१३औं सागमा श्रीलंकन म्याथ्यु डंकन अभयसिंगे एक्लैले जिते ७ स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण जित्दै ऐतिहासिक उपल्बधी हात पार्‍यो ।

नेपालले ५० स्वर्ण पूरा गरेको साग यतिहासमै यो पहिलो पटक हो । भारत १७४ स्वर्ण जित्दै पहिलो भयो। माल्दिभ्सले ३५ वर्षमा पहिलो स्वर्ण यसै संस्करणमा जित्यो । भुटानले पुरुष फुटबलमा फाइनल पुगेर इतिहास बनाएपनि अझै स्वर्ण जित्न सकेन ७ रजत जित्न सफल भयो।

नेपालको लागि पौडी खेलाडी गौरिका सिंहले ४ स्वर्ण जित्दै कीर्तिमान बनाइन्। एकै संस्करणमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकीले नेपालका लागि सर्वाधिक चार स्वर्ण जितन् दिपक विष्टको कीर्तिमान बराबरी गरिन् । तेक्वान्दोका दिपकले आठौं देखि ११औं संस्करणसम्म लगातार स्वर्ण जितेका थिए।

गौरिकाको कीर्तिमान यस पटक धरैका लागि उपलब्धी रह्‍यो। तर १३औं सागमा श्रीलंकन एक खेलाडीले चपचाप ७ स्वर्ण जिते। नेपाली मिडियामा उनको उक्त प्रदर्शनबारे कुनै समाचार पनि आएन।

धेरैले नेपाल र गौरिकाको स्वर्णलाई मात्र ध्यान दिए । अनी नेपालले जितेको ५१ स्वर्णको चर्चा बढी भयो ।

तर १३ औं सागमै श्रीलंकन पौडीबाज म्याथ्यु डंकन अभयसिंगे एक्लैले ७ स्वर्ण जिते । धेरैले उनको स्वर्ण कीर्तिमानबारे जानकारी नै पाएनन् ।

१३औं सागको पौडी डिसेम्वर ५ देखि ९ सम्म सातदोबाटोस्थित स्विमिङ पुलमा भएको थियो । जसमा ३८ इभेन्ट समावेश थियो । भारतले सर्वाधिक २७ स्वर्ण जित्यो । श्रीलंकाले ७ र बाँकी ४ नेपालले जिते । नेपालका लागि ४ वटै स्वर्ण गौरिकाले जिते जस्तै श्रीलंकाका लागि ७ वटै स्वर्ण म्याथ्यु डंकान अभएसिंगेले जिते ।

पहिलो दिन डंकानले २०० मिटर फ्रिस्टायल, १०० मिटर बटरफ्लाई र ४०० मिटर फ्रिस्टायल रिलेमा अन्य तीन खेलाडीसंगै स्वर्ण जितेका थिए।

यस्तै दोस्रो दिन ५० मिटर फ्रिस्टायलमा स्वर्ण जिते। अन्तिम दिन अर्थात मंसिर ९ गते उनले ३ स्वर्ण थपे । अन्तिम दिन उनले १०० मिटर फ्रिस्टायल, २०० मिटर इन्डिभिजुएल मिडले र ५० मिटर बटरफ्लाईमा स्वर्ण जितेका हुन् ।

सन् २०१४ को युथ ओलम्पिकमा प्रतिस्पर्धा गरेका म्याथ्यु डंकानले सन् २०१६ मा भारतमा भएको १२ औं सागमा पनि ७ स्वर्ण नै जितेका थिए ।

सन् १९९६ मा जन्मिएका म्याथ्यु डंकानले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पकिमा पनि खेलेका थिए। उनले ९ वटा इभेन्टमा श्रीलंकाको राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: