१३औ सागमा नेपालको ‘१३ कीर्तिमान’

काठमाडौं : १३औं दक्षिण एसियादी खेलकुद साग मंगलवारबाट औपचारिक रुपमा सकिएको छ । फेरी एक पटक पदक तालिकामा भारतको दबदबा कायम रहँदा आयोजकले नेपालले पनि एउटै संस्करणमा धेरै स्वर्ण जितेर ऐतहासिक सफलता हात पारेको छ ।

खासमा यो पटक साग आयोजना गर्नु नै नेपालको लागि ठूलो कीर्तिमान जस्तै भएको छ । भौतिक पूर्वाधारको चुनौतीका बावजुत पनि विभिन्न आरोह अवरोह शंक आशंकाबीच १३औं साग १० दिनको स्ञचालनपछि आज सकिएको छ ।

यसबीचमा मैदान भित्र मैदान बाहिर खेलाडीको प्रदर्शन स्वर्ण संख्या देखि विभिन्न पक्षमा कीर्तिमान बने । सागको ३५ वर्षे इतिहासमा १७ वटा संस्करण भइसक्नुपर्ने बेला भएको १३औं संस्करणमा धेरै कीर्तिमानहरु बने ।त्यसमा पनि मख्य १३ कीरतिमान यस प्रकार छन् ।

१ तेस्रो पटक नेपालमा ढाकाको कीर्तिमान बराबरी

साग तेस्रो पटक नेपालमा आयोजना भएको हो । सन् १९९४ मा पहिलो संस्करण नै नपालमा आयोजना भएको सागको आठौं संस्करण सन् १९९९ मा नेपालमा आयोजना भएको थियो । यसअघि दुवै पटक आयोजना गरेको काठमाडौं तीन साग गर्ने ढाकापछि पहिलो शहर बनेको छ । यद्यपी यस पटक पोखरामा ८ र जनकपरमा १ खेल भए ।

काठमाडौंले ३ साग आयोजना गर्ने बंगलादेशको ढाका शहरको कीर्तिमान बराबरी गरेको हो । ढाका सन् १९८५ को पहिलो सन् १९९३ को छैटौँ र सन् २०१० को ११औं साग आयोजना भएको थियो ।

२ एउटै संस्करणमा सर्वाधिक स्वर्ण

सन् १९९९ मा आठौं संस्करण आयोजना गर्नुअघि सम्म नेपालको खातामा जम्म १५ स्वर्ण मात्र थियो। आठौंबाटै सागमा भित्रिएको तेक्वान्दो  र करातेबाट २८ स्वर्ण जित्दा नेपालले ऐतिहासिक रुपमा ३१ स्वर्ण जित्दै पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो । यस पटक त्यो कीर्तिमानमा नेपालले सुधार गर्दै ५१ स्वर्ण जित्यो । १२ संस्करणसम्म ७१ स्वर्ण जितेको नेपालले यस पटक एउटै संस्करणमा त्यसको दुई भाग स्वर्ण जित्यो । नेपालले हरेक संस्करणमा कम्तीमा एक स्वर्ण भने जित्दै आएको छ ।

१९९९ को आठौं सस्करणलाई छाड्ने हो भने बाँकी ११ वटा सागमा जितेको भन्दा नेपालल यस पटक एउटै सागमा धेरै स्वर्ण जितेको हो ।

३ गौरिकाको कीर्तिमान

पौडीकी गौरिकाले यस पटक कसैले नसोचेको कीर्तिमान बनाइन् । पौडी सकिएपछि स्वयंम गौरिकाले समेत भनेकी थिइन् कि मलाई थाहा थिए यती गोल्ड मेडल आउँछ भनेर ।तर मिहिनेत र लगनशिलाताका कारण १७ वर्षीय गौरिकाले व्यक्तिगत इभन्६मा प्रतिस्पर्धा गरेकी ६ मध्ये ४ इभेन्टमा नयाँ कीर्तिमान सहित स्वर्ण जितिन् ।

बेलायतमा आमा बुबा संग बस्दै आएकी गौरिकाले हरेक स्वर्ण जित्दा नै कीर्तिमान बनेको थियो। त्यसबेहक उनले एउटै संस्करणमा चार स्वर्ण जितेर अहिलेसम्म नभएको कीर्तिमान बनाइन् । यस्तै तेक्वान्दोको दिपक विष्टसंगै सागमा सर्वाधिक चार स्वर्ण जित्ने नेपाली खेलाडी बनिन्। विष्टले लगाता चार सागमा चार स्वर्ण जितेका थिए ।

४ फुटबलमा कीर्तिमान

फुटबल नेपालको मात्र नभएर विश्वकै चर्चित खेल । यो समूह खेल भएकोले अन्य खेलमा जित स्वर्ण जितपनि यसमा एउटै स्वर्ण जित्नुल पनि ठूलो अर्थ र महत्व राख्छ । १३औं सागको अन्तिम दिन समापन अघि नेपालले पुरुष फुटलमा भुटानलाई हराएर लगातार दुई संस्करणमा स्वर्ण जित्यो । अनी समग्रमा यो नेपालको चौथो स्वर्ण थियो । नेपालले साग फुटबलमा सर्वाधिक ४ स्वर्ण जित्ने पाकिस्तानको कीर्तिमान बराबरी गर्‍यो । नेपालले यसअघि सन् १९८४ को पहिलो र १९९३ को छैटौँ संस्करणमा स्वर्ण जितेको थियो।

यस्तै सन् २००४ बाट यू२३ टिम खेलाउन थालेपछि यसअघि पाकिस्तानले मात्र लगाता दुई संस्करणमा स्वर्ण जितेको थियो । नेपालले पनि १२औं र १३औं संस्करणमा स्वर्ण जितेर त्यो कीर्तिमान पनि बराबरी गरिदियो ।

५ बक्सिङमा कीर्तिमान

सागको ३५ वर्षे इतिहासमा अहिलेसम्म ४ खेल मात्र सबै संस्करणमा समावेश भएको छ । त्यसमा फुटबल एथ्लेटिक्स पौडी र बक्सिङ हो । पहिलो संस्करणदेखि निरन्तर यी खेलहरु सागमा भइरहेका छन् । फुटबलमा नेपालले चार संस्करणमा स्वर्ण जितेको छ । पहिलो संस्करणमा जितेको थियो र अहिले १३औं संस्करणमा पनि जितेको छ ।   संयोगबस बक्सिङले पनि पहिलोमा पनि स्वर्ण जितेको थियो र १३औं मा पनि जित्यो।

नेपालको लागि सागमा पहिलो स्वर्ण नै बक्सिङ खेलाडी स्व पुरस्करध्वज शाहीबाट आएको थियो।

बक्सिङको अर्को कीर्तिमान पनि छ । अहिलेसम्म भएको १३ वटै संस्करणमा बक्सिङमा नेपालले कुनै न कुनै पदक जितेको छ ।

६ बक्सिङकै मिनुको स्वर्ण कीर्तिमान

नेपालले सन् १९९९ मा घरेलु भूमिमा भएको आठौं सागमा दुई स्वर्ण जितेको थियो। त्यतिबेला दाजुभाई प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए । प्रकाश अहिले प्रशिक्षकको भूमिका थिए र दुई दशकपछि नेपालले बक्सिङमा स्वर्ण जित्यो ।

२० वर्षपछि नेपाललाई बक्ङमा स्वर्ण दिलाएकी मिनु गुरुङले अर्को कीर्तिमान पनि बनाइन। उनी सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर समेत बनिन् । मिनुले फाइनलमा भारतीय खेलाडी शिक्षालाई ५-० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यस्तै नेपाललाई अर्को स्वर्ण भुपेन्द्र थापा मगरले दिलाए । यसअघि दुई पटक भारतमा गएर भारतीय खेलाडीसंग हारेका भुपेन्द्र यस पटक घरमै कुटाई खाएर पछि हट्टे पक्षमा थिएनन्। त्यसैले विश्व च्याम्पियनसिप खेलिसकेका कमनवेल्थ गासमा रजत विजेता भारतीय बक्सर मनिस कौषिक विरुद्ध शुरुदेखि नै आक्रमक खेल्दै ५-० को शानदार जित हात पारे।

७ सन्तोषीको कीर्तिमानी स्वर्ण

सागमा एथ्लेटिक्सतर्फ नेपाली म्याराथनको छुट्टै इतिहास छ । लेजेण्ड्री धावक बैकुण्ड मानन्धरले पहिलो देखि तेस्रो संस्करणसम्म लगातार तीन स्वर्ण जित्दै कीर्तिमान बनाएका थिए पछि तेक्वान्दोका दिपक विष्टले लगातार चार स्वर्ण जित्द त्यो कीर्तिमान तोडे । स्प्रिन्टमा नेपाल कमजोर भएपनि मध्यम र लामोदूरीमा नेपालले राम्रो प्रदर्शन गर्दै आएको छ । यस पटक सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर भारतीय खेलाडीलाई ०.०१ सेकेण्डले पछि पार्दै स्वर्ण जितिन् । उनी सागमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी समेत बनिन् । पहिलो स्वर्ण जितपछि सबैको अपेक्षा र स्वर्ण जित्नैपर्ने झका कारण सन्तोक्षीले ५ हजार मिटरमा भने स्वर्ण जित्न सकिनन् । उनलाई पछ्याउ गोपिचन्द्र पार्कीले पुरुष ५ हजार मिटर किरण सिंह बोगटीले म्याराथनमा स्वर्ण जिते । नेपालले २४ वर्षपछि म्याराथनमा स्वर्ण जितेको हो ।  

८ सन्जु चौधरीको कीर्तिमानी स्वर्ण

पोखरामा भएको भारोत्तोलनमा सन्जु चौधरीले भार बहन गर्दै कीर्तिमान मात्र बनाइन् सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला भारोत्तोलक समेत बनिन् । नेपालले भारोत्तनमा यसअघि सन् २००६ को दशौँ संस्करणमा मात्र स्वर्ण जितेको थियो। श्रीलंका भएको सागमा कमल बहादुर अधिकारीले स्वर्ण जितेका थिए । यस पटक नेपालले दुई स्वर्ण जित्दा सन्जुले पहिलो स्वर्ण जितिन् । महिला ५९ केजी तौल समूह्यमा सन्जुले श्रीलंकन खेलाडी भन्दा १० केजी बढी भार बहन गरिन् ।

सन्जुले स्न्याचमा ७४ र क्लिन एण्ड जर्कमा ९७ गरी कूल ११ कजी भार बहन गर्दै तीनवटै विधामा राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेकी हुन् ।

९ अन्जली चन्दको विश्व कीर्तिमान

अन्जली चन्दले स्वर्ण पदक त जितिनन् तर उनको प्रदर्शनले भने विश्व कीर्तिमान नै बनायो । पोखरामा भएको महिला क्रिकेटमा उनले लिग चरणको खेलमा माल्दिभ्स विरुद्ध अविश्वनिय प्ररद्शन गरिन्। ३.१ ओभर बलिङ गरेकी अन्जलीले विपक्षीलाई कुनै रन नदिई ६ विकेट लिइन् । साथै उनले पछिल्लो ३ विकेट लगतार लिँदै ह्याट्रिक विकेट पनि पूरा गरिन् ।

१० साइक्लिङ र ट्रायथलनमा पहिलो स्वर्ण

साइक्लिङ र ट्रायथलन दुवै एड्भेन्द्बर स्पोर्ट्स हुन् । ट्रायथनल र यसअघि १२औं संस्करणबाट सागमा समावेश भएको हो । यस पटक घरमै आयोजना हादा नेपालले दुवै खेलमा स्वर्ण जित्यो । पोखरामा भएको ट्रायथलनमा नेपालले पहिलो स्वर्ण जित्दा सोनी गुरुङले पहिलो दिनमै स्वर्ण जितिन् । साथै उनी ट्रायथलनमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी समेत बनिन् । साइक्लिङ स्विमिङ र दौड गरी तीन फरक विधाको खेल एउटैमा समावेश हुने ट्रायथलन आफैमा कठिन खेल समेत हो । ट्रायथलनमा नेपालका लागि अर्को स्वर्ण हिमाल टमाटाले जिते ।

यसैगरी नेपालले सायक्लिङमा चार स्वर्ण जित्यो। डाउनहिलमा निश्मा श्रेष्ठ र राजेश मगरले नेपालका लागि स्वर्ण जिते । यस्तै क्रस कन्ट्रीमा लक्ष्मी मगर र बुद्धि बहादुर तामाङले स्वर्ण जिते ।

११ कुस्तीमा पहिलो स्वर्ण

१३औं सागमा जनकपुरमा एक मात्र खेल भएङ्को थियो कुस्ती त्यसमा नेपालले एक मात्र स्वर्ण जित्यो तर ऐतिहासिक । कुस्तीमा नेपालले सागकै पहिलो स्वर्ण जित्दा संगिता धामीले इतिहास रचिन् । महिला ५५ केजी तौल समूहमा उनले बंगलादेशकी सकिरा सरकारिनेलाई ४-१ ले पराजित गर्दै नेपालको लागि ऐतिहासिक स्वर्ण दिलाइन् ।

१२ गल्फमा सुवासको कीर्तिमानी दुई स्वर्ण

खेल पर्यटनलाई सहयोग पुर्‍याउने खलेको रुपमा चिनिन्छ गल्फलाई । पछिल्लो पटक नेपालका युवा गल्फरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय स्तरमा पनि । यस पटक सागमा गल्फले स्वर्ण जित्नेमा नेपाल गल्फ संघ पनि ढुक्क नै थियो। नेपाललाई सागमा पहिलो स्वर्ण जिताउन भाग्यमानी खेलाडी सबास बने । उनले गल्फको व्यक्तिगत र टिम इभेन्ट दुवैमा स्वर्ण जितेर कीर्तिमान बनाए । १७ वर्षीय सवासले टिम इभेन्टमा भने शुक्र बहादुर टंक कार्की र निराजन तामाङसंग मिलेर स्वर्ण जिते ।

१३ मन्डे र आयशाको एकै दिन दुई स्वर्ण

र अन्त्यमा मन्डेकाजी श्रेष्ठ र आयशा शाक्यको २-२ स्वर्ण । हुनत गौरिका सिंहले एउटै संस्करणमा ४ स्वर्ण जितेर कीर्मान बनाइन् सबैलाई छायाँमा पारिन् । तर १३औं सागको पदकको छिनोफानो हुन थालेको पहिलो दिन अर्था सागको दोस्रो दिनै २-२ स्वर्ण जित्ने खेलाडी हुन करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य ।

फरक यत्ति हो यी दुवै खेलाडीले एकै दिन २ स्वर्ण जितेका थिए । १३औ सागमा नेपालको लागि पहिलो स्वर्ण दिलाएका मन्डेकाजील श्रेष्ठले एकल काता र टिम कातामा स्वर्ण जिते ।उनले महसस तामाङ र प्रविण मानन्धरसंग मिलेर टिम कातामा स्वर्ण जितेका हुन् ।

उता आयशा शाक्यले यसअघि सन् २०१० को ११औं सागमा फाइटतर्फ स्वर्ण जितिसकेकी थिइन् । २०१६ मा उनी रजतमा सिमित भइन्। तर यस पटक आयशाले फरक विधा तेक्वान्दोको पुम्सेमा २ स्वर्ण जितिन्। पुम्सेको २९ केजीमाथी महिलामा आयशाले पहिलो स्वर्ण जितिन् । यस्तै २९ केजीमाथी पियरमा उनले सन्जिव कुमार ओझासंग मिलेर स्वर्ण जितिन् ।

…..
यी भए १३ संस्करणकालाई प्रतिनिधित्त गर्ने १३ कीर्तिमान । यस बाहेक पनि नेपालका खेलाडीले केही खेलमा उत्कृष्ट प्रदर्शन गरे ।

तेक्वान्दोका सक्षम कार्की १३औं सागमा स्वर्ण जित्ने भाग्यमानी खेलाडी बने। १३औं सागमा नेपालको २९औं स्वर्ण जितेका सक्षम सागमा नेपालको लागि सयौँ स्वर्ण जित्ने खेलाडी बने। नेपालले १२औं संस्करणसम्म ७१ स्वर्ण जितेको थियो। सक्षमको स्वर्णसंगै नेपालको सागमा स्वर्ण १०० पुगेको थियो। सागमा नेपालको समग्रमा स्वर्ण संख्या १२२ पुगेको छ ।

यस बाहेक नेपालको महिला भलिबल टिम महिला बास्केटबल टिम महिला कबड्डी टिमले ऐतिहासिक रजत पदक जिते । उनीहरुद्ये पहिलो पटक फाइनल पुग्दै कीर्तिमान बनाए अनी रजत जितेका हुन् ।

यस्तै महिला म्याराथनमा पनि नेपालले सागमा पहिलो पदक जिते ।नेपालकी पुष्पा भण्डारीले १३औं सागमा रजत जित्दै उक्त कीर्तिमान बनाइन् ।

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: