मैत्रीपूर्ण फुटबल : नेपालको राष्ट्रिय टिम मलेसियाको क्लबसँग पनि पराजित

काठमाडौं/ भदौ ९ गते

– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले विश्वभर फुटबल खेल्ने राष्ट्रहरु वरीयता जारी गर्ने गर्छ। यही वरीयताअनुसार पछिल्लो अंग्रेजी महिनाको नेपाल १६६औं स्थानमा छ।

एसियाकै अर्को राष्ट्र मलेसिया १५९औं स्थानमा छ। यी दुई राष्ट्रबीच वरीयतामा खासै अन्तर छैन। हुनत फिफाले जारी गर्ने वरीयताले मात्रै कुनै पनि देशको फुटबल कस्तो भनेर निर्णय गर्न मिल्दैन।

नेपाल र मलेसिया वरीयतामा नजिक छ। तर नेपालको राष्ट्रिय टोलीले नै खेलको मैत्रीपूर्ण खेलमा मलेसियाको एउटा क्लब विजयी भएको छ।

पछिल्लो ६ सिजन लगतार मलेसिया सुपर लिग जितेको क्लब जोहोरो दारुल ताजिमले मैत्रीपूर्ण खेलमा सोमवार नेपालको राष्ट्रिय टिमलाई नै १-० ले पराजित गर्‍यो।

पहिलो पटक राष्ट्रिय टिमको कप्तानी गरेका सुजल श्रेष्ठको लागि यो सुखद सुरुवात हुन सकेन।

खेलको तेस्रो मिनेटमै निकोलस फर्नान्डेजले गरको गोल घरेलु टोलीलाई जिताउन निर्णायक बन्यो।

सन् २०२२ मा कतार हुने फिफा विश्वकप र २०२३ मा चीनमा हुने एएफसी एसियन कपको संयुक्त छनोटको तयारी स्वरुप नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेलेको हो।

स्वीडिस प्रशिक्षक योहान कलिनले फिटनेशमा मुख्य ध्यान दिएको भन्दा नियमित कप्तान विराज महर्जनलाई नै टिम बाहिर राख्दै यो मेत्रीपूर्ण खलका लागि २३ सदस्यीय टोली घोषणा गरेको थियो। यस्तै नम्वर वान गोलकिपर किरण चेम्जोङ र रोहित चन्द विदेशमा रहेकाले टिममा थिएनन्।

किरण जापानमा ट्रायलका लागि गएका छन् भने रोहित इन्डोनेसियामा लिग खेलिरहेका छन्। यस्तोमा यस पटक टिममा युवा खेलाडीहरु धेरै थिए।

विश्वकप छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न अब १० दिन मात्र बाँकी छ। नेपालले सेप्टेम्वर ५ मा कुवेत विरुद्ध पहिलो खेल होम ग्राउण्डमा खेल्ने गरी तालिका सार्वजनिक भएको थियो। तर एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला पूर्ण रुपमा तयार नभएको अवस्थामा नेपालले विपक्षी टिमहरुसँग होम म्याच पहिले विदेशमा खेल्ने र उता हुने अवे म्याच पछि होम ग्राउण्डमा खेल्ने गरी एन्फाले व्यवस्था मिलाएको छ। जसअनुसार नेपालले  सेप्टेम्वर ५ मा कुवेतसँग उसैको मैदानमा खेल्दै छनोट यात्रा सुरु गर्नेछ।

नेपाल रहेको समूह बी मा एसियन पावर हाउस अष्ट्रेलियासहित जोर्डन, चाइनिज ताइपेई र कुवेत छन्।

विदेशी प्रशिक्षक कलिनको आगमनपछि नेपालले कुवेत र ताइपेईसँग नै मैत्रीपूर्ण खेल खेलेको थियो। यसले दुवै टोलीलाई फाइदा र घाटा भने परेको छ। एक पटक खेलसकेकाले परिचित छन् भने दुवैलाई विपक्षीको रणनीति समेत थाहा हुनेछ।

फोटो : एन्फा

Published by nepalgovin

This is me GOVINDA RAJ NEPAL young and energetic boy from Dhading Nepal...

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: