१३औं साग : गौरिकाले कीर्तिमान बनाएको दिन

काठमाडौं : आइतवार साढे चार भइसक्दा पनि नेपालले कुनै स्वर्ण जित्न सकेको थिएन । १३औं सागको दोस्रो दिनदेखि सातौँ दिनसम्म नेपालले लगातार स्वर्ण जितेको थियो । आठौं दिन कतै नेपाल स्वर्ण बिहिन त हुँदैन भन्ने लाग्न थालिसकेको थियो । तर साढे चारपछि केही मिनेटकै अन्तरमा नेपालले दुई स्वर्ण जित्यो । पौडीमा गौरिका सिंहले व्यक्तिगत तेस्रो स्वर्ण जित्दा जुडोकी देविका खड्काले पनि स्वर्ण जितिन्।

गौरिकाले एकै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान बनाइन्।

………………..

१३औं दक्षिण एसियाली खेलकुदको पहिलो दिन मंसिर १५ गते औपचारिक उद्घाटन मात्र भयो । १६ गते दोस्रो दिनदेखि विभिन्न खेल शुरु भयो नेपालले पहिलो दिनै १५ स्वर्ण जित्यो ।

नेपाललाई पहिलो स्वर्ण दिलाएका करातेका मन्डेकाजीश्रेष्ठले दुई विधामा स्वर्ण जिते एकै दिन ।

यस्तै तेक्वान्दोकी आयशा शाक्यले पनि त्यसपछि एकै दिन दुई स्वर्ण जितिन्।

नेपालले एउटै संस्करणमा अहिलेसम्म जितेको स्वर्ण २ नै थियो।

तर जलपरी गौरिका सिंहले १३औं सागमा त्यो सबै कीतर्मान तोड्दै नयाँ कीर्तिमान बनाइन्। उनले एउटै सागमा ३ स्वर्ण जितेर नयाँ कीर्तिमान बनाएकी हुन् ।

आइतवार ४०० मिनटर फ्रिस्टायलमा गौरिकाले भारतीय खेलाडीलाई पछि पार्दै १३औं सागमा व्यक्तिगत तेस्रो स्वर्ण जितेकी हन्। पहिलो दिन उनले २०० मिटर फ्रिस्टायलमा स्वर्ण जित्द सागमा व्यक्तिगततर्फ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएकी थिइन्। त्यसपछि उनले २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितिन्।  १०० मिटर ब्याकस्ट्रोकमा भने उनी रजतमा सिमित भएकि थिइन्।

गौरिकाल ४०० मिटर फ्रिस्टायलमा निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरा गरिन् ।

आइतबार नै भएको ५० मिटर ब्याकस्ट्रोकमा भने उनी रजत पदकमा सिमित भइन् । यस स्पर्धामा भारती मन्ना राजिव पटेलले स्वर्ण जितिन्। पटेलले २८.९४ सेकेण्डमा निधारित दूरी पूरा गर्दा गौरिकाले २९.७८ समयमा दूरी पूरा गरिन् ।

आइतवार १ स्वर्ण १ रजत र १ कास्य जितेकी गौरिका एक्लैलै ३ स्वर्ण २ रजत र २ कास्य जितिसकेकी छिन् । आइतवार भएको ८०० मिटर महिला फ्रिस्टायल रिलेमा पनि गौरिकासहित डुआना लामा टिसा शाक्य र अनुसिया तन्डुकारको टोलीले नेपाललाई कास्य दिलाए । अझै अन्तिम दिनको खेल हुनै बाँकी छ।

यस्तै डुआना लामाले पनि दोस्रो रजत जित्ने क्रममा आइतवार २०० मिटर बटरफ्लाइमा उनले रजत जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट २२.१६ सेकेण्डमा पूरा गरेकी थिइन् । यो स्पर्धामा भारतकी अपेक्षा डेलालीले स्वर्ण पदक जितिन्। उनले निर्धारित दूरी २ मिनेट २१.८३ सेकेण्डमा परा गरिन्।

पौडीमा गौरिका र डुआनाले पदक जित्दा आइतवारबाटै शुरु भएको जुडोमा नेपालले सबै सात तौल समूहमा पदक जित्यो । देविका खड्काले नेपाललाई पहिलो दिन स्वर्ण दिलाउँदा मनिता श्रेष्ठ प्रधान इन्द्र श्रेष्ठ र सन्जित डंगोलले रजत जिते। यस्तै सोमिया भट्ट निर्मला घर्ती मगर र उमेश मगरले कास्य जिते।

पहिलो दिन जुडोमा नेपालले १ स्वर्ण ४ रजत र २ कास्य जितेको छ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको जुडोमा देविका खड्काले ५२ केजीमुनि तौल समूहमा स्वर्ण जितिन्।   

देविका खड्का स्वर्ण जितेपछि

स्वर्ण जित्ने क्रममा देविकाले भारतकी टोकास गायत्रीलाई पराजित गरिन् । देविकाले सबै तीन विपक्षीलाई पारजित गरेकी हुन् ।

यस्तै फाइनल पुगेका अन्य ४ नेपाली खेलाडी भने पराजित भए। पुरुष ६६ केजी मुनि नेपालका इन्द्र बहादुर श्रेष्ठ फाइनलमा भारतका जस्लिन सिंहसँग पराजित भए । महिला ५७ केजी मुनि नेपालकी मनिता श्रेष्ठ प्रधानले रजत जितिन् । मनिता फाइनलमा भारतका खेलाडीसँग पराजित भईन्।

पुरुष ७३ केजी मुनि सन्जित डंगोल फाइनलमा श्रीलंकाका नुवानसँग पराजित भए । यस स्पर्धामा भुटान र भारतले कास्य जित्यो ।

यस्तै महिला ६३ केजीमुनि नेपालकी निर्मला घर्ति मगले रजत जितिन् । यसमा भारतकी निरुपमा देवीले स्वर्ण जित्दा बंगलादेश र श्रीलंकाले कास्य जित्यो ।

नेपालकी सोमिया भट्टले महिला ४८ केजी मुनि नेपालकी सोमिया भट्टले कास्य जितिन् । भारतले स्वर्ण र श्रीलंकाले रजत जित्दा अर्को कास्य पाकिस्तान जित्यो । 

पुरुष ६० केजी मुनि नेपालका उमेश मगरले कास्य जिते । यस स्पर्धामा भारतले स्वर्ण, श्रीलंकाले रजत र अर्को कास्य भुटानले जितेको छ ।

फुटबलमा नेपाल लगातार दोस्रो पटक स्वर्ण नजिक पुगेको छ। लिग चरणको अन्तिम खेलमा आइतवार बंगलादेशलाई १-० ले पारजित गर्दै नेपालले स्वर्णका लागि भुटानसंऊ फाइनल भेट पक्का गरेको हो ।दशरथ रंगशालमा उपस्थित १५ हजार दर्शकको अगाडि नेपालका लागि सनिल बलले ११औ मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा एक मात्र गोल गरे।

यस्तै बक्सिङमा आइतवार थप ३ नेपाली खेलाडीले फाइनलमा स्थान बनाए। यसअघि ६ नेपाली खेलाडीले फाइनलमा स्थान बनाउदै कम्तीमा रजत पक्का गरिसकेका छन्। बक्सिङमा नेपालका कूल ९ मुक्केबाझ फाइनलमा पुगेका छन्। यस्तै ६ खेलाडीले कास्य पदक पक्का गरेका छन्।

बक्सिङमा फाइनल पुग्ने नेपाली खेलाडीहरु

महिला तर्फः ललिता महर्जन (४८ केजी), माला राई (५१ केजी) मिनु गुरुङ (५४ केजी), संगीता सुनार (६० केजी), पूनम रावल (६४ केजी)

पुरुष तर्फः आशिष दुवाडी (९१ केजी भन्दा माथि), भूपेन्द« थापामगर (६४ केजी) सनिल शाही (६० केजी), गणेश प्रधान (८१ केजी)

काश्य पदक पक्का हुने नेपाली खेलाडीहरु

सुशील थापामगर, पूरन राई, अर्जुन सिगु, तेज बहादुर देउबा, बिकास लामा, चन्द्रकला थापा

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: