भाइकिङ क्लाप, मेक्सिकन वेभ अनी नेपालको कमब्याक विन

काठमाडौं : धैरै सयपछि दशरथ रंगशालमा फुटबल हेर्न दर्शक भरिएको थियो । यस्तोमा नेपालले माल्दिभ्स विरुद्ध पुनरागमन जित निकाल्यो । २० वर्षपछि घरेलु भूमिमा दक्षिण एसियाली खेलकुद खेलिरहेको नेपाल १३औं संस्करणमा पनि स्वर्ण जित्ने लक्ष्यमा छ । स्वर्णको लागि एक स्टेप अगाडी बढ्ने क्रममा नेपालले शनिवार रंगशालामा उपस्थित करिब १५ हजार दर्शक अगाडि माल्दिभ्स विरुद्ध पुनरागमन जित हात पारेको हो ।

करिब ५ वर्षपछि दशरथ र्गशालमा यसै सागमार्फत फुटबल फर्किएको हो । यसअघि नेपालले भुटान र श्रील्कासंग खेल्दा रंगशालमा दरक भरिएको थिएन । भरिएको दर्शक अगाडी खेल्ने खेलाडीको चाहना शनिवार आएर पूरा भयो । दर्शकले खेलाडीलाई भरपुर साथ दिए खेलाडीले पनि निराश पारेनन्। एक गोलले पछि पर्दा समेत दुई गोल फर्काएर खेल जिते र ३ अंक उपहार दिए । दर्शकले मेक्सिकन वेभ भाइकिङ क्लाप अनी हुटिङमार्फत खेलाडीलाई पूरा खेलअवधीभर समर्थन गरे।

१८औं मिनेटमा गोलकिपर विकेश कुथुको ग्लतीमा कारण माल्दिभ्सले गोल गर्दै अग्रता दिलाएका थिए। तर ४३औं मिनेटमा अभिषेक रिजालले नेपालको लागि बराबरी गोल फर्काए भने ५२औं मिनेटमा अनन्त तामाङको हेडर गोल नेपालको जितमा निर्णायक बन्यो ।

१९९९ मा काठमाडौंमै भएको आठौं सागमा फुटबलतर्फ नेपाल फाइनलमा बंगलादशसंग पराजित भएको थियो । नेपालले लिगको अन्तिम खेल आइतवार त्यही बंगलादेशसंग खेल्नेछ। अब नेपालले फाइनल खेल्नका लागि बंगलादेशसंग जित वा बराबरो नतिजा निकाल्नुपर्नेछ । पराजित भएमा भने नेपाल र बंगलादेशको समान ७ अक हुनेछ र हेड टु हेडमा ब्गलादेश अगाडी रहँदै फाइनल पुग्नेछ । शनिवारै श्रीलकालाई ३-० ले पराजित गरेपछि भुटान ४ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगिसकेको छ।

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: