दशरथ रंगशालामा नेपालको शानदार पुनारागमन, कप्तान सुजल भन्छन् खुशी हुन अझै चार खेल बाँकी छ

काठमाडौ :  घरेलु मैदान अनी घरेलु दर्शको साथ । फुटबलमा दर्शकलाई १२औ खेलाडी दर्जा दिइन्छ अनी आफ्नै माटोमा खेल्नुको मज्जा छुट्टै हुन्छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यता पाएको दशरथ रंगशालमा नेपालले मंगलवार भुटान विरुद्ध खेल्दै फुटबलमा पुनरागमन गर्‍यो । रंगशालमा फुटबल फर्कँदा दर्शक पनि सँगै फर्कियो । जसको नतिजा पनि शानदार नै आयो । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको पहिलो खलेमा नेपाल यू२३ ले भुटान यू२३ लाई ४-० को शानदार स्कोरमा पराजित गर्‍यो ।

विनाशकारी भूकम्पपछि पुनर्निर्माण भएको रंगशालमाल मंसिर ९ गते पस्दा नै खेलाडी प्रशिक्षक पदाधिकारी सबै उत्साहित थिए । सागकै लागि केही दिन नेपाली खेलाडीले रंगशालमा दिउँसो अनी बेलुका फ्लडलाइड पनि ट्रेनिङ गरेको थियो । त्यसैले खेलाडीहरुको अपेक्षा पनि दर्शकको साथ पाउनेमा थियो ।

साग अन्तर्गत पहिलो खेलमा बंगलादेशलाई १-० ले स्तब्ध पार्दै शानदार शुरुवात गरेको भुटानमाथी नेपालले झनै शानदार जित हात पार्‍यो । नेपालको लागि यो डबल फाइदा बन्यो । रंगशालमा फेरी खेल्न पाउनु  शानदार जित हात पार्न  ।

नेपाल यू२३ फुटबल टिम

नेपालले २० वर्षअघि सन् १९९९ मा आठौं सागको फाइनल दशरथ रंगशालामै खेलेको थियो। उक्त फाइनलमा बंगलादेश विरुद्ध पराजित हुँदै रजतमा सिमित भएका खेलाडी बालगोपाल महर्जन अहिले नेपालको प्रशिक्षकको रुपमा छन् । खेलाडीको रुपमा १९९३ मै उनले स्वर्ण जितेका थिए ।अब प्रशिक्षकको रुपमा स्वर्ण जित्ने लक्ष्यका साथ खेलाडीलाई तयार पारेका छन् र उनको टोलिले पहिलो खेलमै नतिजा पनि दिइहाल्यो। रंगशालमा पुनरामगन उको लागि पनि खेलाडी जस्तै विशेष बन्यो। ‘करिब ५ वर्ष दशरथ रंगशालमा आज सबैको सामु उपस्थित भएको छु। भुटानसंगको खेलपछि एकदमै खुशीयालीको माहोल छ ।’ महर्जनले खेलपछि भने। ‘आजको सफलता पाउनुमा ४ महिनाको लगातार  प्रयास र  मिहिनेत छ । त्यही अनुसारको प्रदर्शनले भुटानलाई सहजै पराजित गर्न सक्यौँ।’

यस्तै भुटान विरुद्ध खेलको चौथो मिनेटमै गोलको खाता खोलेका कप्तान सुजल श्रेष्ठ पनि एकदमै खुशी देखिन्थे। झन् उनले कप्तान भएपछि पहिलो खेलमै गोल समेत गरे । तर सनियर टिम नभई यो यू२३ अर्थात ओलम्पिक टिमको लागि थियो। सुजलले भुटान विरुद्ध एक होइन दुई गोल गरे। ‘धेरै पछि दशरथ रंगशालमा नेपालले खेल्न पाएको छ। खुशी छौँ।’ खेलपछि सुजलको पिहलो प्रतिक्रिया थियो। सुजलले त दशरथ रंगशाला नेपालको खेल हादा पहिले जस्तै भरिने सोचेका थिए तर त्यो भने अली भएन। ‘सानै देखि हेर्दै आएको रंगशालमा फेरी खेल्न पाउदा एकदमै खुशी छौँ।  दर्शक पनि एकदमै उत्साहित थिए। मैले भरिनछ होला सोचेको थिएँ अली भएन। ’ रंगशाला पूरै नभरिएपनि त्यहाँ उपस्थित ८ हजार भन्दा बढी दर्शककोले नेपाली टिमलाई १२औ खेलाडी बनेर साथ दिइरहे। खेलाडीले पनि त्यही जोशमा चार गोल गरे।

प्रशिक्षक महर्जनले खेलाडीले सही निर्देशन अनुसार खेलेको र सफल भएको बताए । भोली पनि अर्को खेल खेल्नुपर्छ र अझै ३ खेल खेल्न बाँकी छ।  खेलाडीलाई जुन निर्देशन अनुसार पठाएका थियो त्यही अनुसार खेलेका छन्। आगामी दिनमा पनि यस्तै प्रदर्शन होस् । महर्जनले भने।

यस्तै कप्तानसुजलले पनि जितनकै लागि खेलेको र जितमा धेरै रमाउनु नपर्ने बताए। हामी जित्नकै लागि खेलेको थियौँ शुरुदेखि नै। चार वर्षदेखि ट्रेनिङ गराएको टिम थियो। भोली नै खेल्नुपर्ने छ। आजको जितले हामी धेरै रमाइराख्नुपर्छ जस्तो छैन। किनकी हाम्रो टारगेट भनेको यो मात्रै होइन अझै चार खेल खेल्नुपर्छ। हामी खुशी छौँ आजको रिजल्टबाट। हाम्रो लक्ष्य भनेको फाइनल पुग्दै स्वर्ण जित्ने हो। आगामी लक्ष्यबारे सुजलले भने।

भुटान विरुद्ध शुरुदेखि नै दबाव दिएर खेल्ने प्रशिक्षक महर्जनको रणनीतिमा नेपाल सफल भयो पनि ।उनले कप्तान सुजललाई विंगलरबाट अट्याकिङमा खेलाएका थिए। आज सबैले खेलको संरचना अनुसार नै खेले। वैक्लपिक खेलाडी पनि सही समयमा परिवर्तन गरेको जस्तो लाग्छ। महर्जनले भने। पहिलो हाफमा हामीले शुरुमै दबाव गरेर दिएर खेल्ने रणनीति थियो र हामी गोल गर्न सफल भयौँ।

सागमा पाँच राष्ट्र मात्र सहभागि भपछि राउण्ड रोविनको आधारमा खेल भइरहेको छ। त्यसैले कुनै टिमले लगातार खेल पनि खेलेको छ। प्रशिक्षक बालगोपालले पनि यसरी खेल्न गाह्रै हुने बताए। माल्दिभ्सले सोमवार र मंगलवार लगातार दुई खेल खेलिसकेको छ । नेपालले पनि लगातार खेल्दैछ र बुधवार श्रीलंकासंग खेल्नेछ। श्रीलंकाले मंगलवार पनि खेलेको थियो। महर्जनले सबै टिमसंग राम्रो प्रदर्शनको आशा राखेका छन्।  सबै टिमसंग हामीले राम्रो खेल्ने अपेक्षा राख्नुपर्छ। भुटान भन्दा अन्य टिम राम्रो देखिन्छ। आजको भन्दा राम्रो खेल्यो भने श्रीलंका विरुद्ध पनि नतिजा आउँछ।

यस्तै ५ टिममध्ये को बलियो छ भन्ने प्रश्नमा उनले भने, ‘अपोनेन्ट सबै बलियो नै हुन्छ कुनै सजिलो हुँदैन।’ तर उनले माल्दिभ्स अली बलियो रहेको सुनाए।

अहिलेसम्म भएको चार खेलमा दुई खेलको मात्र स्पष्ट नतिजा आएको छ भने दुई खेल बराबीमा सकिएको थियो। नेपालले पहिलो खेलमै गोलको वर्षा गर्दै चार गोल गरिसकेको छ । अन्य तीन खेलमा गरेर जम्मा तीन गोल भएको छ । यस नतिजाले आगामी खेलमा पनि फाइदा पुग्ने प्रशिक्षक महर्जनको विश्वास छ।

यस्तै यू२३ टिमको नेतृत्व गर्दै खेलेको पहिलो प्रतियोगितामै गोल गर्न पाउ खुशी लागेको सुजलले बताए।  गोल गगर्नु भनेको क्लबाट खेल्दा होस् या राष्ट्रबाट सबैभन्दा खुशीको क्षण हुन्छ। आज पनि मैले गोल गरेँ धेरै धेरै खुशी छु भित्रैबाट। सन् २०११ मा राष्ट्रिय टिममा डेब्यु गरेका सुजलले सिनियर टिमको लागि दुई गोल गरेका छन् । विश्वकप छनोटमा टिमोर लेस्टे विरौध २०११ मा र २०१५ मा सोलिडारीटी कपको फाइनलमा मकाउ विरुद्ध।

विशेष खेलमा गोल गर्ने सुजलले रंगशालमा पुनरागमन गर्दा पनि पहिलो खेलमै गोल गरे।  ओलम्पिक टिमको लागि उनको यो पहिलो गोल हो। यस्तै बालगोपाल महर्जनको पनि यू२३ टिममा प्रशिक्षकको रुपमा यो डेब्यु खेल हो।

नेपालका अभिशेक रिजाल बल हेड गर्ने प्रयासमा

फोटो : एन्फा

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: