सागमा स्वर्ण ‘शतक’, करातेमा नेपाल ‘टिम च्याम्पियन’

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल करातेमा टिम च्याम्पियन बनेको छ । मंसिर १८ गते बुधवार नेपालले साग मा सयौँ स्वर्ण पदक समेत पूरा गरेको छ । तेक्वान्दो खेलाडी सक्षम कार्की सागमा नेपालको लागि सयौँ स्वर्ण जित्ने भाग्यमानी खेलाडी बने ।

त्यसअघि नै सातदोबाटोस्थित नेशनल कराते एकेडेमीमा अनुपमा मगरले महिला ६८ केजी माथी स्वर्ण जितेपछि नेपाल १० स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो।

करातेमा महिला ६८ केजी माथी स्वर्ण जितेकी अनुपमा मगर

करातेमा कूल १९ स्वर्णको लागि प्रतिस्पर्धा भएकोमा नेपालले सर्वाधिक १० स्वर्ण ४ रजत र ५ कास्य जित्यो । नेपाल कुनै पनि इभेन्टमा पदकबिहीन भएन ।

यस्तै पाकिस्तानले ६ र बंगलादेशले ३ स्वर्ण जित्यो ।

त्यसपछि सातदोबाटोकै नेशनल तेक्वान्दो एकेडमीमा भएको तेक्वान्दोको पुरुष ८७ केजी माथी सक्षमले पाकिस्तानी खेलाडीलाई पराजित गर्दै नेपालको लागि कोशेढुंगा बनाउदै सयौँ स्वर्ण जिते । स्वर्ण जितेपछि यो नेपालको सयौँ स्वर्ण हो नि भन्दा २३ वर्षीय सक्षमको जवाफ थियो ओ.. हो र मलाई थाहा थिएन म भाग्यमानी रहेछु । सक्षमअघि तेक्वान्दोमा संगिता बस्यालले महिला ६२ केजीमुनी स्वर्ण जितेकी थिइन् ।

उसुमा स्वर्ण जितेका दिपक हमाल

करातेमा तेक्वान्दो बाहेक बुधबार नेपालले उसुमा एक र साइक्लिङमा २ स्वर्ण जित्यो । उसमा दिपक हमालले नेपाललाई स्वर्ण दिलाए । साइकलिङतर्फ डाउनहिल च्याम्पियनसिपमा राजेश मगरले पुरुषतर्फ र निश्मा श्रेष्ठले महिलातर्फ स्वर्ण जितिन्।

साइक्लिङमा स्वर्ण जितेका निश्मा र राजेश

मंसिर १५ गते औपचारिक उद्घाटन भएको १३औं सागको दोस्रो दिन नेपालले १५ स्वर्ण जित्दै शानदार शुरुवात गरेको थियो । दोस्रो दिन ८ स्वर्ण जितेको नेपालले तेस्रो दिन बुधवार ६ स्वर्ण थप्दै सागमा स्वर्ण शतक पूरा गरेको हो ।

१९८४ पहिलो साफ गेम्स, काठमाडौं
१.बैकुण्ठ मानन्धर : एथ्लेटिक्स

२.स्वर्गीय दलबहादुर रानामगर : बक्सिङ

३.स्वर्गीय पुस्कर शाही : बक्सिङ

४.पुरुष फुटबल टिम

१९८५ दोस्रो साफ गेम्स, ढाका
१. बैकुण्ठ मानन्धर : एथ्लेटिक्स

१९८७ तेस्रो साफ गेम्स, कोलकता
१. बैकुण्ठ मानन्धर : एथ्लेटिक्स

२. स्वर्गीय दलबहादुर रानमगर : बक्सिङ

१९८९ चौथो साफ गेम्स, इस्लामावाद
१. चित्रबहादुर गुरुङ : बक्सिङ

१९९१ पाँचौ साफ गेम्स, कोलम्बो
१. अनिता श्रेष्ठ : सुटिङ

२. गीता क्षेत्री, सिजरिन शाह, पुजा थापा र निलम तुलाधर : टेबलटेनिस

१९९३ छैटौँ साफ गेम्स, ढाका
१. पुरुष फुटबल टिम

१९९५  सातौं साफ गेम्स, मद्रास
१. टिका बोगटी : एथ्लेटिक्स

२. रमेश बस्नेत : जुडो

३. विरबहादुर राना : जुडो

४. जितबहदुर चौधरी : जुडो

१९९९ आठौं साफ गेम्स, काठमाडौं
१. प्रकाश थापागमर : बक्सिङ

२. रामचन्द्र थापामगर : बक्सिङ

३. रवि महर्जन : कराते

४. दीपक श्रेष्ठ : कराते

५. धोजमान मोक्तान : कराते

६. सुरेन्द्रलाल श्रेष्ठ : कराते

७. राजेश श्रेष्ठ : कराते

८. कृष्ण गुरुङ : कराते

९. प्रिति डंगोल : कराते

१०. टिम काता : कराते

११. गंगाराम महर्जन (सिंगल काता) : कराते

१२. निता राई : कराते

१३. निमा पाठक : कराते

१४. जुनु राई : कराते

१५. विनिता चौधरी : कराते

१६. टिम काता (महिला): कराते

१७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह : पौडी

१८. संगिना बैद्य : तेक्वान्दो

१९. रेनुका रानामगर : तेक्वान्दो

२०. सविता राजभण्डारी : तेक्वान्दो

२१. प्रमिला थापा : तेक्वान्दो

२२. बन्दना श्रेष्ठ : तेक्वान्दो

२३. रितु जिमी राई : तेक्वान्दो

२४. किशोर श्रेष्ठ : तेक्वान्दो

२५. अशोककुमार लामा : तेक्वान्दो

२६. कोशिस खड्का : तेक्वान्दो

२७. दीपक विष्ट : तेक्वान्दो

२८. रवि उज्वज थपलिया : तेक्वान्दो

२९. कमल क्षेत्री : तेक्वान्दो

३०. राजकुमार राई : तेक्वान्दो

३१. सीता राई : तेक्वान्दो

२००४ नवौं साफ गेम्स, इस्लामावाद
१. दीपक श्रेष्ठ : कराते

२. संगिना बैद्य : तेक्वान्दो

३. रुपा सयाङदेन : तेक्वान्दो

४. दीपक विष्ट : तेक्वान्दो

५. निर्मल श्रेष्ठ : तेक्वान्दो

६. रेनुका रानामगर : तेक्वान्दो

७. निरञ्जन श्रेष्ठ : तेक्वान्दो

२००६, १०औं साग, कोलम्बो
१. कमलबहादुर अधिकारी : भारोत्तोलन

२. विना लामा खड्का : उसु

३. राजकुमार रसाइली : उसु

४. सुलोचना सिज्वाखा : कराते

५. कुशल श्रेष्ठ : कराते

६. मनिता शाही : तेक्वान्दो

७ दीपक विष्ठ : तेक्वान्दो

राजेन्द्र भण्डारीले २ स्वर्ण जितेपछि पछि डोपिङका कारण खोसिएको)

२०१०, ११औं साग, ढाका
१. दीपक विष्ट : तेक्वान्दो

२. आयशा शाक्य : तेक्वान्दो

३. विनिता महर्जन : उसु

४. आङबाबु लामा : उसु

५. सुनिल लामा : कराते

६. विनोद शाक्य : कराते

७. गंगा अधिकारी : कराते

८. राजेन्द्र भण्डारी : एथ्लेटिक्स

२०१६ ,१२औं साग, गुवहाटीसिलोङ
१ निमा घर्तिमगर : उसु

२. फुपु ल्हामु खत्री : जुडो

३. पुरुष फुटबल टिम

२०१९, १३औं साग, काठमाडौं – पोखरा

मन्डे काजी श्रेष्ठ : कराते

मन्डे काजी श्रेष्ठ/प्रविण मानन्धर/महसुस तामाङ : कराते (टिम काता)

निर्मला तामाङ संगिता मगर सरु कार्की : कराते (टिम काता)

लक्ष्मण तामाङ : कराते

विप्लपलाल श्रेष्ठ : कराते

कुसुम खड्का : कराते

अनु अधिकारी : कराते

नविन रसाइली : कराते

सुनिता महर्जन : कराते

अनुपमा मगर : कराते

कमल श्रेष्ठ : तेक्वान्दो

पार्वती गुरुङ : तेक्वान्दो

आयशा शाक्य  : तेक्वान्दो

आयशा शाक्य/सन्जिव कुमार ओझा : तेक्वान्दो (पुम्से पियर)

सन्जिला तिमल्सिना/निशा दर्नाल/स्वस्तिका तामाङ : तेक्वान्दो (पुम्से टिम)

प्रशंसा क्षेत्री/निता गुरुङ/सुशीला राई : तेक्वान्दो (पुम्से टिम)

काजल श्रेष्ठ : तेक्वान्दो

बिर बहादुर महरा : तेक्वान्दो

संगिता बस्याल : तेक्वान्दो

सक्षम कार्की : तेक्वान्दो

सोनी गुरुङ : ट्रायथलन

हिमाल टमाटा : ट्रायथलन

सन्तोषी श्रेष्ठ : एथ्लेटिक्स

विजय सिंजाली : उसु

सुस्मिता तामाङ : उसु

दिपक हमाल : उसु

राजेश मगर : साइक्लिङ

निश्मा श्रेष्ठ : साइक्लिङ

सागमा नेपालको लागि स्वर्ण जित्ने खेलाडीहरु

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: