१३औं सागमा नेपाललाई ५१ स्वर्ण, लिस्टसहित

लक्ष्य राखेको भन्दा एक बढी अर्थात ५१ स्वर्ण जित्दै १३औं दक्षिण एसियादी खेलकुद सागमा नेपालले ऐतिहासिक उपलब्धी हात पार्‍यो ।

यसमा पौडीबाज गौरिका सिंहले एक्लै चार स्वर्ण जितिन्। मन्डेकाजी श्रेष्ठ आयशा शाक्य र सुवास तामाङले व्यक्तिगत र टिम इभेन्ट गरी २-२ स्वर्ण जिते । केही खेलका खेलाडीले सागमै पहिलो स्वर्ण जित्ने महिला खेलाडीको कीर्तिमान बनाए । यस्तै ट्रायथलन गल्फ कुस्ती साइक्लिङ जस्ता खेलबाट नेपालले सागमा पहिलो स्वर्ण पायो।

एकै संस्करणमा ४ स्वर्ण जित्दै कीर्तिमान बनाउने पौडी खेलाडी गौरिका सिंह

बक्सिङमा २० वर्षपछि भारोत्तोलनमा १४ वर्षपछि नेपालले स्वर्ण जित्दा एथ्लेटिक्समा २४ वर्षपछि म्याराथनमा स्वर्ण जित्यो ।

तेक्वान्दोका सक्षम कार्की सागमा नेपालको लागि सागमा सयौँ स्वर्ण जित्ने भाग्यमानी खेलाडी बने।

नेपालका लागि सागमा सयौं स्वर्ण जितेका तेक्वान्दो खेलाडी सक्षम कार्की

१३औं सागको पहिलो स्वर्ण पाकिस्तानी कराते खेलाडी साइदाले जितेकी थिइन् भने नेपालका लागि करातेका मन्डेकाजीले जितेका थिए। अन्तिम स्वर्ण भने पुरुष फुटबलबाट नेपालले जित्यो।

१३औं सागमा नेपालका लागि स्वर्ण जित्ने खेल र खेलाडी

कराते :

मण्डेकाजी श्रेष्ठ (एकल काता)

मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर (टिम काता, पुरुष )

निर्मला तामाङ, संगिता मगर, सरु कार्की (टिम काता ,महिला)–

लक्ष्मण तामाङ (५५ केजी कुमुते)

विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि)

कुसुम खड्का (४५ केजी मुनी)

अनु अधिकारी (५० केजी मूनि)

नवीन रसाइली (६७ केजी)

सुनिता महर्जन (६८ केजी)

अनुपमा मगर (६८ केजी)

तेक्वान्दो :

कमल श्रेष्ठ (२३–२९ वर्ष पुम्से )

सिना मादेन लिम्बु ( १७ –२३ वर्ष पुम्से )

पार्वती गुरुङ (२३ –२९ वर्ष पुम्से )

आयशा शाक्य (२९ वर्ष माथि पुम्से )

आयशा शाक्य र सञ्जिकुमार पाण्डे (२९ वर्ष माथि पुम्से )

निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना (महिला टिम १७–२३ वर्ष टिम पुम्से)

निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (महिला टिम २३–२९ वर्ष टिम पुम्से)

काजल श्रेष्ठ (४६ केजी मुनि गेरुगी)

वीरबहादुर महरा (६८ केजी मुनि गेरुगी)

संगीता बस्याल (६२ केजी मुनि गेरुगी)

सक्षम कार्की (८७ केजी गेरुगी)

भुपेन श्रेष्ठ (८७ गेरुगी)

ट्रायथलन :

सोनी गुरुङ

हिमाल टमाटा

उसु :

विजय सिन्जाली (थाउलो)

सुस्मिता तामाङ (थाउलो)

दीपक हमाल (थाउलो)

निमा घर्तीमगर (थाउलो-नान्दौ)

जुनी राई (सान्डा सान्सो)

एथलेटिक्स :

सन्तोषी श्रेष्ठ (१० हजार मिटर)
गोपीचन्द्र पार्की (५ हजार मिटर )
किरण सिंह बोगटी (म्याराथन)

साइक्लिङ :

राजेश मगर (डाउनहिल)

निश्मा श्रेष्ठ (डाउनहिल)

लक्ष्मी मगर (क्रस कन्ट्री)

वुद्धि बहादुर तामाङ (क्रस कन्ट्री)

बक्सिङ :

सनिल शाही (पुरुष ६० केजी)
मिनु गुरुङ (महिला ४८ केजी)
भुपेन्द्र थापा मगर (पुरुष ६४ केजी )

पौडी :

गौरिका सिंह (२ सय मिटर फ्रिस्टाइल)

गौरिका सिंह (२ सय मिटर ब्याकस्ट्रोक)

गौरिका सिंह (४ सय मिटर फ्रिस्टाइल)

गौरिका सिंह (१०० मिटर फ्रिस्टाइल)

भारोतोलन :

सन्जु चौधरी (५९ केजी )

विकास थापा (पुरुष ८९ केजी ताैल )

जुडो :

पुनम श्रेष्ठ (महिला ७८ केजीमुनि)
देविका खड्का (महिला ५२ केजी मुनि)

गल्फ :

सुवास तामाङ (पुरुष एकल)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की,निरज तामाङ (पुरुष टिम इभेन्ट्स )

फुटबल :

पुरुष फुटबल

कुस्ती :

संगीता धामी 

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: