाटा लाग्यो ।

उनले राम्रो टिमसंग ३ अंकका लागि खेल्दा ६ अंकको फाइदा हुने तर बराबरीले घाटा लागेको बताए । राम्रो टिमसंग ३ अंकका लागि खेल्दा ६ अंक फाइदा हुन्छ । तर बराबरीले घाटा भयो । दुवै टोलीलाई घँटा भयो जस्तो लाग्यो । यसले धेरै गाह्रो हुने उनले बताए । तर उपाड्ढि होडमा भने अझै कायम रहेको सुनाए । तर हामी अझै उपाधि होडमा छौँ ।

उता मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले विपक्षीलाई रोक्ने प्रयासका साथ खेलेपनि गोल बेहोरेकोले अंक बाँड्नुपरेको बताए ।

PHOTO: ANFA

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: