‘गोल्डेन गर्ल’ गौरिका, एउटै सागमा ४ स्वर्णको कीर्तिमान

काठमाडौं : गौरिका सिंह नेपाली ‘स्विमिङ सेन्सेसन’। सागमा कीर्तिमानी ४ गोल्ड मेडल विनर अनी एकै सागमा ४ गोल्ड जित्ने नेपाली खेलाडी । १३औं साग शुरु हुने बेलासम्म सागमा लगातार चार स्वर्ण जित्ने खेलाडीको कीर्तिमान तेक्वान्दोको दिपक विष्टको नाममा थियो। त्यो अघि म्यारान धावक बैकुण्ठ मान्नधरले लगातार तीन स्वर्ण जितेका थिए ।

अब दिपक र बैकुण्ठसंगै अर्को नाम पनि नेपाली खेलकुदमा अगाडि आउने भएको छ । पौडीकी गौरिका सिंह पनि सागमा ४ स्वर्ण जित्ने खेलाडी बनेका छन् अर्थात सागमा सर्वाधिक ४ स्वर्ण जित्नेमा अब दिपक संगै गौरिका पनि थपिएकी छनि । साथै एकै संस्करणमा धेरै स्वर्ण जित्नेमा भने गौरिका अगाडि छिन् ।

…..

पौडिबाज गौरिका सिंहले सोमवार आफ्नो अन्तिम व्यक्तिगत इभेन्टमा प्रतिस्पर्धा गर्नुअघि सबैले सोचेका थिए स्वर्ण नै जित्छिन् । तर १०० मिटर फ्रिस्टायलमा हिट उनको टाइमिङ राम्रो थिएन । हिटमा उनको टाइमिङ तेस्रो थियो । गौरिका १ मिनेट ००.२१ सेकेण्डसहित तेस्रो स्थानमा थिइन् । पहिलो भएकी भारतकी शिभांगी सिंहले ५८.६६ सेकेण्डको समय निकालेकी थिइन् । यस्तै भारतकै अन्नी जैन १ मिनेट ००.२१ सेकेण्ड सहित दोस्रोमा थिइन्।  त्यसैले के होला भन्ने अन्यो पनि थियो । जसैल इभेन्ट शुरु भयो नेपाली गौरिका र भारतकी शिभांगी सिंह उही गतिमा अगाडि बढे । दुवै खेलाडी संगै संगै पौडिरहेका थिए। कसल जित्छ भन्ने अनुमान गर्न गाह्रो थियो। तर १०० मिटर फ्रिस्टायलमा अन्त्यमा गौरिकाले ति दुवै भारतीयलाई पछि पार्दै नै बाजी मारिन् । र तोडिन कीर्तिमान बनाइन् नयाँ कीर्तिमान।गौरिकाले ५८.१३ सेकेण्डमा दूरी पूरा गर्दा शिभांगीले ५८.१५ सेकेण्ड लगाइन्। २ मिलिसेकेण्डले मात्र गौरिकाले स्वर्ण चुमिन्।

१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीको अन्तिम दिन अर्थात सोमवार सातदोबाटोस्थित पौडी पुलमा भएको १०० मिटर फ्रिस्टायल इभेन्टको कहानी हो यो ।

मेडल सेरेमोनीपछि गौरिका त्यसबेला अनौठो लागेको बताइन् । ‘दर्शकबाट एकदमै हुटिङ आइरहेको थियो मलाई त शुरुमा थाहा नै थिएन । हेर्नै डर लाग्यो को जितेको भनेर। पछि मैले जितेछ।’ गौरिकाले भनिन् । ‘मैले ४ स्वर्ण जित्छु भन्ने थाहा थिएन।’

गौरिकाले हरेक इभेन्टमा प्रतिस्पर्धा गर्दै नै नेपाल र दर्शकको अपेक्षा स्वर्ण नै हुन्थ्यो गौरिकाले पनि त्यसलाई न्याय गरिन् । उनले प्रतिस्पर्धा गरेको सबै इभेन्टमा पदक जितिन्।

पौडीको सम्पूर्ण इभेन्ट सकिएपछि उनकी आमा गरिमा राणाले एक पटक सबै मेडल गौरिकालाई लगाइदिइन्। जतिबेला उनी सञ्चारकर्मीसंऊ कुरा गरिरहेकी थिइन्। यतिका मेडलले गाह्रो भएको छैन भन्ने प्रश्नमा गौरिकाले भनिन् ।अ अली गह्रौँ भएको छ । साँच्चै उनलाई जितेको मेडल र कीर्तिमानले केही बोझ थपेको प्रष्ट हुन्थ्यो ।

सोमवारै अन्तिम परतिस्पर्धा थियो महिला ४०० मिटर मिडले रिले । यसमा गौरिकासहित डुआना लामा टिसा शाक्य र अनुशिया तन्डुकारको जोडीले कास्य जिते । शुरुमै पौडिएका गौरिका दोस्रो स्थानमा थिइन्र तर त्यसपछिका खेलाडीले उनि जत्तिकै प्रदर्शन गर्न नसक्दा नेपाल तेस्रो हुँदै कास्यमा सिमित भएको हो ।

पौडीका समावेश ३८ इभेन्ट मध्ये २७ वटामा स्वर्ण जित्दै भारत टिम च्याम्पियन बन्यो। दोस्रव भएङ्को बंगलादेशले ७ स्वर्ण जित्यो । गौरिकाको कीर्तिमानी ४ स्वर्णको मद्दतमा नेपालले ४ स्वर्ण सहित कूल १२ पदक जित्यो। नेपालले रजत र कास्य पनि ४-४ वटै जित्यो।

त्यसमा गौरिकाले २ रजत जितिन् भने २ रजत डुआना लामाले जितिन्। यस्तै ३ कास्य गौरिका सम्मिलित रिले टिमले जित्यो । एक कास्य भने टिसा शाक्यले जितिन्।

एकै संस्करणमा ४ स्वर्ण कीर्तिमान

कीर्तिमानको पर्याय बनेकी गौरिकाले हरेक इभेन्टमा टाइमिङको कीर्तिमान सहित कीर्तिमानी स्वर्ण जितिन्। गौरिकाले जितेको हरेक स्वर्ण पदक आफैँमा कीर्तिमान हो ।

गौरिकाले यस पटक ४ स्वर्ण जितिन् । हरेक स्वर्णको आफ्नै कीर्तिमान छ । पौडीको पहिलो दिन गौरिकाले २०० मिटर फ्रिस्टायलमा स्वर्ण जितिन् । यो नेपाली खेलाडीले सागमा पौडीतर्फ जितेको पहिलो व्यक्तिगत स्वर्ण थियो। यसअघि सन् १९९९ मा नेपालले महिला रिलेमा स्वर्ण जितेको थियो ।

गौरिकाले २०० मिटर ब्याकस्ट्रोकमा दोस्रो दिन स्वर्ण जितिन् । यो एउटै सागमा उनले जितेको दोस्रो स्वर्ण थियो । १३औं सागमै करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोका आयशा शाक्यले २-२ स्वर्ण जिते । तर मन

डे र आयशाले एक स्वर्ण व्यक्तिगत र अर्को टिममा जितेका थिए । गौरिकाले पहिलो र दोस्रो स्वर्ण नै एकलमा जितेकी थिइन् । यस्तै उनले ४०० मिटर फ्रिस्टायलमा आइतवार स्वर्ण जित्दै अर्को कीर्तिमान बनाइन् । लेजेण्ड्री म्याराथन धावन बैकुण्ड मान्नधर र तेक्वान्दोकै आयशा शाक्यको ३ स्वर्णको कीर्तिमान गौरिकाले बराबरी गरिन्। साथै एकै सागमा ३ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाइन् ।

पौडीको अन्तिम दिन सोमवार १०० मिटर फ्रिस्टायलमा स्वर्ण जित्दै गौरिकाले अर्को कीर्तिमान बनाइन्। एकै सागमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनिन्। साथै सागमा ४ स्वर्ण जित्ने कीर्तिमानी खेलाडी दिपक विष्टको कीर्तिमान समेत बराबरी गरिन् । नेपालका लागि सागमा ४-४ स्वर्ण जित्नेमा अब दिपकसंगै गौरिकाको नाम समेत आउँछ । तर दुवैको सफलता भने केही फरक छ । दिपकले ११ वर्षमा चार संस्करण लगातार खेल्दै लगातार स्वर्ण जितेका थिए ।जन आफैँमा एउटा अभुतपूर्ण सफलता हो। उनले सन् १९९९ मा नेपालमै भएको आठौं सागमा पहिलो स्वर्ण जितेका थिए । यस्तै २००४ को नवौँ साग २००६ को दशौँ साग र २०१० को ११औं सागमा लगातार स्वर्ण जितेका थिए ।

गौरिकाले भने धेरै इभेन्ट खेल्ने पाउने फाइदा उठाइन्। उनले यस पटक ९ इभेन्टमा प्रतिस्पर्धा गर्दा ४ इभन्टमै स्वर्ण जितिन्। यसले पनि गदरिकालाई एकै संस्करणमा धेरै स्वर्ण जित्न सहयोग पुग्यो ।

नेपालको लागि सागमा धेरै स्वर्ण जित्ने खेलाडी

गौरिका सिंह  : ४ स्वर्ण २ रजत ३ कास्य

दिपक विष्ट : ४ स्वर्ण

बैकुण्ठ मान्नधर : ३ स्वर्ण १ कास्य

आयशा शाक्य : ३ स्वर्ण १ रजत

मन्डेकाजी श्रेष्ठ : २ स्वर्ण

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: